
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पाेखरा। कठ्याङग्रिदो चिसोको पनि कुनै प्रवाह नगरी सरसफाईमा निस्कन्छन् मानध्वज गुरुङ। उमेरले ७७वर्ष काट्नु भएका उहाँ सानो झोला, पानीको बोतल, थोरै फलफूल र विस्कुट अनि हातमा कुचो र कोदालो यो उहाँको दिनचर्या नै बनेको छ।
पाेखरा महानगर पालिका वडा नं १९ लामाचाैर, भक्तिपथ निवासी गुरुङले विगत २ महिनादेखि अमलाबिसाैनी अम्बरेश्वर सडक अन्तर्गतकाे घार्मी जाने बाटाे एक्लैले सफा गरिरहनु भएकाे छ।गत असाेज महिनामा एक दिन हिडँदै राम्चेसम्म जाने क्रममा बाटाेभरि झाङ झाडी भरिएकाे देखेपछि मनैदेखि याे बाटाे सफा गर्नु पर्छ भन्ने लागेर असाेजकाे अन्तिम हप्तादेखि दैनिकरुपमा सफा गर्न थाल्नु भयाे । उहाँ भन्नुहुन्छ, मलाई कसैले भनेकाे पनि हैन ” मेराे मनैदेखि लागेर याे काम गरिरहेकाे छु “।
पानी ट्याङ्कीबाट शुरु गरेकाे सफाई कार्य कार्तिककाे आधा आधीसम्म बिचकाे चाैतारा माथि आइपुगेपछि दिउँसाेकाे घाममा काम गर्न अलि गाह्राे भएकाेले माथि राम्चेबाट शुरु गरेर अहिले सफा गर्दै तल झरेकाे बताउनु हुन्छ उहाँ । बाटाेकाे दुवै किनारा सफा गरिरहनु भएकाे उहाँले कान्लाको भागमा बाटाेभन्दा माथि ५-६ फिटसम्मकाे सबै झाङ झाडि मसिनाे गरेर फाड्नु भएकाे छ र नालामा थुप्रिएकाे माटाे पनि सबै पन्छाउदै नाला समेत खाेल्नु भएकाे छ।
दैनिकजसाे झाेलामा चिया, पानी, खाजा बाेकेर आउने उहाँ, घर परिवार पनि आफूले गरेकाे काम प्रति खुशी भएकाे बताउनुहुन्छ ।
कामले थाकेकाे बेला थचक्क कल्भर्टमा बसेर पसिना पुच्छै उहाँ भन्नुहुन्छ- खै दुई महिना भैसक्याे कटिबद्ध खटिएकाे छु, निरन्तर लाग्ने हाे भने नसकिने केही छैन , अब त दुई हप्ता जति सफा गरे भने फेदीदेखि डाँडासम्मकाे याे भाग सबै सफा गरेर सक्छु । मेराे लक्ष्य पनि यही थियाे कि, फेदिबाट घार्मी डाँडासम्म सबै सफा गरुँ,अब त सक्ने भएँ भन्दै मन खुशी भएकाे छ । मन्द हाँस्दै भन्नुहुन्छ “
कास्कीको च्याङ्गलुङमा जन्मे, इन्डियन आर्मीमा भर्ती भएर लाहुरे बने, लामाचाैरमा बसाइ सरे, छाेरा छाेरी काेही यु के का लाहुरे छन्, काेही यतै छन् सबै बन्दाेबस्त छ, पेन्सनले बसी बसी खान पुग्छ , तर पनि मलाई खाली हात बस्न मन लाग्दैन, केही न केही काम गर्नै मन पर्छ । याे काम साह्रै बितेकाे काम थियाे, बाटाे हिड्नै पनि अफ्ठेराे झाङ,झाडीले ढाकेकाे देखेपछि मनमा कुरा खेललिरह्याे, सफा गर्ने मन भयाे ,त्यसैले दैनिक आउछु ४-५ घण्टा सफा गरेर फर्किन्छु भन्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ- दैनिक सयाैं मान्छे ओहोर दोहोर गर्ने, पाेखरा बजारबाट यति नजिककाे यति सुन्दर , स्वच्छ र शान्त ठाउँकाे बाटाे यसरी झाङ झाडी भरिनु राम्राे हाेइन बाबु । खै यसमा नगरपालिकाले गर्ने हाे कि ? स्थानीय जनताले गर्ने हाे कि ? बाटाे हिडने बटुवाहरुले गर्ने हाे अथवा तपाई हामीले आफैले गर्ने हाे ? कसले गर्ने हाे म त्यतातिर गइन, जसले गरेपनि बाटाेघाटाे सफा हुनु पर्छ । ” उहाँ भन्नुहुन्छ- “हामी मान्छे भनेकाे सामाजिक प्राणी हाै, हामीले हाम्राे घर,छर छिमेक ,बाटाे घाटाे संधै सफा राख्नु पर्छ । हाम्राे वातावरण सफा भयाे भने हाम्राे तन, मन,वचन र कर्म पनि सफा हुन्छ ।
केही महिना अघि यु के गएर यु के काे बसाई पछि नेपाल फर्कनु भएकाे उहाँले आफ्नाे यु के बसाईकाे अनुभव बताउदै भन्नुहुन्छ ” बाबु अन्यत्र देश दुनिया भन्दा कम छैन हाम्राे देश, झन् हाम्राे देश त स्वर्गकै टुक्रा जस्ताे छ , तर देश सुन्दर भएर के गर्ने हाम्राे मन र विचार सुन्दर हुन सकेन अन्त देशका मान्छे हातमा हात गरेर काम गर्छन् , हामी बातमा बात थपेर समय फाल्छाै , अनि के बन्छ देश भन्दै उहाँले सबैलाई कुरा भन्दा पनि काम गर्न प्रति जाेड दिनुहुन्छ ।
दैनिक हसियाँ, काेदालाे , सानाे गल र कुचाे सहित लिएर काम गर्ने उहाँ बाटाे सफा गर्ने क्रममा कतै झाङ् झाडिले काेतरेकाे छ कतै हातका ठाउँ ठाउँमा ठाेसा भिजेकाे,कतै नाला सफा गर्दा नालाभरि फुटेका शिशा बाेतलका टुक्राले काटेका घाउ खतहरु हातभरि देखिन्छन् र पनि यी साना तिना घाउचाेटकाे प्रवाह नगरी एकनासले खटिनुु भएकाे छ उहाँ ।
उहाँकाे दैनिकी र बाटाे सफा गर्न निकालेकाे समय र रुचिकाे सन्दर्भमा परिवाससंग कुरा गर्दा उहाँका कान्छा छाेरा पूर्ण बहादुर गुरुङ बताउनुहुन्छ ” बाबा भू पू सैनिक भएर पनि हाेला एकदमै अनुशासित हुनुहुन्छ , उहाँ समयमा खाने, समयमा काम गर्ने , र समयमै बस्ने सब काम आफ्नाे समय तालिका अनुसार नै गर्नुहुन्छ । बाटाे सफा गर्ने काममा पनि पहिलाे दिन मर्निङ वाक गर्दै, खै कहाँसम्म पुग्नु भयाे कुन्नि फर्केर घर आएपछि सबै झाडीले बाटाे ढाकेकाे कुरा गर्दै , “अब त्याे बाटाे म सफा गर्छु ,मेराे मनले सफा गर भन्याे/ भन्दै त्यसैकाे एकदुई दिन पछि झाेलामा हँसिया काेदालाे र खाजा पानी लिएर हिडन थाल्नु भयाे , त्यस दिन देखि २ महिना भैसक्याे प्राय सँधै नै जानु हुन्छ । बिहान खान पछि केही बेर घरकाे काम यताउति गर्नुहुन्छ त्यसपछि झाेला भिरेर निस्कनु हुन्छ, ७७ वर्षकाे बृद्ध मान्छे कता केही हुन्छ कि भन्ने चिन्ता लाग्छ, घर नआइन्जेल चिन्ता हुन्छ तर दिउँसाे घाम ढल्नेबेलासम्म घर आइपुग्नु हुन्छ ।
हामी देख्छाै उहाँकाे शिथिलता र थकाईकाे महसुस हुन्छ हामीलाई तर बाबाले हाम्रा अगाडि कहिल्यै थाकेकाे कुरा गर्नुहुन्न संधै हसिलै भएर घर आउनुहुन्छ र आउने बित्तिकै आज त यति गरे यति झाडी फाले भन्दै नुवाइ धुवाई तर्फ लाग्नुहुन्छ, दुई मैना भैसक्याे कति गर्नु भयाे कुन्नि अबत सकिनै लाग्याे भन्दैहुनुहुन्छ । त्यस्तै उहाँका अन्य आफन्तहरु पनि मानध्वजकाे बा काे स्वभाव र लगातार दुई मैनादेखि एक्लै बाटाे सफा गरिरहेकाे निस्वार्थ भावकाे खुलेर प्रशंसा गर्छन् ।
अरुलाई गर भन्नु भन्दा पनि पहिला आफुले गरेर देखाउन पर्छ , अरु भन्दा पहिला आफै अघि सर्नु पर्छ बाबु हामी सबै आ आफ्नाे ठाउँबाट अघि सरेउ र काम गरेउ भने हाम्राे समाज बन्न बेर लाग्दैन भन्ने उहाँले यति लामाे बाटाे एक्लैले सफा गरेर सक्न थाल्नु भएकाे छ । एकातिर निस्वार्थ भावले निरन्तर एक्लै खटिनु भएकाे बुवाबाट हामी सबैले केही सिक्नु र बुझ्न पर्ने देखिन्छ भने अर्काे तिर ७७ वर्षकाे याे उमेरमा पनि यसरी अथक रहेर हामी सबैलाई कर्म र कर्तव्य प्रतिकाे चेतनाप्रद सन्देश दिनुभएकाे छ । सामाजिक कार्यका नाममा सञ्जाल पोष्ट्याउने र प्रचारमा समय खर्चनेका लागि अभियन्ता गुरुङको यो कार्य आफैंमा उदाहरणिय छ।राज्यले डलरी अभियन्ता मात्र देख्ने गरेको अवस्थामा गुरुङ जस्ता स्वत स्फुर्त सामाजिक जागरणमा निस्कनेलाई के गर्ला त्यो हेर्न भने बाँकी नै छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया