
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
पर्वत। गत बुधवार नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा भएको झडपमा परी गम्भिर घाईते भएका एमाले गण्डकी प्रदेश कमिटि सदस्य अर्जुन पौडेल निर्जनले पर्वतको प्रहरी प्रशासनले आफुलाई न्याय दिन नसकेको गुनासो गर्नुभएको छ ।
अस्पतालको बेडमा भेटघाट गर्न जानेहरुसँग उहाँले पर्वतमा प्रहरी, प्रशासन छ कि छैन, कि निदाएर बसेको छ भन्दै प्रश्न गर्नुभएको छ । पार्टी कार्यालयमै धारिलो बस्तु प्रयोग गरी आफु लगायत अन्य साथीहरुलाई मरणासन्न हुनेगरी आक्रमण गर्ने दोषीलाई अहिलेसम्म पनि पक्राउ गर्न नसकेको उहाँको गुनासो छ । पौडेलले घटना घटेको तीन दिन वितिसक्दा पनि दोषीलाई पक्राउ गरी कारबाहीको दायरमा ल्याउन नसकेको भन्दै यस्तो निकम्मा प्रहरी प्रशासनवाट न्यायको आशा गर्नु उचित नहुने बताउनुभयो ।
उहाँले आफुलाई न्याय दिलाउनका लागि पत्रकार तथा मानवअधिकारकर्मीहरुसँग समेत आग्रह गर्नुभएको छ । गत बुधवारै पौडेल सहित अन्य युवाहरुमाथि हातपात गर्ने तीन जना बिरुद्ध प्रहरीमा उजुरी परेको थियो । तर अहिलेसम्म पनि कसैलाई पक्राउ गरिएको छैन । दोषिलाई पक्राउ गरेर कारबाही नगरी प्रहरी प्रशासनले थप पश्रय र संरक्षण दिएको उहाँको आरोप छ ।
?मष्खश्रउहाँको अहिले पोखराको फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । पौडेलको टाउको र हातमा गम्भीर चोट लागेको छ । नेकपा एमाले निकट युवा संघको नबौ अधिवेशनका लागि आयोजित विस्तारित भेलामा दुई पक्षबीच झडप हुँदा पौडेल सहित भरत सुवेदी, घाइते हुनुभएको थियो । सोहि घटनामा पर्नुभएका एमाले जिल्ला अध्यक्ष सोहि दिन सामान्य उपचारपछि नियमित काममा फर्किनुभएको छ ।
घटनापछि एमालेका विभिन्न संगठन तथा युवा संघले विज्ञप्ती निकाल्दै घोर भत्र्सना गरेका थिए ।
यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक रविन विष्टले आफुसमक्ष जाहेरी आईनपुगेको दावी गर्नुभएको छ । आफु दक्षिण पर्वततिर कक्षा १२ को परिक्षा अनुगमनमा रहेको र अहिलेसम्म जाहेरी आईनपुगेको उहाँको भनाई छ । युवा संघका अध्यक्ष बिनोद थापाले बुधवारनै जिल्ला प्रहरी कार्यालयमा लगेर प्रहरी निरिक्षकलाई जाहेरी बुझाईएको बताउनुभएको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया