
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । गायिका समीक्षा अधिकारीको प्रस्तुतीमा पोखरेली दर्शक रम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ’नवौँ पोखरा स्पोट्र्स अवार्ड २०८१’मा समावेश गरिएको साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतीमा मुख्य आकर्षणको रुपमा गायिका अधिकारीको प्रस्तुती रहने भएको हो ।
यहीं वैशाख २६ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा इभेन्ट सेन्टर बुलौदीमा आयोजना हुने कार्यक्रममा अधिकारीले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउनेछिन् । उनको प्रस्तुतीमा रम्न इच्छुक सङ्गीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर रमाउन पाउनेछन्। कार्यक्रम हेर्नको लागि प्रवेश निःशुल्क रहेको सांस्कृतिक उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेश स्तरीय अवार्ड कार्यक्रममा आकर्षणको रुपमा यसपालि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जन्मिएर नेपाली साङ्गीतिक फाँटमा स्थापित बनेकी अधिकारीलाई स्टेज उतार्न लागिएको हो । निरन्तर रुपमा आफ्नो गृहजिल्लाका दर्शकको माया पाइरहेकी अधिकारीको प्रस्तुतीले कार्यक्रममा रौनकता थप्ने मञ्चको विश्वास छ ।
समीक्षाका अलावा अन्य सांस्कृतिक प्रस्तुती समेत कार्यक्रममा हुने भएकोले अवार्ड कार्यक्रममा उपस्थित हुन सबैजनालाई मञ्चका सचिव तथा प्रचारप्रसार उपसमिति संयोजक राजु गिरीले आग्रह गरेका छन् ।
अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष एमबी आस्थाले बताए ।
मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान इलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा सहित सम्मान अर्पण गरिनेछ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गरिने अध्यक्ष आस्थाले जनाए। कार्यक्रम भव्य बनाउन तयारीमा तिव्रता दिइएको उनले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया