
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत।प्रदेश अस्पताल कुश्मा पर्वतमा नेष्डो नेपालको विशेष सहयोगमा स्थापना गरिएको “न्यानो कपडा घर” को उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच नेष्डो नेपाल संस्थापक बिश्व प्रकाश प्रसाईं र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले उक्त कपडा घर उद्घाटन गर्नुभएको हो । विपन्न तथा कपडा आवश्यकता भएका बिरामी तथा सेवाग्राहीलाई सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको यस अभियानले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
यस अवसरमा पर्वत जेसीज लगायत जिल्लाका डेढ दर्जन सामाजिक संघसंस्थाहरुलाई अस्पतालको सहयोगी संस्था “फ्रेन्डस अफ प्रदेश अस्पताल” को रूपमा औपचारिक रूपमा अनुबन्धित गरिएको छ। अबदेखि जेसीजले अस्पतालसँग सहकार्य गर्दै न्यानो कपडा संकलन तथा वितरण, रक्तदान, जनचेतना अभिवृद्धि, सरसफाइ जस्ता कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने पर्वत जेसीज-२०२५ का अध्यक्ष अच्युत पौडेलले जानकारी दिनुभयो ।
समुदायप्रति उत्तरदायी भई आगामी दिनहरूमा अस्पतालसँग अझ सघन रूपमा सहकार्य गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
न्यानो घरको लागि प्रदेश अस्पताल पर्वतले स्थान, एक जना जनशक्ति तथा विजुली पानीको व्यवस्थापन गरेको भने नेष्डो नेपाल तथा विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपालले भौतिक सजावत, फर्निसिङ्ग तथा उपकरणको लागि आर्थिक सहयोग प्रदान गरेको छ । यसै गरी न्यानो कपडा घरको लागि कपडा संकलन लगायतको आवश्यक व्यवस्थापकीय सहयोगको लागि ढेड दर्जन संघसंस्थाहरु फ्रेन्ड्स अफ प्रदेश अस्पतालको रुपमा जोडिनु भएको छ भने अन्य संघसस्थाहरु जोडिन सक्ने पनि व्यवस्था गरिएको छ । हाल फ्रेन्ड्स अफ प्रदेश अस्पतालमा रोटरी क्लव अफ पर्वत, इनरह्वील क्लव अफ पर्वत, पर्वत जेसिज, पर्वत मिलन क्लव, लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत, शिवालय शैक्षिक समाज, एकता युवा क्लव, पर्वत टेलरिङ्ग संघ, पर्वत मिलन महिला समूह, पुन युवा क्लव, सिसेफ महिला समूह, धवलागिरी वहुउदेश्यीय महिला विकास सस्था, बगैचा आमा समूह लगायत हुनुहुन्छ भने कुश्मा नारी समूह, अमर टिका प्रतिष्ठान, नेपाल पत्रकार महासंघ पर्वत लगायतका संस्थाहरु आजै देखि अभियानमा जोडिएका छन् ।
शुभारम्भ कार्यक्रममा वोल्दै अध्यक्ष गिरीले अस्पतालको प्रस्तावलाई सहजै स्वीकार गरी नविनतम् सोचलाई सार्थकता दिन नेष्डो नेपाल र विश्व प्रसाई फाउण्डेशनले गर्नु भएको योगदानप्रति आभार व्यक्त गर्नु भएको छ । आफ्नो पहलमा १४ शैयाको अस्पताललाई ६५ शैयाको अस्पतालमा स्तरोन्नती गरिएको, दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रवन्ध मिलाईएको, आवश्यक उपकरणको साथै सेवाको गुणस्तरमा समेत सुधार गरिएको गिरीले जानकारी दिनु भएको छ ।
यसै गरी संरक्षक संस्था नेष्डो नेपाल एवम् विश्व प्रसाई फाउण्डेशनका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले अति मानवीय कार्यमा समाहित भई सेवा गर्ने अवसर दिनु भएकोमा अस्पताल परिवारप्रति आभार व्यक्त गर्दै डेढ दर्जन संघसंस्था यस परियोजनाको साथीको रुपमा सहकार्य गर्नु गौरवको पक्ष रहेको वताउनु भयो । आँफुसंग भएका नयाँ तथा पुराना कपडाको साथसाथै क्षमता अनुसारको द्रव्यदान समेत गर्न सकिने भन्दै दान गरे पश्चात सम्मान खोज्न नहुने उहाँको भनाई थियो । अपेक्षा सहितको दानवाट पुण्य प्राप्त नहुने उहाँको भनाई छ । प्रसाईले अव पर्वत अस्पताल आउने कोही विरामी र उहाँका आफन्तहरु अर्धनङ्गन हिडनु नपर्ने भन्दै यस अवधारणालाई देशका ७७ वटै जिल्लामा विस्तार गर्न आँफू प्रयत्नरत रहने वताउनु भयो ।
कार्यक्रममा वोल्दै अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष गुणराज शर्माले न्यानो घर अत्यन्त पुण्य कार्य भएको भन्दै आँफूले कर्मथालोवाट सहयोगको लागि लागि पहल गर्ने वताउनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया