
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । यसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी रचना चौधरी, भलिबलका जितबहादुर सार्की र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् ।
राजेन्द्र तामाङ, फुटबल
कास्कीका राजेन्द्र तामाङ फुटबल क्षेत्रका उत्कृष्ट प्रशिक्षकको रुपमा चिनिन्छन् । उनी हाल नेपाली महिला राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक हुन् । तामाङ वाफ महिला च्याम्पियनसिप २०२४ मा नेपालका प्रमुख प्रशिक्षकको अनुभव बटुलिसकेका छन् । उनी अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेका प्रशिक्षकहरुको संगठन नेपाल फुटबल प्रशिक्षक संघको अध्यक्ष समेत हुन् । त्यस्तै उनले सन २००६ मा सि, सन २०११ मा बि र सन २०१६ मा ए ग्रेडको प्रशिक्षक लाईसेन्स प्राप्त गरिसकेका छन् । साथै तामाङले ०७१/०७२ मा सम्पन्न लिगमा उत्कृष्ट कोचको पुरस्कार पाइसकेका छन् । जापान फुटबल संघबाट सन २०१७ मा सि ग्रेडको इन्सटक्टर कोर्ष पुरा गरिसकेका उनी २०८१ कात्तिकमा सम्पन्न साफ महिला च्याम्पिनसीपमा नेपाली टोलीको मुख्य प्रशिक्षक थिए भने उक्त च्याम्पियनसिपमा नेपाललाई उपबिजेता बनाउन सफल भएका थिए ।
त्यस्तै २०८१ फागुनमा सम्पन्न फोर नेसन्स कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाली टोलीको मुख्य प्रशिक्षक रहेका थिए । त्यसैगरि तामाङ मनाङ मस्र्याङ्दी क्लब, थ्रिस्टार क्लब, विभागीय नेपाल एपीएफ क्लबको पुर्व प्रशिक्षक समेत हुन् ।
रमेश केसी, भलिबल
भलिवलका पूर्व राष्ट्रिय खेलाडी स्याङजा घर भएका रमेश केसी हाल गण्डकी प्रदेश भलिबल संघको मुख्य प्रशिक्षक हुन् । उनी तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रको २०६६ देखि २०७५ सम्म भलिबल टिमका कप्तान बनिसकेका छन् । त्यस्तै केसी आठौ पोखरा स्पोट्र्स अवार्ड २०८० अन्र्तगत उत्कृष्ट प्रशिक्षकको अवार्ड समेत पाईसकेका छन् भने नेपाल भलिबल संघद्वारा २०८० मा वर्ष उत्कृष्ट प्रशिक्षकको रुपमा सम्मानित भइसकेका छन् । श्रीलंकामा २०२४ मा सम्पन्न सेन्टर एशिया जुनियर भलिबल च्याम्पियनसिप २०२४, काभा मेन्स अण्डर–२० भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय जसनियर टिमको मुख्य प्रशिक्षक भइसकेका छन् भने उक्त च्याम्पियनसिपमा नेपाल उपबिजेता बनेको थियो । त्यस्तै २०८१ जेठमा सम्पन्न आठौँ पिएमकप एनभिए लिगमा गण्डकी पुरुष टिमको प्रशिक्षक थिएभने लिगमा गण्डकीलाई उपबिजेता बनाउन सके । २०८१ मंसिरमा सम्पन्न काभा पुरुष भलिबल च्याम्पियनसीपमा गण्डकी प्रदेशको प्रशिक्षक बनिसकेका छन् । विभिन्न संघसंस्थाबाट सम्मानित केसीले केही वर्षअघिदेखि पश्चिमाञ्चल भलिबल ट्रेनिङ सेन्टर सञ्चालन गरेर खेलाडीहरुलाई प्रशिक्षण गराउदै आएका छन् । विजय थापा, रवि केसी, रुपेन्द्र गैरे, सफल विक, हिमाल सुनारी, सरोज बर्देवा, सन्जुविक्रम शाह जस्ता खेलाडी उनकै प्रशिक्षणबाट उत्पादन भएका हुन् ।
नीरज थापा, टेनिस
विसं. २०४९ सालमा काठमाडौं रंगशालामा रहेको टेनिस कोर्टमा बल टिप्ने र कोर्ट मर्मत गर्न जाने नीरज, अरुले खेलेको हेरेर खेल्न थाले । २०५४ सालमा बल टिप्न र कोर्ट बनाउन पोखरा आएका उनी पोखरामा पनि बल टिप्दै गर्दा ¥याकेट चलाउन सक्न थाले । टेनिस ¥याकेट समात्न सिकेका उनी बिस्तारै बल टिप्नेबाट खेलाडी बन्न पुगे । उनले २०५८ सालमा काठमाडौँमा एक वर्षे कोचिङ ट्रेनिङ लिए । त्यसपछि भने उनी निरन्तर कोचिङ क्षेत्रमा क्रियाशील छन् । विसं. २०५९ मा रत्न श्री जिम हलमा उनले टेनिस सिकाउँदा पोखरामा १० जना मात्र टेनिस खेल्थे भने अहिले भने १ सय भन्दा बढी टेनिस खेल्ने खेलाडी रहेको उनी बताउँछन् ।
अहिले निरज बिहान साँझ टेनिस कोर्टमै हुन्छन् । उनले बालकदेखि वृद्धासम्मलाई टेनिस सिकाउने गर्दछन् । नीरज थापाले अहिलेसम्म सयौँ उत्कृष्ट खेलाडी उत्पादन गरिसकेका छन् । ती मध्ये अहिले नेपालका शीर्ष वरियता खेलाडी प्रदीप खड्का पनि हुन् । पोखरालाई टेनिस सहरका रूपमा चिनाउन नीरजको ठुलो योगदान छ । उनी ‘सबैका गुरु नीरज गुरु’ भनेर चिनिन्छन् । टेनिसलाई नै व्यवसाय बनाएका नीरजले फिस्टेल एकेडेमीमा लङ टेनिस सिकाउने गर्दछन् । उनले छैटौं पोखरा स्पोट्र्स अवार्ड २०७८ मा उत्कृष्ट प्रशिक्षकको अवार्ड समेत पाइसकेका छन् ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएका छन् । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने अध्यक्ष मगरले बताए । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्ने मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया