
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको कृति ‘जार’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ । फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा प्रमुख भूमिकामा छन् ।
अभिनेता मल्ललाई दुई दशक अघि नै खेल्न मन लागेको चलचित्र हो, जार । जब उनले साहित्यकार इन्द्र बहादुर राईको कथा ‘जार’ पढे, त्यही बेला नै उनलाई यसमा काम गर्ने रहर थियो ।
दुई दशक पछि आफ्नो सपना पूरा भएको सौगातले बताए । २७ वर्षअघि नाटक ‘जार’ गुरुकुलमा हेरे नाटकमा अभिनय गर्न नपाए पनि नाटक भने पढेको बताउँदै सौगातले भने, “म त्यो समयमा एउटा फिल्ममा फाइनल भइसकेको थिएँ । जसले गर्दा यो नाटकमा काम गर्न पाइनँ’, सौगात भन्छन्, ‘तर नाटक पढ्ने मौका पाएँ । कुनै कुनै कथा, उपन्यासले मान्छेलाई दुई चारदिनसम्म सुत्ने वातावरण दिँदैन । मलाई पनि त्यस्तै भयो ।”
“जब यो कथा मैले पढेँ, त्यही बेला नै म यसमा नाटक बनाउँछु भन्ने थियो । त्यसबेला सिनेमाबारे त सोच्ने भइसकेको थिइनँ,” सौगात भन्छन्, “त्यही सिनेमाका लागि दुई दशकपछि अफर आउँदा सरप्राइज भयो ।”
मुख्य मात्रै होइन जुनसुकै रोलका लागि अफर आएको भए पनि ‘जार’मा आफू खेल्न तयार रहेको उनले बताए । यद्यपि, मुख्य रोलका लागि नै अफर आएपछि झन धेरै खुसी भएको उनले बताए ।
सौगातका अनुसार चलचित्रमा उनले निर्वाह गरेको चरित्रबारे पुस्तकमा पढ्दा उनको जिउँमा काँडा नै उम्रिएको थियो । ‘मैले कागबेनीको चरित्र पछि जारलाई संगालेर राखेको थिएँ । गुरुकुलमा इन्द्रबहादुर राई आउनुहुँदा जारमा नाटक गर्ने इच्छा छ भन्नुभएको थियो । त्यो बेला चरित्रको बारेमा कुराकानी पनि भएको थियो । तर मैले अरु चलचित्र साइन गरिसकेको थिएँ । तर कुनै दिन जारकै कथामा चलचित्र बन्यो भने त्यो पात्र म निभाउँछु भन्ने प्रतिबद्धता जनाएँ’, सौगात सम्झन्छन् ।
कथा पढेपछि तीन महिनासम्म ‘जार’कै पात्रमा बसेको उनी सुनाउँछन् । “मैले जब यो कथा पढेँ । मलाई यो कथाले यसरी तान्यो म त्यसभित्रै डुबेँछु,” सौगात भन्छन्, “तीन महिनासम्म त जारबारे कसैले कुरा गरे मैले त यो खेलिसकेँ त जस्तो लाग्थ्यो । आफूलाई काम गर्न मन लागेको कथामा नाटक वा सिनेमा बनाउँ वा काम गरौँ भन्ने रहर भयो भने सोच्दा सोच्दै यो त मैले गरिसकेँ त जस्तो हुनेरहेछ ।”
कालान्तरमा त्यसैबाट अफर आउनु सुखद् सयोग र भाग्यमानी दुवै भएको सौगात बताउँछन् । आफूले सपना देखेको सिनेमामा काम पनि त्यसैगरी गरेको उनले बताए ।
इन्द्रबहादुर राईको अर्को कथामा पनि काम गर्न मन लागेको उनले बताए । “कुन भनेर चाहिँ भन्दिनँ किन भने नभएससम्म हुँदैन, त्यसैले नभन्नु भन्छन्,” उनले भने, “त्यसैले अहिले यो भनेर भन्दिनँ । तर कुनै बेला काम भयो भने भन्नेछु ।”
२७ वर्षअघि ‘जार’ पढ्दाको उत्साह अहिले फिल्ममा काम गरेर पुरा गरेकोमा सौगात खुशी छन् । ‘नाटकमा नभए पनि त्यो सपना फिल्ममा पुरा भयो । यो फिल्ममा काम गरिरहँदा इन्द्रबहादुर राईले पनि मेरो काम हेरिरहनु भएको हो कि जस्तो लाग्थ्यो’, उनी भन्छन् ।
चलचित्र ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । चलचित्रमा सौगातले अभिनेता अनुपविक्रमको श्रीमति गीताञ्जलीलाई भगाउने चरित्र निभाएका छन् । ‘त्यो काम एकदमै डरलाग्दो थियो । किनकी सन् १८ सयको दशकमा भएको त्यो घटनालाई चरित्रमा उतार्नु निकै जोखिम र चुनौती थियो । त्यो बेलाको समाज, नियम, कानून, भाषा, परिवेशमा हामी बाँधिएका थियौं । हरेक हिसाबले मैले जोखिम मोलेको थिएँ । अझ अर्काको श्रीमति नै भगाउनुपर्दाको अवस्था झन कस्तो होला ?’ सौगात प्रश्न गर्छन् ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।
चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।
चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।
चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया