SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/२८ गते
    ११५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । सूर्यतारा क्लब नेकोस कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्कीको लेखनाथमा जारी दोस्रो सूर्य तारा खेल महोत्सव अन्तर्गतको बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विष्णु पादुका क्लब हेम्जालाई २-० गोल अन्तरले पराजित गर्दै आयोजक क्लब फाइनलमा पुग्न सफल भएको हो । खेलको २ मिनेटमै सिमन तामाङले गोल गर्दै सूर्यतारालाई अग्रता दिलाएका थिए । ६६ औँ मिनेटमा रोशन नेपालीले गोल गर्दै खेल २-० को अवस्थामा पुर्‍याए । त्यसपछि दुवैतर्फबाट थप गोल हुन सकेन र खेल सूर्यताराले २-० जित्दै फाइनल यात्रा तय गर्‍यो । खेलमा म्यान अफ दि म्याच सूर्य तारा क्लबका प्रसन्न श्रेष्ठ बन्न सफल बने । पहिलो सेमिफाइनल खेलको प्रमुख अतिथिमा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा रहेका थिए ।

    प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ । बिहीबार फाइनल प्रवेशको लागि गन्नी फुटबल क्लब र डिफेन्डिङ च्याम्पियन एल सी ब्रदर्श युनाइटेडबीच दिउँसो १ बजे प्रतिष्पर्धा हुने सूर्य तारा क्लबका अध्यक्ष तथा खेल महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिए ।

    फाइनल खेल चैत्र २ गते हुनेछ । फुटबल प्रतियोगितामा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ। द्वितीय हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले जनाए । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

    खेल महोत्सवमा फुटबलका अलावा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश रहेको नेपाल खेलकुद महासङ्घ कास्कीका अध्यक्ष ईश्वर अधिकारीले जानकारी दिए ।

    प्रतियोगिताको मुख्य प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सह प्रायोजकमा बन्दिपुर केबल कार प्रालि रहेका छन् । प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद नेपाल, प्रदेश खेलकुद परिषद गण्डकी र नेपाल पर्यटन बोर्ड रहेको जनपरिचालन उपसमिति संयोजक समेत रहेका महासङ्घ कास्की अध्यक्ष अधिकारीले बताए । सूर्य तारा क्लब र नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा पोखरा २९ स्थित प्रस्तावित लेखनाथ रङ्गशालामा यो खेल महोत्सव भैरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    विन्ध्येश्वरी आदर्शमा चित्रकला प्रतियोगिता

    शिशिर,पोखरा ।विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल मोहोरिया टोल, पोखरामा शुक्रबारीय कार्यक्रम अन्तरगत चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न...

    कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि साधु सन्त तथा चर्चित कलाकार आउँदै

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन...

    जिम्मेवार र मर्यादित पत्रकारिता आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट

    पोखरा।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभएको छ । नेपाल पत्रकार...

    कोटिहोममा भोलि जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य आउँदै

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि (शनिवार) भारतबाट...

    पर्वत मिलन महिला समूहद्धारा विद्यार्थीलाई सहयोग

    पर्वत ।विभिन्न कार्यक्रमहरू सहित रजत जयन्ती मनाइरहेको पर्वत मिलन महिला समूहले तीन दिने कार्यक्रमहरू अन्तर्गत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं