
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकारको औचित्य सकिएको बताएका छन् ।वर्तमान सरकारको जतिसक्दो चाँडो बहिर्गमन आवश्यक रहेको उनको भनाइ छ । आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार ढाल्न आफूहरुले विभिन्न राजनीतिक दलहरुबीच खुल्ला बहस सुरु गरिसकेको बताए । उनले वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुले नै एमालेलाई समर्थन गर्ने बताए ।
‘यो सरकारको जतिसक्दो छिटो बहिर्गमन देशका लागि अनिवार्य छ । अहिले अंकगणितको हिसाबले हामीले सरकार निर्माण गर्नसक्ने अवस्था छैन । देश बवार्द भइरहेको छ, यस्तो स्थिति हामीले हेरेर बस्नसक्ने अवस्था पनि छैन । हामी संसद्भित्र सुशासनको सवाल, समृद्धिका मुद्दाहरु र राष्ट्रिय स्वाधिनताका विषयहरुमा आम नेपाली जनताका जनसरोकारका मुद्दाहरुलाई पनि संसद्मा सघन ढंगले ठूलो आवाजको साथ हामी उठाउँछौं । साथसाथै यो सरकारबाट देशको निकास छैन ।’ उनले भने, ‘यो देशलाई आजको परिस्थितिबाट माथि लानसक्ने अवस्था रहेन । जिम्मेवार राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर यो सरकारको विकल्प दिनुपर्छ, नयाँ सरकार दिनुपर्छ भन्ने विषयमा हामी खुल्ला वहस सुरु गर्छौं । यदि अब पनि यो देशमा अर्को सरकार दिन सकिएन भने देश थप वर्बादीतिर जाने अवस्था छ भनेर अन्य पार्टीहरुले पनि भनिरहेको अवस्था छ ।’
वर्तमान सरकारसँग सत्तारुढ गठबन्धनमा रहेका दलहरु पनि असन्तुष्ट रहेको आफूहरुले पाएको बताउँदै उनले उनीहरु पनि एमालेले बनाउने नयाँ गठबन्धनमा आउने संकेत गरे । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मात्रै अर्को सरकार दिन नसकिने भएकाले आफूहरुले खुल्ला बहस सुरु गरेको उनले बताए । अब माओवादी–कांग्रेसबीचको गठबन्धनमा विचलन ल्याउने काममा आफूहरु लाग्ने उनको भनाइ छ ।
लोकप्रिय मतको हिसाबले एमाले देशको सबैभन्दा ठूला पार्टी भएको स्मरण गराउँदै उनले प्रचण्डले अवसर पाएर पनि काम गर्न नसकेको बताए । प्रचण्डले ‘विगतमा मैले अवसर पाएर पनि जे गर्नुपथ्र्यो, गर्न सकिँन । त्यसबाट मैले शिक्षा लिएको छु, अनुभव लिएको छु । यस पटक देश र जनताका लागि राम्रो गरेर देखाउँछु । मेरो अन्तिम अवसर हो, सदुपयोग गर्छु’ भनेर एमालेलाई विश्वासमा लिएर प्रधानमन्त्री बने पनि त्यसो गर्न नसकेको बताए ।अहिले देशमा भ्रष्टाचारमा व्याप्त रहेको र अर्थतन्त्र धरासायी स्थितिमा पुगेको उनको भनाइ छ । वर्तमान सरकारकै पालामा जनतामा निराशा बढेको उनले बताए । उनले वर्तमान सरकारको पालमाजस्तो निराशा इतिहासमा जनतामा कहिल्यै नरहेको दाबी गरे ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया