
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं। नेकपा एमाले परित्याग गरेर एकीकृत समाजवादी गठन गरेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई एकपछि अर्को छटपटी बढ्दोछ । नयाँ पार्टी गठन गरेको साँढे २ वर्षमै पार्टीले अवलंवन गर्ने मार्गनिर्देशक सिद्धान्तलाई लिएर सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग टसल सुरु भएपछि अध्यक्ष नेपाललाई चिन्ताले सताएको हो ।
आइतबारबाट २ दिनसम्म चलेको पार्टीको केन्द्रीय परिषदको बैठक समापन समारोहमा यी दुई नेताबीचको विवाद छताछुल्ल भएको छ । तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीद्वारा प्रतिपादित सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई एकीकृत समाजवादीले स्वीकार गर्ने कि नगर्ने भन्नेबारेमा दुई नेताबीच विवाद उत्पन्न भएको हो ।
सोमबार सम्पन्न केन्द्रीय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका सम्मानीत नेता झलनाथ खनालले पार्टीले जबजलाई त्यागेर समाजवादको दिशामा अगाडी बढ्नुपर्ने बताएका छन् । खनतालले एकीकृत समाजवादीले जबज नत्याग्ने हो भने एकीकृत समाजवादीको औचित्य सकिने र एमालेसँग विलय हुनुपर्ने धारण राखेका छन् ।
‘क्रान्तिको बाटोमा प्रस्ट हुनेगरी नीति तय गर्नुपर्छ । अलमल भयो भने कहिले जबज भन्ने, कहिले समाजवादी कार्यदिशा पनि भन्ने, हामी कता जाने ? जबज भन्ने हो भने ठूलो जबजमा किन नजाने ? ठूलो जबजवाला त एमाले छ । हामीले भन्दा केपीले भनेको सुन्छन् । यसमा हामी प्रस्ट हुनुपर्छ’, खनालले भनेका छन् ।
खनालले जबजको कूरा एकीकृत समाजवादीका नेताले भनेको भन्दा धेरै एमालेले भनेको पत्याने बताएपछि आक्रोशीत बनेका अध्यक्ष नेपालले झलनाथलाई अवसरवादी र आत्मसर्मपणवादीको संज्ञा दिएका छन् । उनले पार्टीले त्याति ठूलो संघर्ष र त्याग गरेर हासिल गरेको जबजलाई त्याग्न नसक्ने बताएपछि खनालपनि काउन्टरमा उत्रिने तयारीमा छन् ।
‘समाजवादी क्रान्तिमा जाँदा जबजलाई त्याग्न सकिँदैन । त्याग्नुको मतलब एकदलीय तानाशाहीमा जानु हो’, अध्यक्ष नेपालले खनाललाई जवाफ दिँदै भने,‘हामीले साम्राज्यवादको आक्रामक चरित्र देख्दैछौं । कम्युनिष्टविरोधी अभियान चलिरहेको छ । त्यसैले हाम्रो आन्दोलनमा ल्याइएको विचारलाई त्याग्न सकिँदैन । बहुदलीय प्रतिस्पर्धाको मान्यता छाडेर एकदलीय तानासाही व्यवस्थामा जान सकिँदैन । त्यसैले बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौँ । त्यसको विचारक मदन भण्डारी हुनुहुन्थ्यो । जबजको कुनै काम छैन, त्यो मिल्क्याइदिऔँ भन्ने मान्यता आत्मघाती मान्यता हो ।’
आफ्नो प्रस्ताव अध्यक्ष नेपालले ठाडै अस्वीकार गरेपनि थप आक्रोशीत बनेका खनालले रुसमा पनि बहुदलीय जनवाद भएको उल्लेख गर्दै लेनिनले जबज किन मान्नुभएन ? भनी प्रश्नसमेत गरेका थिए । उनले पार्टीको आगामी महाधिवेशनबाट यी सबै कुरामा प्रष्टता आउनुपर्ने बताएका छन्।
उनले अमेरिका र भारतले देशलाई नियन्त्रणमा लिई कम्युनिष्ट आन्दोलनलाई तहसनहस बनाउन लागेको बताए। उनले यी दुई देशले नेपाललाई चीनविरोधी अखडाको रुपमा रुपान्तरित गर्न लागेको पनि बताए। उनले तत्कालिन नेकपाको विभाजनमा आन्तरिक कारण मात्रै थियो कि वाह्य कारण पनि थियो भनेर समीक्षा गर्नुपर्ने बेला आएको बताए।
त्यसो त, पूर्व प्रधानमन्त्री खनालले एमालेमै रहँदा पनि जवजलाई स्वीकार गरेको अवस्था भने थिएनन् । जननेता मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई दक्षप्रजापतीको टाउकोसँग तुलना गर्ने खनाल पछिल्लो समय भने एमोलसँग नजिकिने प्रयासमा छन् । एकीकृत समाजवादीमा कुनैपनि भविष्य नदेखेका उनी किन्तु परन्तु एमालेनै आफ्नो अन्तिम गन्तव्य हो भन्ने अवस्थामा पुगेको गाईंगुईं हल्ला चल्ने गरेको छ । स्रोतको अनुसार एकीकृत समाजवादीले जबजलाई नत्यागेमा एमालेमै फर्किने अवस्था बन्नसक्ने चेतावनी उनले पार्टी पंक्तिलाई समेत दिईसकेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया