
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले नेत्रविक्रम चन्द ‘विप्लव’ र उनी नेतृत्वको पार्टीसँग कुनै पूर्वाग्रह नरहेको बताएका छन् । केही दिनअघि ज्ञानेन्द्रले विप्लवको आलोचना गरेका थिए । लगत्तै नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्ति जारी गर्दै अभिव्यक्ति सच्याउन भनेको थियो । होइन भने गम्भीर परिणाम भोग्न तयार हुनसमेत विज्ञप्तिमार्फत चेतावनी दिएको थियो ।ज्ञानेन्द्रलाई प्रकाण्डको चेतावनी, ‘अभिव्यक्ति सच्याऊ, नत्र गम्भीर परिणाम भोग्न तयार होऊ’
विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति जारी गरेको लामो समयसम्म मौन बसेका शाहीले आज एक विज्ञप्ति जारी गर्दै विप्लव र उनी नेतृत्वको पार्टीसँग पूर्वाग्रह नरहेको बताएका हुन् ।
‘राष्ट्र, राष्ट्रियता, नेपाली जनताको पक्षमा १ थोपो रगत रहेसम्म लडिरहने राष्ट्रवादी नेपाली नागरीक हुँ । जहाँ सम्म माओवादी नेता विप्लवसँग मेरो कुनैपनि पुर्वाग्रह छैन् । नेकपाको राष्ट्रभक्ति आन्दोलनप्रती मेरो पूर्ण समर्थ छ । कानुनी राज्यको बारे बोल्दा नेकपा र त्यसको नेतृत्वमा पर्न गएको नकारात्मक असरमा म दुःखी छु,’– उनले विज्ञप्तिमार्फत भनेका छन् ।
साथै, उनले विप्लवसँग तीन बुँदे सम्झौता गर्ने को हुन् ? र किन कार्यान्वयन नगरेको भन्दै सरकारको ध्यानाकार्षणसमेत गराएको छ । विप्लव नेतृत्वको पार्टीले विज्ञप्तिमा आफूमाथि नाङगो दलाल, अराजक, प्रतिगामी भन्ने शब्द प्रयोग गरेकोमा उनले यसमा सत्यता नरहेको समेत बताएका छन् ।
यस्तो छ उनको विज्ञप्ति
२०८० साल माघ १४ गते नेपाल कम्यूनिस्ट पार्टीका प्रवत्ता प्रकाण्ड सी बाट हस्तारीत प्रेस विज्ञपती र तपाईको पार्टीको एक कार्यक्रममा बोलिएका कुराहरू प्रति मेरो गम्भिर ध्यानाकार्षण भएको छ । कानुन सबैका लागी हुनुपर्छ । ठुलालाई चैन सानालाई ऐन हुनुहुँदैन भन्ने न्यायको पक्षमा दिएको मेरो अभिव्यक्तिमा हो । २०८० साल मङ्सिर १० गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका माओवादी नेता विप्लवको सम्बन्धमा जारी विज्ञप्तीको बुदा ३ मा प्रकाण्ड सि ले नै उल्लेख गर्नु भएको छ । मैले पूर्ण स्वतन्त्रताको अभिव्यक्तिलाई आत्मसाथ गर्दै भएको , गरेको र देखेको तथ्य र सत्यलाई औंल्याएको विषयलाई ठूलो आपत्तीको विषय मान्नुपर्ने कुनै कारण र अवस्था देखेको छैन भन्ने लाग्छ । विज्ञप्त्तिमा उल्लेखित गरिएका विषयलाई आधार अध्यन गर्दा साम्राज्यवाद र यो देशका नाङगा दलालहरु ३ बुदे सहमतीलाई भङ्ग गरेर देशमा अशान्ति मच्चाउन चाहन्छन् । ३ बुदे सहमती भएको ३ वर्षसम्म पनि राज्यले कार्यान्यन नगर्नु, अदालतले मङसीर १० गते जारी गरेको पक्राउ पुर्जी आवश्यक प्रमाण हो । ३ बुदे सहमती भङग गर्ने षड्यन्त्र हो भनेर जारी विज्ञपत्तिमा उल्लेख भएबाट नै प्रस्ट छ । माओवादी नेता विप्पलव माथि कसको षड्यन्त्र गरेको छ भन्ने कुरा म माओवादी पार्टी र पार्टीका नेताहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।
३ बुदे सहमती गर्ने को–को हुन ? विप्लबको नाममा अदालतमा मुद्धा हाल्ने को हुन् ? पक्राउ पुर्जी जारी गर्ने अदालतलाई के भन्ने ? यस्ता कुरा हरु प्रस्ट हुँदाहुँदै, थाहा पाउदा–पाउदै मैले बोलेका कुराप्रति आपत्ति जनाउनुको हक छैन । मप्रति लक्षित शब्दहरु नाङगो दलाल, अराजक, प्रतिगामी भनेर लेखिए, बोलिएका भ्रमिक शब्दहरुमा कुनै सत्यता छैन् । राष्ट्र, राष्ट्रियता, नेपाली जनताको पक्षमा १ थोपो रगत रहेसम्म लडिरहने राष्ट्रवादी नेपाली नागरीक हुँ । जहाँ सम्म माओवादी नेता विप्लव संग मेरो कुनैपनि पुर्वाग्रह छैन् नेकपाको राष्ट्रभक्ति आन्दोलन प्रती मेरो पुर्ण समर्थ,छ।कानुनी राज्यको बारे बोल्दा नेकपा र त्यसको नेतृत्वमा पर्न गएको नकारात्मक असरमा म दुखी छु । मेरो उदेश्य परिवर्तनको लागि प्रयत्नशील पार्टी र नेतृत्वलाई हानी पुर्याउने मनसाय नभएको कुरा सबैलाई प्रष्ट पार्न चाहान्छु ।
बहुदलीय व्यवस्थामा वैचारिक फरकमत भएको आधारमा अनग्रिल प्रचारवाजी गर्न, भ्रमिक समाचार सप्रेसण गर्न कदापी सोभनीय मान्न सकिने छैन । विचारको स्वतन्त्रता र मौलिक अधिकारको प्रयोग गर्दा भएका, गरेका र देखेका तथ्यहरु माथी टिप्पणी गर्दा कसैले पनि आपत्ती मान्नु पर्ने, दुख मान्नुपर्ने कुनै कारण छैन् । त्यसकारण विधिको शासन लाई हामी सबैले अनुसरण गर्नु पर्छ भन्ने मान्यतालाई मध्यनजर राख्दै सम्पुर्ण जालझेल र षड्यन्त्र लाई परास्त गर्ने सवै राष्ट्रवादी देशभक्त नेपाली एकढिक्का भएर नेपाली जनताको रोग, भोग, अशान्ती, भ्रष्ट्रचार र राष्ट्रहित विपरीत कार्यहरुको विरुद्ध उभिन सकौँ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया