SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२५ गते
    ६८४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत । प्रदेश खेलकुद परिषद् गण्डकीले २०८० श्रावण महिनामा रेफ्री/एम्पायर/ प्रशिक्षक प्राविधिकहरुले सुचिकृत गर्नेबारे सूचना प्रकाशित गरी जिल्ला जिल्लाबाट रेफ्री/एम्पायर/ प्रशिक्षक प्राविधिकहरुले जनही रु.१०००।– (अक्षरुपी एक हजार रुपैया) तिरी र आवश्यक कागजपत्र संलग्न राखी समायावधीमानै सूचीकृत गरेका थियो । पहिला सूचीकृत सम्बन्धी सूचनामा कुनै शुल्क तोकिएको पनी थिएन तर सदस्य सचिबको सय दिनको कार्यासूचीमा सो रकम उठाउने भनी जानकारी दिईएको थियो ।

    सूचीकृत भएका ब्यक्ती वा सो संग सम्बन्धीत संघलाई सूचना वा पत्राचार नगरी बिभिन्न प्रदेश स्तरीय सेमिनार, प्रतियोगिताहरुमा राष्ट्रिय तेक्वान्दो संघ लगायत धेरै संघबाट सूचिकृत भएका व्यक्तीहरुलाई वेवास्ता गरी कमिसनको भरमा सूचिकृत नभएका प्राविधीक/ रेफ्री/एम्पायर/ प्रशिक्षक हरुलाई लिएर कार्य गर्दै आएको हूँदा यस्तो गतिबिधीले खेल खेलाडीहरु राम्रो उत्पादन गर्न भन्दापनी गण्डकी खेलकुद परिषद्का सदस्य सचिब लगायत कर्मचारीहरु कमाउ धन्दामा अगाडी बढेको प्रष्ट बुझिन्छ ।

    २०८० श्रावण महिनामा गण्डकी प्रदेशमा सूचिकृत गरे पश्चात तेक्वान्दोको जिल्ला तथा प्रदेश स्तरीय सेमिनार र प्रतियोगिताहरु भए तर राष्ट्रिय तेक्वान्दो संघको खबर सम्म हुँदैन र जानकारी पाएर गए पनी हामीलाई बिभिन्न वाहानामा उक्त कार्यक्रममा सहभागी हुनबाट बन्चित बनाई रहेको छ । उहाँहरु नेपाल तेक्वान्दो संघ संग मिलेर क्रियाकलाप गरिराख्नु भएको छ । एउटा संघलाई च्यापी काखा र पाखा गरि राख्नु भएको छ । एकलौटी भयो भने कसैको प्रगती हुँदैन तर प्रतिस्पर्दा भए धेरै उत्कृष्ट खेलाडीहरु उत्पादन गर्न सकिने थियो तर प्रदेश खेलकुद परिषद् गण्डकीले आफैले बनाएको नियम आफै उल्लङ्घन गरिरहेको छ ।

    प्रदेश खेलकुद परिषद्ले मिति २०८०/११/२१ गते चलानी नं. २९४ को पत्रमा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी छनौटमा प्राबिधिक तथा रेफ्रीहरुलाई सहभागी गराएको छैन तर नेपाल तेक्वान्दो संघको ब्यक्तीलाई सम्पर्क ब्यक्ती छनौट गरी पत्राचार गरिएको छ । यस्तै बहिस्कार गर्ने हो भने यो संघलाई प्रदेश खेलकुद परिषद् गण्डकीबाट बहिस्कार गरिएको छ भनी सूचना प्रकाशन गरे हामी सोही अनुसार कदम चाल्ने थियौ । खेलकुदमा हामीलाई अन्यौल बनाई राख्ने काम भएको छ ।

    कारण के हो बुझ्न सकिएको छैन । राष्ट्रपती खेलकुद प्रतियोगितामा पनी जिल्ला देखी प्रदेश सम्म हामीलाई कुनै कृयाकलापमा पनी जिम्मा दिईएन तर सूचीकृत गर्दा हाम्रो पैसा चल्ने नवलपुरमा गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा हाम्रो म्याट लगायत खेलकुद सामाग्री चल्ने तर हाम्रो रेफ्री/एम्पायर/ प्रशिक्षक प्राविधिक नचलाउने गरेको जानकारी राष्ट्रिय तेक्वान्दो संघ-नेपालका अध्यक्ष खडकबहादुर गुरुङले जानकारी गराउनु भयो । सूचीकृत गरेको हरुलाई इन्सुरेन्स गरिदिने कुरा त सुनेकोछु तर खेलमा सहभागी नगराएपछि इन्सुरेन्स गरेको  मतलब नहुने । इन्सुरेस सामूहिक गर्दा एक जनाको एक दुई सयमा हुन्छ र? सूचीकृतमा केही पनी उदेश्य छैन र शुल्क लिने जानकारी पनी छैन भन्ने कुरा गुरुङले हाम्रो सूचना केन्द्र डटकम लाई बताउनु भयो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं