
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
पर्वत । जिल्लाको जलजला गाउँपालिका–६ मा रहेको कालाञ्जर पर्वतमा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको छ । जलजला गाउँपालिका र मोदी गाउँपालिकाको शिरमा रहेको जिल्लाको सबैभन्दा उच्च स्थानमा महायज्ञ गर्न थालिएको हो ।
बागलुङ स्थित पञ्चकोट धामका प्रमुख तथा मुक्तिनाथ पिठका पिठाधिश स्वामी कमलनयनाचार्यको अगुवाई र स्थानीय जलजला गाउँपालिकाको व्यवस्थापनमा महायज्ञ संचालन गरिने भएको हो । बुधबार शुभ साईतमा स्वामी कमलनयनाचार्यले विधिवत पुजा गरि शुभारम्भ गर्नुभयो । उहाँका अनुसार ३४ दिनसम्म १ सय ८ भागवत पाठ हुने जानकारी दिनुभयो ।
पाठ परायणको अवसरमा जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य, जिल्ला समन्वय समिति पर्वतका उपसंयोजक सोम बहादुर जिसी, जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा जानकारी दिँदै स्वामी कमलनयनाचार्यले आँफूले लामो समयसम्म तपस्या गरेको उक्त स्थलमा धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसारका सबै मान्यताहरु रहेको बताउनुभयो ।
उहाँका अनुशार यो क्षेत्र हिन्दू धर्मग्रन्थमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको सो पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन, त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्धप्राप्त गरेको उल्लेख छ ।
पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गङ्गासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठजस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको उहाँको भनाई छ । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरेर त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ ।
सो पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको छ । तर पनि कालञ्जर पर्वत र यससँग जोडिएका अन्य तीर्थस्थल प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको स्थानीयको गुनासो छ । कालीगण्डकी नदीसँग जोडिएको उक्त पर्वतको जलजला र मोदी गाउँपालिकामा पर्दछ । यसको केही भाग म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग पनि जोडिएको छ ।
यो क्षेत्र प्राचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ र सीमसार क्षेत्रका रुपमा उल्लेख छ । हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधोपचारमा प्रयोग गरेको मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको दाबी छ ।
मातातीर्थ औँशीका दिन दिवङ्गत बुबाआमाको श्राद्ध गर्न जलजलामा जाने चलन छ । पूजाआजाका लागि नीरकण्ठेश्वर शंकर भगवान्को मन्दिर बनाइएको छ । कालञ्जर शब्दको अर्थ समय वा कालमाथि विजय प्राप्त गरेको भन्ने हुन्छ । प्राचीन धर्मग्रन्थका अनुसार मृत्यु र समयलाई जित्नका लागि सिद्ध तपस्यास्थल वा तीर्थभूमिको नाम नै कालञ्जर हो भनिन्छ । विभिन्न शब्दकोषले कालाञ्जर भनेको पौराणिक पर्वत र तीर्थका रूपमा व्याख्या गरेका छन् ।
अग्निपुराण, विष्णुपुराण र श्रीमद्भागवत् महापुराणले राजर्षि जडभरतको तपस्थली र उनका तीन जन्मसँग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पवित्र भूमिका रूपमा कालञ्जरको व्याख्या गरेका छन् । स्थानीय कृष्ण प्रसाद पराजुलीका अनुसार महर्षि जडभरतले कालञ्जरसँगै जोडिएको म्याग्दीको पौलस्य आश्रम र गलेश्वरधाममा तपस्या गरेको र कालो मृगका रूपमा कालञ्जरमा घुमेको कुरा धर्मग्रन्थमा पाइन्छ ।
बराहपुराणमा भगवान् शिवको निवासस्थलका रूपमा यसलाई व्याख्या गरेको पाइन्छ भने त्यहाँ रहेका भगवान् शिवको दर्शन गरे मात्रै कृष्णगङ्गा स्नानको फल मिल्छ भन्ने उल्लेख छ । स्कन्दपुराणको काशीखण्डअन्तर्गत पृथ्वी तलका मुक्तिप्रदायक मुख्य तीर्थस्थलमा सो क्षेत्रको महिमा उल्लेख गरिएको छ । 
स्थानीयवासीका अनुसार सो स्थानमा नीरमसी, पाँचऔलो सतुवालगायत बहुमूल्य जडीबुटी प्रशस्त पाइने जलजला क्षेत्रको जङ्गलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षीको बसोबास छ । हम्पाल कालाञ्जरसम्म पुग्नका लागि मोटरबाटो र पैदल मार्ग समेत संचालनमा रहेको छ ।
सवारीमार्फत जानका लागि कुश्माबाट बनौं हुँदै हल्जुरे, शालिजाको तारे–जलजला पुग्न सकिन्छ भने पर्वतको वारीबेनीबाट मल्लाज लेखफाँट कालोपत्रे सडक हुँदै शालिजाबाट जलजला पुग्न सकिन्छ । त्यस्तै शालिजा र हल्जुरेबाट छोटो पदमार्ग प्रयोग समेत गर्न सकिन्छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया