
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सामूहिक व्रतबन्ध गरिएको छ ।
हिन्दु संस्कृतिमा महत्त्वपूर्ण धार्मिक संस्कारको रूपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई पुरा गर्न कोटिहोममा आफ्ना सन्तानको पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध गराएका हुन् ।
सामूहिक व्रतबन्धमा देशभरका विभिन्न जिल्ला बाट एक सय जना बढीले सामूहिक व्रतबन्ध गरेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोम नेपालकै तिर्थस्थलको रूपमा रहेकोले पनि आफ्ना सन्तानको व्रतबन्ध गर्न कोटिहोम स्थल रोजेको अभिभावकको भनाई थियो।
व्रतबन्ध कार्यक्रम दक्ष पण्डित गुरुजनको निर्देशनमा विधिपूर्वक गरिएको थियो । कार्यक्रमको विशेषता स्वरूप प्रत्येक बालकलाई यज्ञोपवीत धारण गराइ शास्त्रोक्त विधिबाट संस्कार गरी संस्कार पश्चात् बालकहरूलाई ब्राह्मणका तीन ऋण—देवगण, ऋषिगण, र पितृगण—को जानकारी दिएको सम्पूर्ण कर्मकाण्डका व्यवस्थापक पं.चूडामणि पाण्डेले जानकारी दिए । यस अवसरमा ग्रहशान्ति, वेद पाठ, मन्त्रोच्चारण, र विशेष हवनको समेत गरिएको थियो ।
सामूहिक रूपमा व्रतबन्ध गराउँदा धार्मिक महत्त्व त छँदै छ, साथै समय, खर्च र व्यवस्थापनमा पनि सहजीकरण भएको आफन्तको बुझाइ छ । यस अघि दर्जनौँ बालकहरूको व्रतबन्ध भइसकेको छ ।
धेरै अभिभावकहरूले महायज्ञको पावन अवसरलाई उपयोग गर्दै आफ्ना सन्तानको व्रतबन्ध गराउने तयारी गरिरहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए।
कोटिहोममा ४ वेद, १८ पुराण र १०८ श्रीमद्भगवत पाठ पारायणको श्रवण, हवन, पार्थिव शिवलिड्ड पूजा, रुद्राभिषेक, तुला दान, शुभ विवाह, भूमि पूजन, व्रतबन्ध, चौरासी पूजन लगायतका विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन भइरहेका छन्।
कोटिहोममा देशभर बाट ४ सय बढी ब्राह्मण जम्मा भएर दैनिक दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित सतकुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौं, तिल, घिउ आदि हवन सामग्री दान गरी सेवा गर्ने पावन अवसरलाई सदुपयोग गर्न भक्तजनहरूमा आयोजकले निमन्त्रणा गरेको छ ।
यो पुण्य कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले आग्रह गरेका छन् ।
‘यो हवन कार्य ४२ दिन सम्म निरन्तर चल्ने छ’ उनले भने, ‘हवनमा चाहिने सामग्री ल्याई आफूलाई पनि यो हवन कार्यमा सहभागिता जनाउने अवसर नगुमाउनुहोस् ।’
भक्तजनले हवन कार्यमा आ–आफ्नो घर वा क्षेत्रमा उपलब्ध हुने सक्ने घ्यु, तिल, जौ, तेल, सवौंषधी, खुदो, पीपल, वर, आँप, समी, डुम्री, तीतेपाती, खयर, साल, बयर, गिँदर, बेल, साल सल्ला, देवदारु रुदिलो, श्रीखण्ड र सुगन्धित द्रव्यलगायत हवनमा प्रयोग गरिने विशेष जडीबुटीहरू तथा अन्य दाउराहरू ल्याएर सहयोग गर्न सकिने आयोजकले जनाएको छ । यही वैशाख १९ गते सुरु भएको हवन जेठ २६ गते सम्म चल्ने छ ।
यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार १ सय वटा हवन कुण्डमा ३÷३ जना ब्राह्मणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका छन् ।
हवन कुण्डको मुल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनिराम भण्डारी र आमा जानका भण्डारी रहेका छन् भने अरू मण्डपमा ३÷३ जना ब्राह्मणले नृत्य हवन गरिरहेका छन् ।
कोटिहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने
कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ । कोटिहोममा संघिय तथा प्रदेश सांसद जनप्रतिनिधि, राजनितिकदलका नेता, सञ्चारकर्मीको उपस्थिति दिनउ बढ्दै गएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया