
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
पोखरा । विभिन्न समयका शासक वर्ग, राजा महाराजको जीवनी र वंशावलीलाई मात्र प्रस्तुत गर्नु इतिहास अध्ययनमा ठूलो भूल हो । इतिहासका अध्येताहरू ज्ञानको ढोकालाई खुला राखेर नयाँ कुरामा अद्यावधिक हुँदै जानुपर्छ। तर, इतिहास विषयलाई नै आफ्नो क्षेत्र बनाउनेहरूमा अध्ययनको कमी छ । यसो हुँदा बुझाईमा समस्या हुन्छ ।’ इतिहास विषयका प्राध्यापकहरू एकमत छन् ।
पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागका प्राध्यापकहरू र विद्यार्थीहरू सोमबार पोखरा नजिकैको रमणीय पर्यटकीय स्थल ढिकीडाँडा उक्लिए । विभागले पहिलो पटक क्याम्पस परिसर बाहिर विद्यार्थीका लागि शोध–पत्र (थेसिस) प्रस्ताव लेखन सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गर्दै विद्यार्थीलाई उत्साहित र रोमाञ्चित बनायो । गोष्ठीमा इतिहास विषय अध्ययनरत स्नातकोत्तर तह चौथो र तेस्रो सेमेष्टरका विद्यार्थी सहभागी थिए ।
गोष्ठीमा निवर्तमान विभागीय प्रमुख बसन्त पराजुलीले भने – ‘इतिहास भन्नासाथ यसलाई अन्य विषयबाट अलग राखेर हेर्ने गरिन्छ। मानव जीवन र समाजका सवै विधा समावेश भएको एउटा मात्र विषय वास्तवमा इतिहास नै हो । तसर्थ, इतिहास अध्ययनको महत्व जति छ, त्यसको चर्चा जति गरेपनि अपुग छ।’
विभागीय प्रमुख सहप्राध्यापक नारायण ढकालले त्रिभुवन विश्वविद्यालय, इतिहास तथा संस्कृति विभागले यहाँ अध्ययन गर्न चाहाने विद्यार्थीलाई प्रमुख प्राथमिकता दिएको बताउँदै विद्यार्थीका लागि कहिँकतै, कहिल्यै कुनै कुरामा कमजोरी हुन नदिएको बताए ।
‘यहाँहरूलाई थाहै छ । केही वर्ष अघिसम्म पनि विद्यार्थी थिएनन् । अहिले, क्रमशः यस विषयमा रुचि बढ्दै गएको छ ।’ – उनले भने – ‘इतिहास विषयको समयानुकुल पाठ्यक्रम परिमार्जन भइरहेको छ । पृथ्वीनारायण क्याम्पसमा पछिल्लो तीन वर्षलाई हेर्ने हो भने पनि विद्यार्थीको रुचि बढेको देख्दा हामी हर्षित छौं ।’
शोध–पत्र प्रस्ताव लेखनका प्रमुख प्रशिक्षक सहप्राध्यापक अर्जुनबहादुर भण्डारीले ऐतिहासिक समयको अनुशीलनले वर्तमान अवस्थामा त्यसले पारेको प्रभावबारे शिक्षा प्राप्त गरी भविष्यमा अपनाउनु पर्ने सतर्कताबारे सचेत गराउने विषय इतिहास रहेको बताए ।
‘अहिले राजा महाराजाको महिमा मण्डन मात्रै इतिहास विषय होइन भन्ने धारणा बन्दै गएको छ ।’ भण्डारीले भने– ‘विगतमा राजनीतिक व्यवस्थाहरु अनुकूल थिएन । त्यसले इतिहास विषयमा सीमा निर्धारण गरिदिएको थियो । अबको परिवेश त्यस्तो छैन । सही शिक्षा मिल्ने भएपछि विद्यार्थीको रुचि पनि बढ्दै गएको छ ।’
सहप्राध्यापक डा. दीर्घमान गुरूङले अहिले र पहिलेको विश्वलाई तुलनात्मक दृष्टिकोणले बुझ्ने र विगतका अनुभवबाट शिक्षा लिँदै आजको दिशा निर्धारण गरी भविष्यको गन्तव्य तय गर्ने विधा नै इतिहास रहेको उल्लेख गरे । इतिहास विभागको पाठ्यक्रमलाई समय समयमा सुधार गरी समय उपयोगी बनाउन जरुरी रहेकोमा उनले जोड दिए ।
उपप्राध्यापक तथा प्रशिक्षक चन्द्रकान्त पौडेलले जुन मुलुकले इतिहासको अध्ययनलाई महत्व दिएर आफ्नो सभ्यता र संस्कृतिलाई इतिहासबाट पाठ सिक्दै जगेर्ना गर्ने प्रयत्न गरेको हुन्छ, त्यो देशले विकासमा फड्को मारेको बताए ।
दुई दिवसीय गोष्ठीमा प्रमुख प्रशिक्षक सहप्राध्यापक अर्जुन बहादुर भण्डारी, सहप्राध्यापक डा. दीर्घमान गुरूङ, उपप्राध्यापक चन्द्रकान्त पौडेल, लक्ष्मण श्रेष्ठ, तोयनारायण देवकोटासहित इतिहासका विद्यार्थी एवं पोखरा युनिभर्सिटीका एशोसियट प्रोफेशर कोमल मल्लले शोधप्रस्ताव लेखन विधिबारे प्रशिक्षण दिएका थिए ।
विभागीय प्रमुख नारायण ढकालको अध्यक्षतामा भएको गोष्ठी शुभारम्भ कार्यक्रममा उपप्राध्यापक चन्द्रकान्त पौडेलले स्वागत र तोयनारायण देवकोटाले सञ्चालन गरेका थिए । विद्यार्थीका तर्फबाट बोल्दै विपिन आचार्यले कार्यशाला गोष्ठी निकै उपयोगी बनेको बताए ।
विभागीय प्रमुख ढकालले शोधप्रस्ताव लेखनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजित यस प्रकारको गोष्ठीले विद्यार्थीलाई लेखनमा सहजता मिल्ने बताउँदै विषयगत विज्ञ प्राध्यापकहरूको अनुभवलाई विद्यार्थीसँग बाँड्ने हेतु कार्यक्रम आयोजना गरेको बताए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया