
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
काठमाडौं । जुम्लाका आशिष शाही रोजगारीको खोजीमा तीन वर्षअघि बाँके झरे । नेपालगञ्ज बजारमा तीन वर्ष अटोरिक्सा चलाए । तर यतिले मात्र गुजारा चल्ने नदेखेपछि उनले विदेश जाने सोच बनाए ।‘यहाँ अटो चलाएर मात्र गुजारा चल्ने देखिन, परिवारको खर्च धान्नुपर्ने भएपछि विदेश जानुपर्ने बाध्यता आइलाग्यो’, विदेश जान खोजेको कारणबारे आशिष भन्छन् ।विदेश जाने बाटो खोजिरहेका बेला उनले भेटे कोहलपुरमा जिम सेन्ट्रर चलाइरहेका सुरज केसी ।
केसीले दुबईमा रोजगारीको अवसर रहेको सुनाए । क्लिनरको काममा पहिलो वर्ष मासिक ५० हजार, त्यसपछि ९० हजारसम्म कमाइ हुने लोभ देखाए । आशिष भन्छन्, ‘दुई चार वर्ष दुःख गरे जिन्दगी बन्छ भने किन न जाने भन्ने सोच बन्यो ।’केसीले भिसा लगाउन पैसा चाहिने भन्दै सुरुमै डेढ लाख रुपैयाँ मागे । आशिषले आफूले चलाउँदै आएको अटोरिक्सा बेचे र दिदीको सुन धितोमा राखे । ‘जसो तसो ऋण काढेर डेढ लाख उसलाई बुझाएँ’ उनी भन्छन् ।
गत असोजमा पैसा बुझाएपछि सुरजले काठमाडौंका राजेन्द्र मर्हजनसँग चिनजान गराइदिएका थिए । सुरजले भने अनुसार मर्हजन नै विदेश पठाउने खास एजेन्ट थिए । छिट्टै पठाउने भनेका उनीहरुले पैसा पाएपछि झुलाउन थाले । गत मंसिरको अन्तिममा भने भिसा आएको भनेर काठमाडौं बोलाए ।‘पुस ४ गतेको फ्लाइट छ, २ गते आउनू भनेर हामीलाई बोलाइयो’, आशिषले भने, ‘प्लेनको टिकट समेत काटिसकेको भनेपछि मसँगै ४ जना कोहलपुरबाट काठमाडौं आयौं ।’
राजेन्द्र र सुरजले उनीहरुलाई बसपार्कको होटलमा राखे । प्लेन टिकट र कम्पनीसँगको सम्झौतापत्र भनेर कागजात देखाए । अरबी भाषामा लेखेको लेटर प्याडमा कम्पनीको सम्झौता पत्र भनेर हस्ताक्षर गर्न लगाए ।
राजेन्द्र र सुरजले भनेको मिति ४ पुसमा उनीहरु दुबई जान पाएनन् । ‘१० दिन, १५ दिन भन्दै हामीलाई झुलाइरहे । कहिले टिकट मागियो भनेर कहिले आफ्नो आमा बिरामी भयो भनेर ढाँटिरहे’ आशिषले भने ।भनेको दिन विदेश नपठाएका कारण यता बसपार्कको होटलमा बस्दाको उनीहरुको खर्च भने बढिरहेको थियो । एक्कासी राजेन्द्र र सुरज सम्पर्कविहीन भए । उनीहरुको मोवाइलमा फोन लाग्न छाड्यो । ‘हामीलाई होटल छोडेर उनीहरु सम्पर्कविहीन भए’, आशिषले भने, ‘हाम्रो यता बिचल्ली भयो ।’
पछि आशिषले थाहा पाए उनीहरुले श्रम स्वकृति नै लिएका रहेनछन् । कम्पनीसँगको सम्झौता पत्र भनेर देखाएक्को कागज नक्कली रहेछ । ‘हामीलाई फरक खालको भिसा हो, डकुमेन्ट हामी आफैं मिलाउछौं भनेर झुक्काए’, आशिषले भने, ‘पछि बुझ्दा त्यो सबै नक्कली नै रहेछ ।’विदेश जान्छु भनेर घरबाट हिडेका आशिष र उनका अरु ४ जना साथीहरु बसपार्कको होटलमा बसिरहे । ‘विदेश जान भनेर हिँडेकाले घर फर्कने कुरा भएन । पैसा पनि फसिसकेको छ’, उनले भने, ‘विदेश नगए पनि फसेको पैसा माग्छौं भनेर बसिरह्यौं ।’ तर होटलमा बसेको डेढ महिना भइसकेकाले ४ जना बसेको खर्च १ लाख २० हजार रुपैयाँ भइसकेको छ ।
होटल सञ्चालकले १४ माघदेखि बाहिर निस्कन दिएन । यता पासपोर्ट र पैसा लिएर भागेकाले दलाललाई जसरी पनि खोज्नु थियो ।‘दिदीको धितो राखेको सुन लिलामी हुने बेला भइसक्यो’, आशिषले भने, ‘होटलमा मैले तिर्नुपर्ने नै ३० हजार भइसकेको थियो । केही उपाय नलागेपछि मोबाइल नै बेचेँ । कमाउन हिँडेका हामी दलालले फसाउँदा उल्टो बिचल्लीमा प¥यौं ।’आषिशसँगै ठगिने अर्का हुन्, बाँके कोहोपुरकै सुशील चापागाई । विदेश जान भनेर सुरज र राजेन्द्रलाई तीन लाख रुपैयाँ बुझाएका उनी पनि विचल्लीमा छन् । उनले पनि घरबाटै पैसा मगाएर होटलको खर्च तिरे ।
अहिले उनीहरु दुवै जना आफूलाई ठग्ने दलालको खोजीमा छन् । ‘घरमा बहिनीको बिहे गर्दाको ऋण थियो’, सुशीलले भने, ‘विदेश जान्छु भनेर मैले थप ऋण लिएर निस्किएको थिएँ । यहाँ आएर ऋणमाथि ऋण थपियो ।’ बिचल्लीमा परेका उनी अहिले आफू घर न घाट भएको बताउँछन् ।
अहिले काठमाडौंमा आशिष र सुशील आफूलाई बिच्ललीमा पारेका दलालाको खोज्न दिनरात दौडिरहेका छन् । उनीहरुले मंगलबार वैदेशिक रोजगार विभागमा सुरज र राजेन्द्रविरुद्ध उजुरी दिएका छन् । र दुवैको फोन अफ भएकाले उनीहरुसँग सम्पर्क हुन सकेको छैन । उनीहरुसँगै ठगीमा परेका अरु भने खर्च धान्न नसकेर गाउँ फर्किसके ।आशिष र सुशील भने बसपार्ककै होटलमा बसिरहेका छन् । होटलमा खाना बस्दाको खर्च हरेक दिन बढेको बढ्यैछ । त्यसमाथि दलाल खोज्न यताउता दौडधुप गर्दाको खर्च छुट्टै छ । कहिलेकाहीँ भोकै पनि सुतेको सुशील सुनाउँछन् । तर जति नै दुख भोग्न परे पनि फसेको पैसा लिएर मात्र गाउँ फर्कने अडान उनीहरुको छ ।
‘ऋण काढेर विदेश जान हिँडेको मान्छे कसरी घर फर्किने ?’ सुशील भन्छन्, ‘जति दुःख झेले पनि यहीँ झेल्छौं भनेर बसेका छौं ।’ तर यो हैरानी कहिलेसम्म झेल्नुपर्ने हो उनीहरुलाई थाहा छैन ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया