
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
प्रनिश गिरी,पर्वत। कुनैबेला पर्वतको कुश्माका कुमाल समुदाय आफ्नै भाषा, संस्कृति, परम्परा, मौलिक सीप र कलाकौशलबाट सुज्जित रहेकोमा समय वित्दै गर्दा गुमनाम बनेका छन् । पिछडा वर्गमा पर्ने कुमाल समुदायलाई यतिखेर आफ्नो अस्तित्व जोगाउन हम्मेहम्मे परेकोमा चिन्ता छ । पर्वतको सदरमुकाम कुश्मा नगरपालिकामा कुमालहरु कहिले र कहाँबाट आए भन्ने ठ्याक्कै एकीन नभए पनि ५ सय वर्ष पहिलेदेखि बसोबास गर्दै आएको अनुमान गर्न सकिन्छ ।
वाइसेचौविसे राजाका पालादेखि बसोबास गर्दै आएको भनिने कुमाल समुदाय कुश्माका भुपति मात्रै नभई माटाका भाँडाकुडा बनाउनमा गण्डकी क्षेत्रमै ख्याति कमाएका थिए । अल्पसंख्यक र लोपोन्मुख जातिमा पर्ने कुमाल जाति विस्थापित हुँदै गएका छन् । कुमाल समुदायका अगुवा कुमालका अनुसार कुश्मा बजार क्षेत्रमा रहेको कुमाल टोलमा २० घरधुरी छ भने नगरपालिकाभर जम्मा २६ घरधुरी छ ।
कुमाल समुदायका अगुवा ६१ वर्षे लिला बहादुर कुमालले आफ्नो पेशा र मौलिक संस्कृति गुमाउनु परेकोमा पीडा पोख्दै भन्नुभयो–हाम्रा पुर्खाहरु गाउँकै मुखिया थिए । पुर्खाको आफ्नै सीप, कला र संस्कृतिका कारण आफ्नै पहिचान थियो । अहिलेका युवापुस्ताले गुमाउदै गएको अवस्था छ । स्थानीय सरकारले पनि कुमाल समुदायका हितमा कुनै साथ र आर्थिक सहयोग दिएको छैन ।
राजनीतिक पार्टीका नेता पनि चुनावका बेला आउने र समुदायलाई सहयोग गर्छौ भन्छन् तर पछि विर्सन्छन् । अहिले कुश्मा नगरपालिका वडा ५ मा रहेको जिल्ला प्रशासन कार्यालय रहेको स्थान भन्दा केही माथि देखि तल्लो वडागाउँसम्मको पुरै भुभाग कुमाल समुदायले भोगचलन गर्दै आएको इतिहास छ । त्यति मात्रै नभई अहिलेको वडा ६ मा पर्ने फिल्म चोक क्षेत्र सहित तल्लो बजार क्षेत्रको धेरै भुभाग कुमालहरुकै स्वामित्वमा थियो । युवा पुस्ताका राजेश कुमालका अनुसार पहिले कुमालहरुले अहिलेको कुश्मा वडा ४ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस भन्दा केही माथि माझमेलाबाट चाम्रो माटो र दाउरा ल्याई भाँडाकुडा बनाउँथे ।
यहाँका कुमालहरुले बनाउने घैटा, हाडी, गलैचा, पैनी, खोतिला, आरी, भुड्का, पाला लगायत माटाका भाँडाकुडाँहरु बाग्लुङ,
म्याग्दी, मुस्ताङको मुक्तिनाथसम्म विक्री हुने गर्दथे । कुमाल समुदायका युवा पुस्ताले आफ्नो कला, सीप र संस्कृति भुल्दै गएको भनी स्थानीय युवा रामकिस्न कुमाल चिन्ता व्यक्त गनुहुन्छ । स्थानीय युवा कुमालका अनुसार कुमाल समाज पर्वतको अगुवाइमा युवाहरुका लागि एक महिने कुमाल भाषा शिक्षा को पठनपाठन गराइदा थोरै भए पनि राम्रो प्रभाव परेको थियो ।
सरदरमुकाममा बसेको समुदाय भएर पनि कुेमाल समुदायमा औपचारिक शिक्षा हासिल गर्ने शिक्षित जनशक्तिको समेतअभाव छ । यहाँका कुमाल समुदायमा दुई जनाले मात्रै अहिलेसम्म स्नातक उर्तिण गरेका छन् । राजनीतिक, सामाजिक र व्यावसायिक क्षेत्रमा समेत कुमालहरुको दरो पहुँच छैन ।कुश्माको स्थानीय सामाजिक व्यक्तित्व ८३ वर्षीय लोकनाथ आचार्यले कुमाल समुदाय लोपोन्मुख रहेको उल्लेख गर्दै भन्नुभयो–कुमाल समुदाय त्यसमा पनि मोतिलाल कुमालका पुर्खा मुखिया कुमालहरु सवैभन्दा पुराना हुन् । चन्द्रकोटे र धुवाँकोटे कुमालहरु केही पछि आएको मानिन्थे ।
भुरेटाकुरे राजाका पालामा बोटे समुदायसँगै कुमाल समुदायलाई ल्याएको भन्ने सुनिन्थ्यो । बोटेहरुले पहिले कालीगण्डकी पुल नहुँदा मानिसलाई डुंगाबाट वारपार गराउने गर्दथे भने कुमालहरुलाई माटाका भाँडाकुँडा बनाउन भनी ल्याइएको थियो । कुश्माको खानेपानीको व्यवस्था गर्न, बालमन्दिर स्थापना गर्न जग्गा दिने काम कुमालले गरेका थिए । सामाजिक योगदान पुराएका कुमालहरु कम पढेलेखेका हुदा आफ्नोअधिकारबाट वञ्चित हुन पुगेका छन् स्थानीय सामाजिक व्यक्तित्व आचार्यले ऐतिहासिक खोजले पुसष्टि नगरेको भए पनि कुमालहरु रहेको गाउँ भएको हुँदा कुश्मा नाम रहन गएको हो भन्ने तर्क जायज लाग्ने गरेको बताउनुभयो ।
स्थानीय निकायसँग कुमाल जातिको आर्थिक अवस्था,जनसंख्या लगायतको एकीन खोजी र तथ्यांक समेत छैन । कुमाल समुदायकाअधिकांश मानिसहरु रोजीरोटीका लागि ज्यालमजदुरी, खेतीपाती गर्दछन् भनेकेही युवाहरु विदेश छन् । खेतीपातीका लागि प्रशस्तै जमिन समेत छैन । कुमाल समुदायले आफ्नो समुदायको हित प्रयोजनका लागि कुमाल टोलमा सामुदायिक भवन निर्माण गरेका छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया