
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । विभिन्न समयका शासक वर्ग, राजा महाराजको जीवनी र वंशावलीलाई मात्र प्रस्तुत गर्नु इतिहास अध्ययनमा ठूलो भूल हो । इतिहासका अध्येताहरू ज्ञानको ढोकालाई खुला राखेर नयाँ कुरामा अद्यावधिक हुँदै जानुपर्छ। तर, इतिहास विषयलाई नै आफ्नो क्षेत्र बनाउनेहरूमा अध्ययनको कमी छ । यसो हुँदा बुझाईमा समस्या हुन्छ ।’ इतिहास विषयका प्राध्यापकहरू एकमत छन् ।
पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागका प्राध्यापकहरू र विद्यार्थीहरू सोमबार पोखरा नजिकैको रमणीय पर्यटकीय स्थल ढिकीडाँडा उक्लिए । विभागले पहिलो पटक क्याम्पस परिसर बाहिर विद्यार्थीका लागि शोध–पत्र (थेसिस) प्रस्ताव लेखन सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गर्दै विद्यार्थीलाई उत्साहित र रोमाञ्चित बनायो । गोष्ठीमा इतिहास विषय अध्ययनरत स्नातकोत्तर तह चौथो र तेस्रो सेमेष्टरका विद्यार्थी सहभागी थिए ।
गोष्ठीमा निवर्तमान विभागीय प्रमुख बसन्त पराजुलीले भने – ‘इतिहास भन्नासाथ यसलाई अन्य विषयबाट अलग राखेर हेर्ने गरिन्छ। मानव जीवन र समाजका सवै विधा समावेश भएको एउटा मात्र विषय वास्तवमा इतिहास नै हो । तसर्थ, इतिहास अध्ययनको महत्व जति छ, त्यसको चर्चा जति गरेपनि अपुग छ।’
विभागीय प्रमुख सहप्राध्यापक नारायण ढकालले त्रिभुवन विश्वविद्यालय, इतिहास तथा संस्कृति विभागले यहाँ अध्ययन गर्न चाहाने विद्यार्थीलाई प्रमुख प्राथमिकता दिएको बताउँदै विद्यार्थीका लागि कहिँकतै, कहिल्यै कुनै कुरामा कमजोरी हुन नदिएको बताए ।
‘यहाँहरूलाई थाहै छ । केही वर्ष अघिसम्म पनि विद्यार्थी थिएनन् । अहिले, क्रमशः यस विषयमा रुचि बढ्दै गएको छ ।’ – उनले भने – ‘इतिहास विषयको समयानुकुल पाठ्यक्रम परिमार्जन भइरहेको छ । पृथ्वीनारायण क्याम्पसमा पछिल्लो तीन वर्षलाई हेर्ने हो भने पनि विद्यार्थीको रुचि बढेको देख्दा हामी हर्षित छौं ।’
शोध–पत्र प्रस्ताव लेखनका प्रमुख प्रशिक्षक सहप्राध्यापक अर्जुनबहादुर भण्डारीले ऐतिहासिक समयको अनुशीलनले वर्तमान अवस्थामा त्यसले पारेको प्रभावबारे शिक्षा प्राप्त गरी भविष्यमा अपनाउनु पर्ने सतर्कताबारे सचेत गराउने विषय इतिहास रहेको बताए ।
‘अहिले राजा महाराजाको महिमा मण्डन मात्रै इतिहास विषय होइन भन्ने धारणा बन्दै गएको छ ।’ भण्डारीले भने– ‘विगतमा राजनीतिक व्यवस्थाहरु अनुकूल थिएन । त्यसले इतिहास विषयमा सीमा निर्धारण गरिदिएको थियो । अबको परिवेश त्यस्तो छैन । सही शिक्षा मिल्ने भएपछि विद्यार्थीको रुचि पनि बढ्दै गएको छ ।’
सहप्राध्यापक डा. दीर्घमान गुरूङले अहिले र पहिलेको विश्वलाई तुलनात्मक दृष्टिकोणले बुझ्ने र विगतका अनुभवबाट शिक्षा लिँदै आजको दिशा निर्धारण गरी भविष्यको गन्तव्य तय गर्ने विधा नै इतिहास रहेको उल्लेख गरे । इतिहास विभागको पाठ्यक्रमलाई समय समयमा सुधार गरी समय उपयोगी बनाउन जरुरी रहेकोमा उनले जोड दिए ।
उपप्राध्यापक तथा प्रशिक्षक चन्द्रकान्त पौडेलले जुन मुलुकले इतिहासको अध्ययनलाई महत्व दिएर आफ्नो सभ्यता र संस्कृतिलाई इतिहासबाट पाठ सिक्दै जगेर्ना गर्ने प्रयत्न गरेको हुन्छ, त्यो देशले विकासमा फड्को मारेको बताए ।
दुई दिवसीय गोष्ठीमा प्रमुख प्रशिक्षक सहप्राध्यापक अर्जुन बहादुर भण्डारी, सहप्राध्यापक डा. दीर्घमान गुरूङ, उपप्राध्यापक चन्द्रकान्त पौडेल, लक्ष्मण श्रेष्ठ, तोयनारायण देवकोटासहित इतिहासका विद्यार्थी एवं पोखरा युनिभर्सिटीका एशोसियट प्रोफेशर कोमल मल्लले शोधप्रस्ताव लेखन विधिबारे प्रशिक्षण दिएका थिए ।
विभागीय प्रमुख नारायण ढकालको अध्यक्षतामा भएको गोष्ठी शुभारम्भ कार्यक्रममा उपप्राध्यापक चन्द्रकान्त पौडेलले स्वागत र तोयनारायण देवकोटाले सञ्चालन गरेका थिए । विद्यार्थीका तर्फबाट बोल्दै विपिन आचार्यले कार्यशाला गोष्ठी निकै उपयोगी बनेको बताए ।
विभागीय प्रमुख ढकालले शोधप्रस्ताव लेखनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजित यस प्रकारको गोष्ठीले विद्यार्थीलाई लेखनमा सहजता मिल्ने बताउँदै विषयगत विज्ञ प्राध्यापकहरूको अनुभवलाई विद्यार्थीसँग बाँड्ने हेतु कार्यक्रम आयोजना गरेको बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया