SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/२२ गते
    १६० &#२३४६;&#२३३५;&#२३२५;

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा गाउँ घुम्ने र स्याउ बारीमा रम्ने चाहना जगाएको थियो। गत असोजको १८ गते त्यो चाहना पुरा गर्ने अवसर हामीलाई जुट्यो।

    https://youtu.be/GIWL8V2f_io?si=A6eXsmQ7OcSc6pxl

    हाम्रो बास स्थान थियो “होटल मार्फा होम्समा मार्फा गाउँको पश्चिमी गेटबाट गाउँ प्रवेश गरियो। बाटो भरि टम्म मिलाएर छपनि बिछ्याइएको थियो। साइडमा भूमिगत नाला थियो। पाखामा मार्फा गाउँ अङ्कित लेखाइ र भित्तामा टाँसिने गरी बनाइएको गुम्बा थियो (सायद) । बाटोको दायाँ बायाँ पुराना घरलाई चिटिक्क सजाएर बनाइएका पसल र होटलहरू थिए। अत्यन्त सफा बाटो, युवाहरू देखिएनन, प्रौढहरू छेउ छाउमा बसेर आ-आफ्ना काम गर्दै थिए। ” नमस्ते” भन्दै म अगाडि बढें। बिच बाटो (लम्बाइ को) को दक्षिणतिर अग्लो गुम्बा रहेछ, मार्फाली थकालीहरूको आस्थाको केन्द्र। भित्र पसेर दर्शन गर्न मिल्छ भन्ने मेरो जिज्ञासामा, “किन नमिल्नु मिल्छ , जानोस् न “भन्ने जवाफ पाएं।

    https://youtu.be/GIWL8V2f_io?si=n3Tybr46LjIB2-ED

    लगभग ५० ओटा जति खुड्किला उक्लेर म माथि पुगें।वरिपरीको दृश्यावलोकन गरें। बाटोमा हिंडदै गरेका चार जना छात्राहरूलाई गुम्बाको दर्शन गर्न बोलाएं। यहाँका गुम्बाहरु भित्र चिटिक्क सजिएका ठूला ठूला सभा कक्षहरु हुंदा रहेछन। बिभिन्न मुद्राका बुद्ध प्रतिमा हरुको दर्शन गरी माने घुमाउदै म तल झरें। अलि तल सफा बाटोमा ‘जेरी गल्ली ‘ लेखिएको थियो। बाटो भरी तिब्बतेन पहिरनमा सजिएका षोडसीहरू टिकटक बनाउन ब्यस्त थिए।

    https://youtu.be/GIWL8V2f_io?si=n3Tybr46LjIB2-ED

    दृश्याङ्कनमा बाधा पर्छकी भनेर “म त आएं “भन्दै अगाडि बढें “मुसुक्क मुस्काए”उनिहरू।अलि तल हाम्रै ६ जना नानीहरू त्यही तिब्बतेन पहिरनमा सजिएर टिकटक बनाउदै रहेछन।”अझै यहिं छौ तिमीहरू ” भन्ने मेरो प्रश्नमा ” अं ,सर अब आइ हाल्छौँ ” प्रत्युत्तर दिए। “ल सर हामीसंग बसेर फोटो खिच्नुपर्छ ” उनीहरूले आग्रह गरे, ,मैले फोटो सेसनमा भाग लिएर अगाडि बढें।बाटैमा भेटिए हाम्रा भ्लगर बिद्यार्थी आशिष मगर। उनि भिडियो बनाउन ब्यस्त देखिन्थे। सर ,यो बीचबाट जाऔ ,छोटो छ ,म उनको पछि लागें। राता र हरिया लमतन्न झुण्डिएका स्याउका दानाहरूले हाम्रो स्वागत गरिरहेका थिए। बाटैमा भेटिए ,एक स्थानीय बुज्रुक। मैले पहिल्यै भनें ,”गाउँ सफा राखेकोमा, तपाईहरुलाई धेरै धेरै धन्यवाद, अनि बधाई “। उनको मुखाकृति उज्यालियो। ” अझ बेलुका हेर्नुहोला है ,हाम्रो गाउँ बिभिन्न रङमा झलझल बल्छ।” उनले भने।

    https://youtu.be/GIWL8V2f_io?si=n3Tybr46LjIB2-ED

    मेरो आई एस्सी पढदाको साथी शक्ति हिराचन को घर सोधें, काठमाडौंमा बस्छन भनेर जवाफ दिए। तपाई मार्फाली थकालीहरु चार जन हुनुहुन्छ ” हिराचन, लालचन, पन्नाचन र ज्वारचन “।मेरो भनाइ प्रति, प्रतिक्रिया जनाउनु भयो “तपाईँलाई हाम्रो बारेमापनि थाहा रहेछ । अनि स्याउ बारीमा टिकटक बनाउनेले सताएर जाली हाल्नुपरेको पिडा पनि पोख्नु भयो। एकछिनको भलाकुसारी पश्चात अभिवादन गर्दै आशिष र म फर्क्यौँ। राति ८ बजे होटलको झ्यालबाट पारी मार्फा गाउँ चियाएं, रङ्गिन बत्तीमा झल्झल झल्किएको थियो।

    https://youtu.be/GIWL8V2f_io?si=n3Tybr46LjIB2-ED

    मार्फा गाउँमा केही घर परियार समुदायको रहेछ, परिश्रमी प्रवृत्तिका उनीहरूलाई सोधें ” जातीय सद्भाव कस्तो छ?” राम्रो छ ,हामी उत्तिकै आस्थाका साथ गुम्बामा प्रवेश गर्छौं र बिभेद गरिन्न “। कस्तो राम्रो समाज,तारिफ गर्न मन लाग्यो। मार्फामा स्थानिय टोल बिकास संस्थाले हरेक दिन सर सफाइको अनुगमन गर्दो रहेछ र फोहर गरेको पाइएमा पहिलो पटक रु दस हजार जरिवाना गरिंदो रहेछ, धन्यवाद मार्फा गाँउ।
    (लेखक बानियाँ पोखरेली संस्कृतीकर्मी हुनुहुन्छ)

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी कोटीहोम : भोलि बिहीबार हास्यकलाकार,महिला रेस्लरदेखि राष्ट्रकै चर्चित लोकगायक गायिकासम्मको प्रस्तुति

    कास्की, मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटीहोममा भोलि बिहीबारका लागि विशेष आकर्षणको रूपमा हास्यकलाकार जोगिन्दर...

    गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध

    वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सामूहिक व्रतबन्ध गरिएको...

    पर्वतमा आगामी जेठ ५ र ६ गते जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै

    पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आगामी जेठ ५ र ६ गते...

    वर्ष उत्कृष्ट पुरुष खेलाडीमा प्रदिप, सुमित र विश्वासबिच प्रतिष्पर्धा, कसले पाउँला अवार्डसँगै स्कुटर ?

    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौंै संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’...

    दोलालघाटदेखि पचुवारघाटसम्म नेपालमै पहिलोपटक रिभर ट्यूबिङ्ग

    काठ्माडौ । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं