
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।
ज्येष्ठ नारिकलाई श्रीमद्भगवत गीता र पाँच हजार भन्दा बढी रामनाम पुस्तक वितरण गरिने उनले बताए । सोही अवसरमा समाजिक अभियन्तालाई विशेष सम्मान गर्ने कार्यक्रम छ । सोमबारको कार्यक्रम कोटीहोममा सोमबार पनि भक्तजनको उत्साहजनक सहभागिता रहेको आयोजकले दावी गरेको छ । प्रचारप्रसार संयोजक ढकालका अनुसार १९ दिन कोटीहोम चल्दै गर्दा करिब एक लाख ६५ हजार भक्तजन सहभागी भए । 
कोटीहोममा सोमबार बिहान ८ः०५ बजे हवन कुण्डमा हवन गरिएको छ । एक सय वटा हवन कुण्डमा तीन, तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । साथै एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राह्मणले पाठ गरे ।
शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता अझै जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गरिरहेको संयोजक प्रजापति पराजुलीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था गरिएको छ ।
धर्मगुरुहरुको ओइरो लाग्दै
कोटीहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदैछन् । जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । देवीले यसअघि १४ दिन श्रीमद्भागवत कथा सुनाएर फर्किएकी हुन् ।
कोटीहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी छ । कोटीहोममा सोमबार भएको रक्तदान कार्यक्रममा २३ युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रम हरेक दिन हुनेछ ।
राजनीतिक दलका नेताहरुको ओइरो कोटीहोममा सोमबार वागमती प्रदेश सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाई सहभागी थिए । सभामुख पाठकले कोटीहोम आजको अवाश्यकता भएको भन्दै यसको व्यवस्थापन गर्न सहज नभएको प्रतिक्रिया दिए । उनले कोटीहोम सम्पन्न भएसँगै पोखरासहित गण्डकी प्रदेशमा धार्मिक पर्यटकको ओइरो लाग्ने दावी गरे ।
उपसभामुख चापागाइँले एकै ठाउँमा विवाह, हवन, भजनलगायत सबै देख्दा आफू अचम्मित भएको भन्दै यसले धर्म र संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुग्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की सभापति यदुनाथ अधिकारी, सचिव दिपेन्द्र पोखरेल, सहसचिव टेकराज सापकोटा, कोषाध्यक्ष विना गुरुङ, केन्द्रीय नीति तथा मन्थन विभाग सदस्य माधव प्रसाद कंडेल, पोखरा ३३ सभापति दिनेश आचार्यलगायत सहभागी थिए ।
यसअघि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसहित गण्डकी प्रदेशका मन्त्री तथा सांसद कोटीहोममा पुगेका थिए । वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया