
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
प्रनिश गिरी,पर्वत। कुनैबेला पर्वतको कुश्माका कुमाल समुदाय आफ्नै भाषा, संस्कृति, परम्परा, मौलिक सीप र कलाकौशलबाट सुज्जित रहेकोमा समय वित्दै गर्दा गुमनाम बनेका छन् । पिछडा वर्गमा पर्ने कुमाल समुदायलाई यतिखेर आफ्नो अस्तित्व जोगाउन हम्मेहम्मे परेकोमा चिन्ता छ । पर्वतको सदरमुकाम कुश्मा नगरपालिकामा कुमालहरु कहिले र कहाँबाट आए भन्ने ठ्याक्कै एकीन नभए पनि ५ सय वर्ष पहिलेदेखि बसोबास गर्दै आएको अनुमान गर्न सकिन्छ ।
वाइसेचौविसे राजाका पालादेखि बसोबास गर्दै आएको भनिने कुमाल समुदाय कुश्माका भुपति मात्रै नभई माटाका भाँडाकुडा बनाउनमा गण्डकी क्षेत्रमै ख्याति कमाएका थिए । अल्पसंख्यक र लोपोन्मुख जातिमा पर्ने कुमाल जाति विस्थापित हुँदै गएका छन् । कुमाल समुदायका अगुवा कुमालका अनुसार कुश्मा बजार क्षेत्रमा रहेको कुमाल टोलमा २० घरधुरी छ भने नगरपालिकाभर जम्मा २६ घरधुरी छ ।
कुमाल समुदायका अगुवा ६१ वर्षे लिला बहादुर कुमालले आफ्नो पेशा र मौलिक संस्कृति गुमाउनु परेकोमा पीडा पोख्दै भन्नुभयो–हाम्रा पुर्खाहरु गाउँकै मुखिया थिए । पुर्खाको आफ्नै सीप, कला र संस्कृतिका कारण आफ्नै पहिचान थियो । अहिलेका युवापुस्ताले गुमाउदै गएको अवस्था छ । स्थानीय सरकारले पनि कुमाल समुदायका हितमा कुनै साथ र आर्थिक सहयोग दिएको छैन ।
राजनीतिक पार्टीका नेता पनि चुनावका बेला आउने र समुदायलाई सहयोग गर्छौ भन्छन् तर पछि विर्सन्छन् । अहिले कुश्मा नगरपालिका वडा ५ मा रहेको जिल्ला प्रशासन कार्यालय रहेको स्थान भन्दा केही माथि देखि तल्लो वडागाउँसम्मको पुरै भुभाग कुमाल समुदायले भोगचलन गर्दै आएको इतिहास छ । त्यति मात्रै नभई अहिलेको वडा ६ मा पर्ने फिल्म चोक क्षेत्र सहित तल्लो बजार क्षेत्रको धेरै भुभाग कुमालहरुकै स्वामित्वमा थियो । युवा पुस्ताका राजेश कुमालका अनुसार पहिले कुमालहरुले अहिलेको कुश्मा वडा ४ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस भन्दा केही माथि माझमेलाबाट चाम्रो माटो र दाउरा ल्याई भाँडाकुडा बनाउँथे ।
यहाँका कुमालहरुले बनाउने घैटा, हाडी, गलैचा, पैनी, खोतिला, आरी, भुड्का, पाला लगायत माटाका भाँडाकुडाँहरु बाग्लुङ,
म्याग्दी, मुस्ताङको मुक्तिनाथसम्म विक्री हुने गर्दथे । कुमाल समुदायका युवा पुस्ताले आफ्नो कला, सीप र संस्कृति भुल्दै गएको भनी स्थानीय युवा रामकिस्न कुमाल चिन्ता व्यक्त गनुहुन्छ । स्थानीय युवा कुमालका अनुसार कुमाल समाज पर्वतको अगुवाइमा युवाहरुका लागि एक महिने कुमाल भाषा शिक्षा को पठनपाठन गराइदा थोरै भए पनि राम्रो प्रभाव परेको थियो ।
सरदरमुकाममा बसेको समुदाय भएर पनि कुेमाल समुदायमा औपचारिक शिक्षा हासिल गर्ने शिक्षित जनशक्तिको समेतअभाव छ । यहाँका कुमाल समुदायमा दुई जनाले मात्रै अहिलेसम्म स्नातक उर्तिण गरेका छन् । राजनीतिक, सामाजिक र व्यावसायिक क्षेत्रमा समेत कुमालहरुको दरो पहुँच छैन ।कुश्माको स्थानीय सामाजिक व्यक्तित्व ८३ वर्षीय लोकनाथ आचार्यले कुमाल समुदाय लोपोन्मुख रहेको उल्लेख गर्दै भन्नुभयो–कुमाल समुदाय त्यसमा पनि मोतिलाल कुमालका पुर्खा मुखिया कुमालहरु सवैभन्दा पुराना हुन् । चन्द्रकोटे र धुवाँकोटे कुमालहरु केही पछि आएको मानिन्थे ।
भुरेटाकुरे राजाका पालामा बोटे समुदायसँगै कुमाल समुदायलाई ल्याएको भन्ने सुनिन्थ्यो । बोटेहरुले पहिले कालीगण्डकी पुल नहुँदा मानिसलाई डुंगाबाट वारपार गराउने गर्दथे भने कुमालहरुलाई माटाका भाँडाकुँडा बनाउन भनी ल्याइएको थियो । कुश्माको खानेपानीको व्यवस्था गर्न, बालमन्दिर स्थापना गर्न जग्गा दिने काम कुमालले गरेका थिए । सामाजिक योगदान पुराएका कुमालहरु कम पढेलेखेका हुदा आफ्नोअधिकारबाट वञ्चित हुन पुगेका छन् स्थानीय सामाजिक व्यक्तित्व आचार्यले ऐतिहासिक खोजले पुसष्टि नगरेको भए पनि कुमालहरु रहेको गाउँ भएको हुँदा कुश्मा नाम रहन गएको हो भन्ने तर्क जायज लाग्ने गरेको बताउनुभयो ।
स्थानीय निकायसँग कुमाल जातिको आर्थिक अवस्था,जनसंख्या लगायतको एकीन खोजी र तथ्यांक समेत छैन । कुमाल समुदायकाअधिकांश मानिसहरु रोजीरोटीका लागि ज्यालमजदुरी, खेतीपाती गर्दछन् भनेकेही युवाहरु विदेश छन् । खेतीपातीका लागि प्रशस्तै जमिन समेत छैन । कुमाल समुदायले आफ्नो समुदायको हित प्रयोजनका लागि कुमाल टोलमा सामुदायिक भवन निर्माण गरेका छन् ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया