
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा ।‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ को अवार्ड कार्यक्रम आज (शुक्रबार) हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रम पोखरा इभेन्ट सेन्टरमा दिनको ३ बजे शुरु जनाइएको छ ।
आज हुने अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गरिने मञ्चले जनाएको छ । त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ताम्रपत्र, दोसल्ला प्रदान गरिनेछ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्नेछ । यस पटकको अवार्ड कार्यक्रममा गायिका समिक्षा अधिकारीको विशेष प्रस्तुती समेत रहने मञ्चले जनाएको छ ।
मञ्चले अवार्ड अन्तरगत ४ विद्याको मनोनयन यस अघिनै पत्रकार सम्मेलन गरि सार्वजनिक गरिसकेको छ । जस अन्तरगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका मनोनयनमा पर्न सफल ३/३ जना खेलाडीको नाम सार्वजनिक गरिएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जानकारी दिए ।
वर्ष खेलाडी पुरुषतर्फ वर्ष सर्वोत्कृष्ट पुरुष विधामा भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा परेका छन् । त्यस्तै, वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधामा भलिबलकी अरुणा शाही (कास्की), फेन्सिङकी कृपा गुरुङ (स्याङ्जा) र आईटिएफ तेक्वान्दो÷मुआथाईकी सुस्मिता थापा मगर (बागलुङ) परेका छन् । त्यसैगरि वर्ष उदीयमान खेलाडीमा एथ्लेटिक्सका बादल कार्की (बागलुङ), भलिबलका जितबहादुर सार्की (स्याङ्जा), र क्रिकेटकी रचना चौधरी (कास्की) मनोनयनमा परेका मञ्चले जनाएको छ । यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा (कास्की), भलिबलका रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) मनोनयनमा परेका छन् ।
त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्डबाट भगवती खत्री केसी र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट बिजय नेपाल सम्मानित हुने मञ्चका सचिव राजु गिरीले बताए ।
नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद र पोखरा महानगरपालिकाको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकी प्रवद्र्धक रहेको छ । त्यस्तै टेल्जी स्कुटर, बुम¥याङ रेष्टुरेण्ट, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हिमश्री फुड्स प्रालि, सहारा क्लब पोखरा, टाईगर ग्रुप अफ पोखरा नेपाल, तमु धिं युके नेपाल, अन्नपूर्ण गाउँपालिका कास्की, निट डेन्टल केयर प्रालि, मादी गाउँपालिका कास्की, सिटीजन फर्निचर, हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल, एन्फा गण्डकी, भूतपूर्व खेलाडी मञ्च नेपाल, रुपा गाउँपालिका कास्की, सुजन कुमार शिल्पकार (अष्ट्रेलिया), मञ्चका पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, जिल्ला एथ्लेटिक्स संघ कास्की, सहारा युके, पूर्णबहादुर पाइजा (अमेरिका), इन्द्रमान बुढामगर (अमेरिका), महेन्द्र थापा (अमेरिका), दर्शन लामा, फिट नेपालका प्रमुख भुगोल गुरुङ, पोखरा पिज्जा हाउस, भूपू बक्सिङ संघ पोखरा, सोल्टी पिउने पानी,द यात्रा कर्टयार्ड होटल, जिल्ला खेलकुद विकास समिति, माछापुच्छ्रे गाउँपालिका कास्की, गण्डकी गाउँपालिका स्याङजा, मारवाडी भोजनालय, मुस्ताङ लेते थकाली किचन, होटल टास्क इन्टरनेशनल, वालिङ नगरपालिका, अन्नपूर्ण गाउँपालिका म्याग्दी, क्रसरोड थकाली किचन, पोखरा महानगरका विभिन्न वडा कार्यालय, यती एयरलाईन्स र वल्र्ड लिङ्कलगाएत सहयोगी रहेको मञ्चले जनाएको छ ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया