
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पोखरा । एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् । उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका हुन् । समूहको बैठक वैशाख २७ गतेसम्म पोखरामा बस्ने छ ।
कार्यशाला सहितको बैठकमा एसिया प्यासिफिकमा हवाई उड्डयनको क्षेत्रले भोगिरहेको वन्यजन्तुजन्य जोखिमहरूको अवस्था, त्यसको न्यूनीकरण तथा समाधान र उड्डयन क्षेत्रलाई सुरक्षित बनाउने उपायहरूको खोजी गरिने विज्ञहरूले बताएका छन् । बैठकमा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सुरक्षित हवाई यात्राको सुनिश्चितताका लागि विद्यमान जोखिमहरूको निदानमा जोड दिनुभयो । नेपाल सरकार यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने र प्रविधिमैत्री, सुविधायुक्त र सुरक्षित पूर्वाधार निर्माण गर्ने कार्यमा प्रतिबद्ध रहेको बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उड्डयन क्षेत्रको संवेदनशीलता प्रति आफूहरू सचेत रहेको बताउनुभयो । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व नजिकै रहेको ल्याण्ड फिल साइड स्थानान्तरण गरी विमानस्थल सञ्चालनमा महानगरपालिकाले सहज वातावरण तयार गर्यौँ , ल्याण्ड फिलको स्थानान्तरण सजिलो थिएन तर, आवश्यक थियो, कयौँ अप्ठ्याराहरूको बिचबाट हामीले त्यसको व्यवस्थापन गर्यौँ नगर प्रमुख आचार्यले भन्नुभयो, विमानस्थलको संवेदनशीलता बुझेर हामीले तुरुन्त निर्णय गर्यौँ र एक महिनाभित्रै उक्त ल्यान्डफिललाई सुरक्षित दूरीमा सार्यौं, यो संवेदनशीलताले पनि पुष्टि गर्दछ की, हवाई सुरक्षामा स्थानीय सरकारको भूमिका कति महत्त्वपूर्ण हुन्छ ।” हवाई सेवालाई सुरक्षित बनाउन स्थानीय तहको सक्रियता र नेतृत्व उत्तिकै आवश्यक र प्रभावकारी हुने उहाँले बताउनुभयो ।
“राम्रो नीति, बलियो स्थानीय नेतृत्व र क्षेत्रीय सहकार्यबाट मात्रै हामी हाम्रो आकाशलाई अझ सुरक्षित बनाउन सक्छौँ, नगर प्रमुख आचार्यले भन्नुभयो, हामी एक भू–परिवेष्टित देशका नागरिक हौँ, बद्लिँदो विश्व परिवेशमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सम्पर्क नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय बनिसक्यो, तसर्थ हामी हाम्रो सहरलाई हवाई सेवा मार्फत विश्वभर जोड्न चाहन्छौँ ।” पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई एसिया प्यासिफिक क्षेत्रका देशहरूमा जोड्न सकिने सम्भावनाको खोजी गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
सो क्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र आइकाओ एसिया प्यासिफिकका क्षेत्रीय उपनिर्देशक मन्जित सिंह लगायतले हवाई सेवालाई सबैको पहुँचमा पुर्याउँदै यसका विद्यमान जोखिमहरूको समाधानमा ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिएका छन् । बैठकमा एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू सहित सरकारी अधिकारीहरूको सहभागिता रहेको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया