
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले कोशीको कारणले गठबन्धनमा कुनै पनि प्रकारको फेरबदल नआउने बताए । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचन पश्चात सत्तारुढ गठबन्धन दलका नेताहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सत्तारुढ गठबन्धन बाँकी चार वर्षको अवधिसम्मे अगाडि जाने बताएका हुन् ।
‘म स्पष्टसँग भन्छु– यो गठबन्धन अब बाँकी रहेको चार वर्ष अवधि टुट्दैन । गठबन्धनमै सरकार चल्छ र यो देश अगाडि बढ्छ,’– उनले भने । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको परिणामलाई लिएर सत्तारुढ गठबन्धनमा केही अविश्वास भने पैदा भएको उनले बताए । साथै, कांग्रेसबाट यस्ता प्रकारका घात पहिला पनि भएको उनको आरोप छ । उनले २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूलाई कांग्रेसले नै हराएको दाबी गरे । उनले कांग्रेस पार्टीका नेताहरु आफ्नै नेताहरुलाई समेत हराउन लागि पर्ने प्रवृत्तिका रहेको बताउँदै गठबन्धन दलका उम्मेदवार हराउन लागिपर्नुलाई नौलो मान्न नहुने बताए ।
‘चुनावमा यस्ता खाल्का हर्कत विगतमा नभएको पनि होईन । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका साथीहरुले नेपाली कांग्रेसकै उम्मेदवारलाई हराएको कुरा स्पष्ट नजीर छ । भोट नभएर होईन, नेपाली कांग्रेसका असहयोगले गठबन्धनका उम्मेदवार हारेका छन् । गठबन्धनका २२ जनाभन्दा बढि उम्मेदवार नेपाली कांग्रेका प्रवृतिका कारण अहिले संसद् बाहिर छौं । म स्वयं पाल्पाबाट पाँच पटक निर्वाचित व्यक्ति हो । यस पटक, छैटौं पटक म गठबन्धनबाट उम्मेदवार थिएँ । गठबन्धनले त्यहाँ प्रदेशमा ६२ सय भोटले जितेको छ । तर, संघीय उम्मेदवार मलाई हराइयो । म हारेको छु । कारण के हो भने गठबन्धनको भोट भनएर होईन । गठबन्धनबाट भोट नदिइएर । त्यसकारण यो नौलो कुरा होईन,’– उनले भने ।
जनतामा पुराना पार्टीप्रति वितृष्णा आउनुको पहिलो कारक कांग्रेस र उसका गतिविधि रहेकोसमेत उनले टिप्पणी गरे ।
२०७९ मा प्रतिनिधि सभाको निर्वाचन भएर गठबन्धनको सरकार बन्दै गर्दा संवैधानिक परिषद्मा नेकपा (एस) सहभागिता शून्य भएको विषयमा छलफल हुँदा आफूहरुलाई राष्ट्रिय सभाको अध्यक्ष दिने भन्ने छलफल भएको उनले खुलासा गरे । अहिले कुन पार्टीबाट कसलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने भन्ने निर्णय नभइसके पनि सर्वसम्मत राष्ट्रिय सभा अध्यक्ष चुनिने उनको दाबी छ ।
अहिले व्यवस्थाका विरुद्धमा झिनामसिना आवाजहरु सुनिन थालेको भन्दै उनले यसको कुनै अर्थ नरहेको बताए । उनले गणतन्त्रको विकल्प गणतन्त्रनै रहेको बताए । साथै, उनले नाम नलिई दुर्गा प्रसाईँलाई लक्षित गर्दै बैंकको ऋण लिएर तिर्न पर्दैन भनि गणतन्त्रको विरुद्धमा मानिसहरु जम्मा पार्ने काम गरेको टिप्पणी गरे । गणतन्त्रको विकल्पमा आएका आवाजहरुको कुनै अर्थ नरहेको बताए । मुलुकलाई बर्वाद पार्ने व्यक्तिहरुबाट गणतन्त्रको विरुद्ध आवाज उठेको उनले बताए । यसको बारेमा चिन्ता गर्न पर्ने आवश्यक नरहेको बताए ।
साथै, अबको एक वर्षपछि माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने उनको दाबी छ । २०७९ पुस १० गते भंग भएको गठबन्धन जोडिँदाको जेन्टलमेन्ट एग्रिमेन्ट अनुसार प्रचण्डपछि माधव नेपाल र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए । उक्त जेन्टलमेन्ट एग्रिमेन्ट लागू हुने र अबको एक वर्षभित्र माधव नेपाल प्रधानमन्त्री भइछाड्ने उनको दाबी छ ।
‘यसमा कुनै दुविधा छैन । जेन्टलमेन्ट एग्रिमेन्ट भएको छ । २०७९ साल पुस १० गते भत्किसकेको गठबन्धनलाई फेरि जोड्ने काम गर्यौं ।’ उनले भने, ‘पहिलो कार्यकाल नेकपा (माओवादी) ले दुई वर्ष, त्यसपछि नेकपा (एकीकृत समाजवादी) ले गर्ने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हाम्रो सहमति छ । अब माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया