
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
काठमाडौं। नेकपा एमाले परित्याग गरेर एकीकृत समाजवादी गठन गरेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई एकपछि अर्को छटपटी बढ्दोछ । नयाँ पार्टी गठन गरेको साँढे २ वर्षमै पार्टीले अवलंवन गर्ने मार्गनिर्देशक सिद्धान्तलाई लिएर सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग टसल सुरु भएपछि अध्यक्ष नेपाललाई चिन्ताले सताएको हो ।
आइतबारबाट २ दिनसम्म चलेको पार्टीको केन्द्रीय परिषदको बैठक समापन समारोहमा यी दुई नेताबीचको विवाद छताछुल्ल भएको छ । तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीद्वारा प्रतिपादित सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई एकीकृत समाजवादीले स्वीकार गर्ने कि नगर्ने भन्नेबारेमा दुई नेताबीच विवाद उत्पन्न भएको हो ।
सोमबार सम्पन्न केन्द्रीय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका सम्मानीत नेता झलनाथ खनालले पार्टीले जबजलाई त्यागेर समाजवादको दिशामा अगाडी बढ्नुपर्ने बताएका छन् । खनतालले एकीकृत समाजवादीले जबज नत्याग्ने हो भने एकीकृत समाजवादीको औचित्य सकिने र एमालेसँग विलय हुनुपर्ने धारण राखेका छन् ।
‘क्रान्तिको बाटोमा प्रस्ट हुनेगरी नीति तय गर्नुपर्छ । अलमल भयो भने कहिले जबज भन्ने, कहिले समाजवादी कार्यदिशा पनि भन्ने, हामी कता जाने ? जबज भन्ने हो भने ठूलो जबजमा किन नजाने ? ठूलो जबजवाला त एमाले छ । हामीले भन्दा केपीले भनेको सुन्छन् । यसमा हामी प्रस्ट हुनुपर्छ’, खनालले भनेका छन् ।
खनालले जबजको कूरा एकीकृत समाजवादीका नेताले भनेको भन्दा धेरै एमालेले भनेको पत्याने बताएपछि आक्रोशीत बनेका अध्यक्ष नेपालले झलनाथलाई अवसरवादी र आत्मसर्मपणवादीको संज्ञा दिएका छन् । उनले पार्टीले त्याति ठूलो संघर्ष र त्याग गरेर हासिल गरेको जबजलाई त्याग्न नसक्ने बताएपछि खनालपनि काउन्टरमा उत्रिने तयारीमा छन् ।
‘समाजवादी क्रान्तिमा जाँदा जबजलाई त्याग्न सकिँदैन । त्याग्नुको मतलब एकदलीय तानाशाहीमा जानु हो’, अध्यक्ष नेपालले खनाललाई जवाफ दिँदै भने,‘हामीले साम्राज्यवादको आक्रामक चरित्र देख्दैछौं । कम्युनिष्टविरोधी अभियान चलिरहेको छ । त्यसैले हाम्रो आन्दोलनमा ल्याइएको विचारलाई त्याग्न सकिँदैन । बहुदलीय प्रतिस्पर्धाको मान्यता छाडेर एकदलीय तानासाही व्यवस्थामा जान सकिँदैन । त्यसैले बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौँ । त्यसको विचारक मदन भण्डारी हुनुहुन्थ्यो । जबजको कुनै काम छैन, त्यो मिल्क्याइदिऔँ भन्ने मान्यता आत्मघाती मान्यता हो ।’
आफ्नो प्रस्ताव अध्यक्ष नेपालले ठाडै अस्वीकार गरेपनि थप आक्रोशीत बनेका खनालले रुसमा पनि बहुदलीय जनवाद भएको उल्लेख गर्दै लेनिनले जबज किन मान्नुभएन ? भनी प्रश्नसमेत गरेका थिए । उनले पार्टीको आगामी महाधिवेशनबाट यी सबै कुरामा प्रष्टता आउनुपर्ने बताएका छन्।
उनले अमेरिका र भारतले देशलाई नियन्त्रणमा लिई कम्युनिष्ट आन्दोलनलाई तहसनहस बनाउन लागेको बताए। उनले यी दुई देशले नेपाललाई चीनविरोधी अखडाको रुपमा रुपान्तरित गर्न लागेको पनि बताए। उनले तत्कालिन नेकपाको विभाजनमा आन्तरिक कारण मात्रै थियो कि वाह्य कारण पनि थियो भनेर समीक्षा गर्नुपर्ने बेला आएको बताए।
त्यसो त, पूर्व प्रधानमन्त्री खनालले एमालेमै रहँदा पनि जवजलाई स्वीकार गरेको अवस्था भने थिएनन् । जननेता मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई दक्षप्रजापतीको टाउकोसँग तुलना गर्ने खनाल पछिल्लो समय भने एमोलसँग नजिकिने प्रयासमा छन् । एकीकृत समाजवादीमा कुनैपनि भविष्य नदेखेका उनी किन्तु परन्तु एमालेनै आफ्नो अन्तिम गन्तव्य हो भन्ने अवस्थामा पुगेको गाईंगुईं हल्ला चल्ने गरेको छ । स्रोतको अनुसार एकीकृत समाजवादीले जबजलाई नत्यागेमा एमालेमै फर्किने अवस्था बन्नसक्ने चेतावनी उनले पार्टी पंक्तिलाई समेत दिईसकेका छन् ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया