
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
“क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा गाउँ घुम्ने र स्याउ बारीमा रम्ने चाहना जगाएको थियो। गत असोजको १८ गते त्यो चाहना पुरा गर्ने अवसर हामीलाई जुट्यो।
https://youtu.be/GIWL8V2f_io?si=A6eXsmQ7OcSc6pxl
हाम्रो बास स्थान थियो “होटल मार्फा होम्समा मार्फा गाउँको पश्चिमी गेटबाट गाउँ प्रवेश गरियो। बाटो भरि टम्म मिलाएर छपनि बिछ्याइएको थियो। साइडमा भूमिगत नाला थियो। पाखामा मार्फा गाउँ अङ्कित लेखाइ र भित्तामा टाँसिने गरी बनाइएको गुम्बा थियो (सायद) । बाटोको दायाँ बायाँ पुराना घरलाई चिटिक्क सजाएर बनाइएका पसल र होटलहरू थिए। अत्यन्त सफा बाटो, युवाहरू देखिएनन, प्रौढहरू छेउ छाउमा बसेर आ-आफ्ना काम गर्दै थिए। ” नमस्ते” भन्दै म अगाडि बढें। बिच बाटो (लम्बाइ को) को दक्षिणतिर अग्लो गुम्बा रहेछ, मार्फाली थकालीहरूको आस्थाको केन्द्र। भित्र पसेर दर्शन गर्न मिल्छ भन्ने मेरो जिज्ञासामा, “किन नमिल्नु मिल्छ , जानोस् न “भन्ने जवाफ पाएं।
https://youtu.be/GIWL8V2f_io?si=n3Tybr46LjIB2-ED
लगभग ५० ओटा जति खुड्किला उक्लेर म माथि पुगें।वरिपरीको दृश्यावलोकन गरें। बाटोमा हिंडदै गरेका चार जना छात्राहरूलाई गुम्बाको दर्शन गर्न बोलाएं। यहाँका गुम्बाहरु भित्र चिटिक्क सजिएका ठूला ठूला सभा कक्षहरु हुंदा रहेछन। बिभिन्न मुद्राका बुद्ध प्रतिमा हरुको दर्शन गरी माने घुमाउदै म तल झरें। अलि तल सफा बाटोमा ‘जेरी गल्ली ‘ लेखिएको थियो। बाटो भरी तिब्बतेन पहिरनमा सजिएका षोडसीहरू टिकटक बनाउन ब्यस्त थिए।
https://youtu.be/GIWL8V2f_io?si=n3Tybr46LjIB2-ED
दृश्याङ्कनमा बाधा पर्छकी भनेर “म त आएं “भन्दै अगाडि बढें “मुसुक्क मुस्काए”उनिहरू।अलि तल हाम्रै ६ जना नानीहरू त्यही तिब्बतेन पहिरनमा सजिएर टिकटक बनाउदै रहेछन।”अझै यहिं छौ तिमीहरू ” भन्ने मेरो प्रश्नमा ” अं ,सर अब आइ हाल्छौँ ” प्रत्युत्तर दिए। “ल सर हामीसंग बसेर फोटो खिच्नुपर्छ ” उनीहरूले आग्रह गरे, ,मैले फोटो सेसनमा भाग लिएर अगाडि बढें।बाटैमा भेटिए हाम्रा भ्लगर बिद्यार्थी आशिष मगर। उनि भिडियो बनाउन ब्यस्त देखिन्थे। सर ,यो बीचबाट जाऔ ,छोटो छ ,म उनको पछि लागें। राता र हरिया लमतन्न झुण्डिएका स्याउका दानाहरूले हाम्रो स्वागत गरिरहेका थिए। बाटैमा भेटिए ,एक स्थानीय बुज्रुक। मैले पहिल्यै भनें ,”गाउँ सफा राखेकोमा, तपाईहरुलाई धेरै धेरै धन्यवाद, अनि बधाई “। उनको मुखाकृति उज्यालियो। ” अझ बेलुका हेर्नुहोला है ,हाम्रो गाउँ बिभिन्न रङमा झलझल बल्छ।” उनले भने।
https://youtu.be/GIWL8V2f_io?si=n3Tybr46LjIB2-ED
मेरो आई एस्सी पढदाको साथी शक्ति हिराचन को घर सोधें, काठमाडौंमा बस्छन भनेर जवाफ दिए। तपाई मार्फाली थकालीहरु चार जन हुनुहुन्छ ” हिराचन, लालचन, पन्नाचन र ज्वारचन “।मेरो भनाइ प्रति, प्रतिक्रिया जनाउनु भयो “तपाईँलाई हाम्रो बारेमापनि थाहा रहेछ । अनि स्याउ बारीमा टिकटक बनाउनेले सताएर जाली हाल्नुपरेको पिडा पनि पोख्नु भयो। एकछिनको भलाकुसारी पश्चात अभिवादन गर्दै आशिष र म फर्क्यौँ। राति ८ बजे होटलको झ्यालबाट पारी मार्फा गाउँ चियाएं, रङ्गिन बत्तीमा झल्झल झल्किएको थियो।
https://youtu.be/GIWL8V2f_io?si=n3Tybr46LjIB2-ED
मार्फा गाउँमा केही घर परियार समुदायको रहेछ, परिश्रमी प्रवृत्तिका उनीहरूलाई सोधें ” जातीय सद्भाव कस्तो छ?” राम्रो छ ,हामी उत्तिकै आस्थाका साथ गुम्बामा प्रवेश गर्छौं र बिभेद गरिन्न “। कस्तो राम्रो समाज,तारिफ गर्न मन लाग्यो। मार्फामा स्थानिय टोल बिकास संस्थाले हरेक दिन सर सफाइको अनुगमन गर्दो रहेछ र फोहर गरेको पाइएमा पहिलो पटक रु दस हजार जरिवाना गरिंदो रहेछ, धन्यवाद मार्फा गाँउ।
(लेखक बानियाँ पोखरेली संस्कृतीकर्मी हुनुहुन्छ)


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया