
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
१०महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
११इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौंै संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । यसमध्ये वर्ष उत्कृष्ट पुरुष खेलाडीतर्फको विधामा टेनिसका प्रदीप खड्का, फुटबलका सुमित श्रेष्ठ र भलिबलका विश्वास अधिकारी उत्कृष्ट तीनमा परेका छन् । तीन मध्ये उत्कृष्ट हुने एक खेलाडीले वैशाख २६ गते टेल्जीको इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् ।
प्रदीप खड्का (टेनिस)
मनोनयनमा परेका प्रदीप खड्का कास्की बस्छन् । उनी टेनिसका खेलाडी हुन् । २०५० साल वैशाख ७ गते पोखरामा जन्मिएका प्रदीप सानैदेखि टेनिस कोर्टसँग नजिक भए । जुनियर गेम खेल्दै १७ वर्षको उमेरमा उनले छैटौं सिटिजन बैंक ओपन टेनिस प्रतियोगिता खेले । अहिले उनी नेपालको टेनिसमा पुरुषतर्फ सिंगल र डबल दुबैमा नम्बर १ मा छन् । उनको यात्रा अहिलेसम्म जारी नै छ । उनले सातौं राष्ट्रिय, १३ औं दक्षिण एशियाली खेलकुद (साग), आठौं राष्ट्रिय खेलकुद र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल गर्न सफल भए । दश जोड २ पूरा गरेका प्रदीप २२ वर्षकै उमेरमा विदेशी प्रशिक्षक बन्नु पनि उनको अर्को सफलता हो । २०८० मा १९ औं एसियन खेलकुदमा नेपालबाट सहभागिता जनाउँदै दोस्रो चरणमा पुगे । सोही वर्ष बहराइनमा भएको डेभिस कपमा पनि उनी सहभागी बने । २०८१ साल मंसिर महिना उनको लागि झन विशेष रह्यो । टेनिसको सबैभन्दा ठूलो खेल डेभिस कपमा नेपालले समूह ५ बाट समूह ४ मा फड्को मा¥यो । नेपालका लागि प्रदीप खड्काले बहराइनका अब्दुल नबि इलियसलाई ६–३, ६–३ को सेटमा हराउँदै ऐतिहासिक जित दिलाएका हुन् । त्यो बाहेक भारतमा भएको तेस्रो कञ्चनजंघा टिस्टा च्याम्पियनसिप मेन्स सिंगलमा स्वर्ण र मेन्स डबल्समा रजत, दशौं सिटिजन बैंक खुल्ला टेनिस मेन्स सिंगल्समा स्वर्ण र मिक्स डबल्समा दोस्रो, प्रथम भ्याली स्ल्याम ओपन टेनिस मेन्स सिंगल्समा स्वर्ण, चौथो गणेशमान सिंह खुल्ला राष्ट्रिय टेसिस मेन्स डबल्समा स्वर्ण, तेस्रो मेयरकप तथा सातौं बुटवल खुल्ला टेनिस मेन्स सिंगलमा विजेता बनेका थिए ।
सुमित श्रेष्ठ (फुटबल)
पोखराका सुमित श्रेष्ठ फुटबलमा अहिले उदाइरहेका खेलाडी हुन् । व्यवसायीक फुटबल खेल्दै आएका २१ वर्षिय उनी मिड फिल्डर हुन् । तर उनी डिफेन्डरदेखी स्ट्राइकर सम्म बन्ने खुबी राख्छन् । अर्थात फुटबलमा दुर्लभै मानिने अलराउन्डर मध्येमै उनी पर्छन् । पोखराको पृथ्वीनारायण क्याम्पसबाट सुरु भएको फुटबल यात्राले उनलाई अहिले राष्ट्रिय टिममा पु¥याएको छ । विशेषगरी एन्फाले आयोजना गरेको राष्ट्रिय फुटसल लिगबाट उनी चर्चामा आए । पोखरामै सम्पन्न फुटसल लिगमा समेत उनी उदीयमान खेलाडी घोषित भए । हाल राष्ट्रिय सिनियर टिमबाट खेलिरहेका उनले थ्रिनेसन्स कपमा स्वर्ण समेत हात पार्न सफल भए । स्पोट्र्स क्यासलबाट खेलेका उनी फुटसलकै राष्ट्रिय टिममा परे । सन् २०२२ अप्रिल १ देखी २१ सम्म किर्गिस्तानमा भएको एफसी एसियन कप छनोटमा पहिलो पटक अन्तर्राष्ट्रिय डेब्यु गरे । उक्त प्रतियोगितामा उनले एक गोल समेत गरेका थिए । २०२२ मै फुटसलबाटै फुटबलमा आएका उनी पहिलो पटक यु–२० राष्ट्रिय टिममा पर्दै साफ यु–२० च्याम्पियनसिप समेत खेले । भारतमा भएको खेलमा उनले एक गोल असिस्ट गरेका थिए । लगत्तै २०२२ मै वहराइनमा यु–२० एसिएन कप छनोट खेल्न समेत पुगेका थिए । सुमितले थ्रिनेसन्स कपमा स्वर्ण, नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य, पदक हासिल गरे । उनले २०२० देखी २०२२ सम्म बासँबारी क्लबबाट दुई संस्करण बि डिभिजन लिग समेत खेले । यस्तै हालै सम्पन्न एनएसलएलमा सर्वाधिक विक्रि हुने खेलाडीमा उनी पनि परे । उनले सिंगापुरलाई ३६ वर्षपछि हराउँदा नेपालको टिममा उनी थिए । प्रधानमन्त्री त्रीदेशीय कपमा च्याम्पियन बनेको थिए भने त्यो बाहेक मोफसलमा हुने हरेक गोल्डकप र विभिन्न प्रतियोगिताहरु समेत खेलिसकेका छन् ।
विश्वास अधिकारी (भलिबल)
भलिबलमा गण्डकी प्रदेश उत्कृष्ट रहँदै आइरहेको छ । नेपालभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलमा हरेक टिमलाई चुनौति दिदै आइरहेको गण्डकी प्रदेशको भलिबल टिमको समर्थक समेत निकै रहेको छ त्यहि टिमका मुख्य सदस्य मध्येका एक हुन २० वर्षिय विश्वास अधिकारी । नवलपुर बौद्धिकाली गाउँपालिका ३ बाझोबारीका विश्वासले २ वर्षअघि मात्रै गण्डकी प्रदेशको टिममा डेब्यु गरे । मिडल ब्लकरको भूमिकामा खेल्दै आएका उनले २०६५ सालमा जन्मिएका विश्वासले श्रीलंकामा भएको काभा यु–२० भलिबल च्याम्पियनसिप खेल्दै रजत पदक हासिल गर्न सफल भएका थिए । उनका लागि राष्ट्रिय टिमबाट खेलेको यो पहिलो खेल समेत हो । उनले प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा समेत उनी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । ३४ औं राष्ट्रिय मेन्स भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले तेस्रो स्थान हासिल उनी टोलीमा थिए । आठौं पिएम कप महिला/पुरुष भलिबलमा दोस्रो, चौथो टाइगरकपमा दोस्रो समेत भएका थिए । १६ वर्षदेखी भलिबल खेल्न सुरु गरेका उनको पहिलो यात्रा स्थानीय क्लब नयाँछापबाट खेल्दै आएका थिए । त्यो बाहेक प्रदेशस्तरीय र पालिका स्तरीय खेलमा उनले प्राप्त गरेका पदकहरु पनि धेरै छन् ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएका छन् । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने अध्यक्ष मगरले बताए । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्ने मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।

प्रतिक्रिया