
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । जुम्लाका आशिष शाही रोजगारीको खोजीमा तीन वर्षअघि बाँके झरे । नेपालगञ्ज बजारमा तीन वर्ष अटोरिक्सा चलाए । तर यतिले मात्र गुजारा चल्ने नदेखेपछि उनले विदेश जाने सोच बनाए ।‘यहाँ अटो चलाएर मात्र गुजारा चल्ने देखिन, परिवारको खर्च धान्नुपर्ने भएपछि विदेश जानुपर्ने बाध्यता आइलाग्यो’, विदेश जान खोजेको कारणबारे आशिष भन्छन् ।विदेश जाने बाटो खोजिरहेका बेला उनले भेटे कोहलपुरमा जिम सेन्ट्रर चलाइरहेका सुरज केसी ।
केसीले दुबईमा रोजगारीको अवसर रहेको सुनाए । क्लिनरको काममा पहिलो वर्ष मासिक ५० हजार, त्यसपछि ९० हजारसम्म कमाइ हुने लोभ देखाए । आशिष भन्छन्, ‘दुई चार वर्ष दुःख गरे जिन्दगी बन्छ भने किन न जाने भन्ने सोच बन्यो ।’केसीले भिसा लगाउन पैसा चाहिने भन्दै सुरुमै डेढ लाख रुपैयाँ मागे । आशिषले आफूले चलाउँदै आएको अटोरिक्सा बेचे र दिदीको सुन धितोमा राखे । ‘जसो तसो ऋण काढेर डेढ लाख उसलाई बुझाएँ’ उनी भन्छन् ।
गत असोजमा पैसा बुझाएपछि सुरजले काठमाडौंका राजेन्द्र मर्हजनसँग चिनजान गराइदिएका थिए । सुरजले भने अनुसार मर्हजन नै विदेश पठाउने खास एजेन्ट थिए । छिट्टै पठाउने भनेका उनीहरुले पैसा पाएपछि झुलाउन थाले । गत मंसिरको अन्तिममा भने भिसा आएको भनेर काठमाडौं बोलाए ।‘पुस ४ गतेको फ्लाइट छ, २ गते आउनू भनेर हामीलाई बोलाइयो’, आशिषले भने, ‘प्लेनको टिकट समेत काटिसकेको भनेपछि मसँगै ४ जना कोहलपुरबाट काठमाडौं आयौं ।’
राजेन्द्र र सुरजले उनीहरुलाई बसपार्कको होटलमा राखे । प्लेन टिकट र कम्पनीसँगको सम्झौतापत्र भनेर कागजात देखाए । अरबी भाषामा लेखेको लेटर प्याडमा कम्पनीको सम्झौता पत्र भनेर हस्ताक्षर गर्न लगाए ।
राजेन्द्र र सुरजले भनेको मिति ४ पुसमा उनीहरु दुबई जान पाएनन् । ‘१० दिन, १५ दिन भन्दै हामीलाई झुलाइरहे । कहिले टिकट मागियो भनेर कहिले आफ्नो आमा बिरामी भयो भनेर ढाँटिरहे’ आशिषले भने ।भनेको दिन विदेश नपठाएका कारण यता बसपार्कको होटलमा बस्दाको उनीहरुको खर्च भने बढिरहेको थियो । एक्कासी राजेन्द्र र सुरज सम्पर्कविहीन भए । उनीहरुको मोवाइलमा फोन लाग्न छाड्यो । ‘हामीलाई होटल छोडेर उनीहरु सम्पर्कविहीन भए’, आशिषले भने, ‘हाम्रो यता बिचल्ली भयो ।’
पछि आशिषले थाहा पाए उनीहरुले श्रम स्वकृति नै लिएका रहेनछन् । कम्पनीसँगको सम्झौता पत्र भनेर देखाएक्को कागज नक्कली रहेछ । ‘हामीलाई फरक खालको भिसा हो, डकुमेन्ट हामी आफैं मिलाउछौं भनेर झुक्काए’, आशिषले भने, ‘पछि बुझ्दा त्यो सबै नक्कली नै रहेछ ।’विदेश जान्छु भनेर घरबाट हिडेका आशिष र उनका अरु ४ जना साथीहरु बसपार्कको होटलमा बसिरहे । ‘विदेश जान भनेर हिँडेकाले घर फर्कने कुरा भएन । पैसा पनि फसिसकेको छ’, उनले भने, ‘विदेश नगए पनि फसेको पैसा माग्छौं भनेर बसिरह्यौं ।’ तर होटलमा बसेको डेढ महिना भइसकेकाले ४ जना बसेको खर्च १ लाख २० हजार रुपैयाँ भइसकेको छ ।
होटल सञ्चालकले १४ माघदेखि बाहिर निस्कन दिएन । यता पासपोर्ट र पैसा लिएर भागेकाले दलाललाई जसरी पनि खोज्नु थियो ।‘दिदीको धितो राखेको सुन लिलामी हुने बेला भइसक्यो’, आशिषले भने, ‘होटलमा मैले तिर्नुपर्ने नै ३० हजार भइसकेको थियो । केही उपाय नलागेपछि मोबाइल नै बेचेँ । कमाउन हिँडेका हामी दलालले फसाउँदा उल्टो बिचल्लीमा प¥यौं ।’आषिशसँगै ठगिने अर्का हुन्, बाँके कोहोपुरकै सुशील चापागाई । विदेश जान भनेर सुरज र राजेन्द्रलाई तीन लाख रुपैयाँ बुझाएका उनी पनि विचल्लीमा छन् । उनले पनि घरबाटै पैसा मगाएर होटलको खर्च तिरे ।
अहिले उनीहरु दुवै जना आफूलाई ठग्ने दलालको खोजीमा छन् । ‘घरमा बहिनीको बिहे गर्दाको ऋण थियो’, सुशीलले भने, ‘विदेश जान्छु भनेर मैले थप ऋण लिएर निस्किएको थिएँ । यहाँ आएर ऋणमाथि ऋण थपियो ।’ बिचल्लीमा परेका उनी अहिले आफू घर न घाट भएको बताउँछन् ।
अहिले काठमाडौंमा आशिष र सुशील आफूलाई बिच्ललीमा पारेका दलालाको खोज्न दिनरात दौडिरहेका छन् । उनीहरुले मंगलबार वैदेशिक रोजगार विभागमा सुरज र राजेन्द्रविरुद्ध उजुरी दिएका छन् । र दुवैको फोन अफ भएकाले उनीहरुसँग सम्पर्क हुन सकेको छैन । उनीहरुसँगै ठगीमा परेका अरु भने खर्च धान्न नसकेर गाउँ फर्किसके ।आशिष र सुशील भने बसपार्ककै होटलमा बसिरहेका छन् । होटलमा खाना बस्दाको खर्च हरेक दिन बढेको बढ्यैछ । त्यसमाथि दलाल खोज्न यताउता दौडधुप गर्दाको खर्च छुट्टै छ । कहिलेकाहीँ भोकै पनि सुतेको सुशील सुनाउँछन् । तर जति नै दुख भोग्न परे पनि फसेको पैसा लिएर मात्र गाउँ फर्कने अडान उनीहरुको छ ।
‘ऋण काढेर विदेश जान हिँडेको मान्छे कसरी घर फर्किने ?’ सुशील भन्छन्, ‘जति दुःख झेले पनि यहीँ झेल्छौं भनेर बसेका छौं ।’ तर यो हैरानी कहिलेसम्म झेल्नुपर्ने हो उनीहरुलाई थाहा छैन ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया