
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आगामी जेठ ५ र ६ गते संचालन गरिने भएको छ ।जिल्ला खेलकुद विकास समिति पर्वतको सोमवार सम्पन्न बैठकले जेठ ५ र ६ गते सदरमुकाम कुश्माबजारको वडागाउँ खेल मैदानमा संचालन गर्ने निर्णय गरेको हो ।
प्रतियोगितामा खेलाडीहरुलाई सक्रिय सहभागिता गराउनका लागि समितिले जिल्लाका सातवटै पालिकालाई अनुरोध गरेको छ । यस अघि पर्वतका दुई नगरपालिका सहित सातवटै पालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गरिसकेका छन् । पालिका स्तरवाट छनौट भएका खेलाडीहरु जिल्ला स्तरीय प्रतियोगितामा सहभागि हुन पाउने जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष बुद्ध पुनले जानकारी दिनुभयो ।
पुनका अनुसार प्रतियोगितामा छात्र तथा छात्रा भलिबल प्रतियोगिता, छात्र तथा छात्रा कबड्डी प्रतियोगिता, एथलेटिक्स छात्र, छात्राको प्रतियोगिता हुने भएको छ । एथलेटिक्स अन्तर्गत दौड प्रतियोगिता एक समय मिटरदेखि तीन हजार मिटरसम्मको हुने भएको छ भने भने छात्रा दौड प्रतियोगिता पनि सोहि अनुसार हुने भएको छ ।
यसैगरी हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङथ्रो, सटपुट थ्रो, मार्सल आर्टतर्फ सितेरेयिो कराँते र छात्र छात्रा तेक्वान्दो प्रतियोगिता समेत संचालन गरिने अध्यक्ष पुनले जनाकारी दिनुभयो ।
प्रतियोगितामा खेलाडी सहभागि गराउने पालिकाले प्रतियोगिता शुरु हुनुपुर्व रु. २५ हजार रुपैया बुझाउनुपर्ने उल्लेख गरिएको छ । यसैगरी विद्यार्थीले फोटो सहितको अनुसूचि १ को सहभागि फारम भर्नुपर्ने छ भने विद्यार्थी नियमित अध्ययनरत हुनुपर्ने छ । कक्षा १२ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने भएका छन् । खेलाडीको जन्मदर्ताको फोटोकपी, र इमिक्सको अभिलेख फारमका साथमा अनिवार्य पेश गर्नुपर्ने छ । बास्तविक विद्यार्थी नभई अन्य खेलाडी सहभागि गराएको पाईएमा खेलकुद कानून बमोजिम कारवाही गरिने भएको छ ।
कबड्डी खेलतर्फ छात्र ७० केजी र छात्राको वजन ६५ केजी सम्म खेल्न पाउने व्यवस्था गरिएको छ ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुनले खेललाई व्यवस्थित, मर्यादित र सभ्य रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा जुटेको बताउनुभयो । जिल्ला स्तरवाट उत्कृष्ट बनेका विद्यार्थी प्रदेश तथा संघ स्तरीय प्रतियोगितामा पनि सहभागि हुन पाउने भएकाले आवश्यक तयारी सहित स्वस्थ्य प्रतिस्पर्धा गर्न उहाँले आग्रह गर्नुभएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया