
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सामूहिक व्रतबन्ध गरिएको छ ।
हिन्दु संस्कृतिमा महत्त्वपूर्ण धार्मिक संस्कारको रूपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई पुरा गर्न कोटिहोममा आफ्ना सन्तानको पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध गराएका हुन् ।
सामूहिक व्रतबन्धमा देशभरका विभिन्न जिल्ला बाट एक सय जना बढीले सामूहिक व्रतबन्ध गरेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोम नेपालकै तिर्थस्थलको रूपमा रहेकोले पनि आफ्ना सन्तानको व्रतबन्ध गर्न कोटिहोम स्थल रोजेको अभिभावकको भनाई थियो।
व्रतबन्ध कार्यक्रम दक्ष पण्डित गुरुजनको निर्देशनमा विधिपूर्वक गरिएको थियो । कार्यक्रमको विशेषता स्वरूप प्रत्येक बालकलाई यज्ञोपवीत धारण गराइ शास्त्रोक्त विधिबाट संस्कार गरी संस्कार पश्चात् बालकहरूलाई ब्राह्मणका तीन ऋण—देवगण, ऋषिगण, र पितृगण—को जानकारी दिएको सम्पूर्ण कर्मकाण्डका व्यवस्थापक पं.चूडामणि पाण्डेले जानकारी दिए । यस अवसरमा ग्रहशान्ति, वेद पाठ, मन्त्रोच्चारण, र विशेष हवनको समेत गरिएको थियो ।
सामूहिक रूपमा व्रतबन्ध गराउँदा धार्मिक महत्त्व त छँदै छ, साथै समय, खर्च र व्यवस्थापनमा पनि सहजीकरण भएको आफन्तको बुझाइ छ । यस अघि दर्जनौँ बालकहरूको व्रतबन्ध भइसकेको छ ।
धेरै अभिभावकहरूले महायज्ञको पावन अवसरलाई उपयोग गर्दै आफ्ना सन्तानको व्रतबन्ध गराउने तयारी गरिरहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए।
कोटिहोममा ४ वेद, १८ पुराण र १०८ श्रीमद्भगवत पाठ पारायणको श्रवण, हवन, पार्थिव शिवलिड्ड पूजा, रुद्राभिषेक, तुला दान, शुभ विवाह, भूमि पूजन, व्रतबन्ध, चौरासी पूजन लगायतका विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन भइरहेका छन्।
कोटिहोममा देशभर बाट ४ सय बढी ब्राह्मण जम्मा भएर दैनिक दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित सतकुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौं, तिल, घिउ आदि हवन सामग्री दान गरी सेवा गर्ने पावन अवसरलाई सदुपयोग गर्न भक्तजनहरूमा आयोजकले निमन्त्रणा गरेको छ ।
यो पुण्य कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले आग्रह गरेका छन् ।
‘यो हवन कार्य ४२ दिन सम्म निरन्तर चल्ने छ’ उनले भने, ‘हवनमा चाहिने सामग्री ल्याई आफूलाई पनि यो हवन कार्यमा सहभागिता जनाउने अवसर नगुमाउनुहोस् ।’
भक्तजनले हवन कार्यमा आ–आफ्नो घर वा क्षेत्रमा उपलब्ध हुने सक्ने घ्यु, तिल, जौ, तेल, सवौंषधी, खुदो, पीपल, वर, आँप, समी, डुम्री, तीतेपाती, खयर, साल, बयर, गिँदर, बेल, साल सल्ला, देवदारु रुदिलो, श्रीखण्ड र सुगन्धित द्रव्यलगायत हवनमा प्रयोग गरिने विशेष जडीबुटीहरू तथा अन्य दाउराहरू ल्याएर सहयोग गर्न सकिने आयोजकले जनाएको छ । यही वैशाख १९ गते सुरु भएको हवन जेठ २६ गते सम्म चल्ने छ ।
यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार १ सय वटा हवन कुण्डमा ३÷३ जना ब्राह्मणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका छन् ।
हवन कुण्डको मुल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनिराम भण्डारी र आमा जानका भण्डारी रहेका छन् भने अरू मण्डपमा ३÷३ जना ब्राह्मणले नृत्य हवन गरिरहेका छन् ।
कोटिहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने
कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ । कोटिहोममा संघिय तथा प्रदेश सांसद जनप्रतिनिधि, राजनितिकदलका नेता, सञ्चारकर्मीको उपस्थिति दिनउ बढ्दै गएको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया