
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । यसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी रचना चौधरी, भलिबलका जितबहादुर सार्की र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् ।
राजेन्द्र तामाङ, फुटबल
कास्कीका राजेन्द्र तामाङ फुटबल क्षेत्रका उत्कृष्ट प्रशिक्षकको रुपमा चिनिन्छन् । उनी हाल नेपाली महिला राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक हुन् । तामाङ वाफ महिला च्याम्पियनसिप २०२४ मा नेपालका प्रमुख प्रशिक्षकको अनुभव बटुलिसकेका छन् । उनी अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेका प्रशिक्षकहरुको संगठन नेपाल फुटबल प्रशिक्षक संघको अध्यक्ष समेत हुन् । त्यस्तै उनले सन २००६ मा सि, सन २०११ मा बि र सन २०१६ मा ए ग्रेडको प्रशिक्षक लाईसेन्स प्राप्त गरिसकेका छन् । साथै तामाङले ०७१/०७२ मा सम्पन्न लिगमा उत्कृष्ट कोचको पुरस्कार पाइसकेका छन् । जापान फुटबल संघबाट सन २०१७ मा सि ग्रेडको इन्सटक्टर कोर्ष पुरा गरिसकेका उनी २०८१ कात्तिकमा सम्पन्न साफ महिला च्याम्पिनसीपमा नेपाली टोलीको मुख्य प्रशिक्षक थिए भने उक्त च्याम्पियनसिपमा नेपाललाई उपबिजेता बनाउन सफल भएका थिए ।
त्यस्तै २०८१ फागुनमा सम्पन्न फोर नेसन्स कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाली टोलीको मुख्य प्रशिक्षक रहेका थिए । त्यसैगरि तामाङ मनाङ मस्र्याङ्दी क्लब, थ्रिस्टार क्लब, विभागीय नेपाल एपीएफ क्लबको पुर्व प्रशिक्षक समेत हुन् ।
रमेश केसी, भलिबल
भलिवलका पूर्व राष्ट्रिय खेलाडी स्याङजा घर भएका रमेश केसी हाल गण्डकी प्रदेश भलिबल संघको मुख्य प्रशिक्षक हुन् । उनी तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रको २०६६ देखि २०७५ सम्म भलिबल टिमका कप्तान बनिसकेका छन् । त्यस्तै केसी आठौ पोखरा स्पोट्र्स अवार्ड २०८० अन्र्तगत उत्कृष्ट प्रशिक्षकको अवार्ड समेत पाईसकेका छन् भने नेपाल भलिबल संघद्वारा २०८० मा वर्ष उत्कृष्ट प्रशिक्षकको रुपमा सम्मानित भइसकेका छन् । श्रीलंकामा २०२४ मा सम्पन्न सेन्टर एशिया जुनियर भलिबल च्याम्पियनसिप २०२४, काभा मेन्स अण्डर–२० भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय जसनियर टिमको मुख्य प्रशिक्षक भइसकेका छन् भने उक्त च्याम्पियनसिपमा नेपाल उपबिजेता बनेको थियो । त्यस्तै २०८१ जेठमा सम्पन्न आठौँ पिएमकप एनभिए लिगमा गण्डकी पुरुष टिमको प्रशिक्षक थिएभने लिगमा गण्डकीलाई उपबिजेता बनाउन सके । २०८१ मंसिरमा सम्पन्न काभा पुरुष भलिबल च्याम्पियनसीपमा गण्डकी प्रदेशको प्रशिक्षक बनिसकेका छन् । विभिन्न संघसंस्थाबाट सम्मानित केसीले केही वर्षअघिदेखि पश्चिमाञ्चल भलिबल ट्रेनिङ सेन्टर सञ्चालन गरेर खेलाडीहरुलाई प्रशिक्षण गराउदै आएका छन् । विजय थापा, रवि केसी, रुपेन्द्र गैरे, सफल विक, हिमाल सुनारी, सरोज बर्देवा, सन्जुविक्रम शाह जस्ता खेलाडी उनकै प्रशिक्षणबाट उत्पादन भएका हुन् ।
नीरज थापा, टेनिस
विसं. २०४९ सालमा काठमाडौं रंगशालामा रहेको टेनिस कोर्टमा बल टिप्ने र कोर्ट मर्मत गर्न जाने नीरज, अरुले खेलेको हेरेर खेल्न थाले । २०५४ सालमा बल टिप्न र कोर्ट बनाउन पोखरा आएका उनी पोखरामा पनि बल टिप्दै गर्दा ¥याकेट चलाउन सक्न थाले । टेनिस ¥याकेट समात्न सिकेका उनी बिस्तारै बल टिप्नेबाट खेलाडी बन्न पुगे । उनले २०५८ सालमा काठमाडौँमा एक वर्षे कोचिङ ट्रेनिङ लिए । त्यसपछि भने उनी निरन्तर कोचिङ क्षेत्रमा क्रियाशील छन् । विसं. २०५९ मा रत्न श्री जिम हलमा उनले टेनिस सिकाउँदा पोखरामा १० जना मात्र टेनिस खेल्थे भने अहिले भने १ सय भन्दा बढी टेनिस खेल्ने खेलाडी रहेको उनी बताउँछन् ।
अहिले निरज बिहान साँझ टेनिस कोर्टमै हुन्छन् । उनले बालकदेखि वृद्धासम्मलाई टेनिस सिकाउने गर्दछन् । नीरज थापाले अहिलेसम्म सयौँ उत्कृष्ट खेलाडी उत्पादन गरिसकेका छन् । ती मध्ये अहिले नेपालका शीर्ष वरियता खेलाडी प्रदीप खड्का पनि हुन् । पोखरालाई टेनिस सहरका रूपमा चिनाउन नीरजको ठुलो योगदान छ । उनी ‘सबैका गुरु नीरज गुरु’ भनेर चिनिन्छन् । टेनिसलाई नै व्यवसाय बनाएका नीरजले फिस्टेल एकेडेमीमा लङ टेनिस सिकाउने गर्दछन् । उनले छैटौं पोखरा स्पोट्र्स अवार्ड २०७८ मा उत्कृष्ट प्रशिक्षकको अवार्ड समेत पाइसकेका छन् ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएका छन् । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने अध्यक्ष मगरले बताए । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्ने मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया