
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा पर्वत जिल्लाको प्रदेश (क) मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदीप कुंवरले उम्मेदवारी दर्ता गराएका छन्। उनीसँगै प्रतिनिधिसभामा नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद अर्जुनप्रसाद जोशी र प्रदेश (ख) मा नेता ऋषिकेश तिवारीले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्ने पूर्वयोजना अनुसार नै पर्वत जिल्लामा पनि वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट जोशी, कुंवर र तिवारीले उम्मेदवारी दर्ता गराएका हुन्। प्रतिनिधिसभातर्फका उम्मेदवार जोशी २०५६, २०६४ र २०७० को
निर्वाचनमा जिल्लाबाट विजयी भएका नेता हुन्। प्रदेशसभा (ख) तर्फ उम्मेदवारी दिएका तिवारी नेपाली कांग्रेसभित्र अनुभवी नेता मानिन्छन्। ती दुवै उम्मेदवारभन्दा फरक र युवा उम्मेदवारका रूपमा गठबन्धनबाट माओवादी केन्द्रका नेता कुंवर मैदानमा उत्रिएका छन्।
को हुन् कुंवर ?
२०४० साल साउन १३ गते पर्वत जिल्लाको साविक ठूलीपोखरीमा जन्मिएका कुंवर नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुन्। बुवा भीमनाथ र आमा दुवकुमारीको कोखबाट जन्मिएका कुंवर सानैदेखि राजनीतिप्रति चासो राख्दथे। सामाजिक विभेदप्रति घृणा र न्यायपूर्ण समाज निर्माणको अभिरूचिका कारण सानै उमेरदेखि राजनीतिक आन्दोलनमा होमिए।
२०५३ सालदेखि अखिल (क्रान्तिकारी) को साधारण सदस्य लिएका कुंवर २०५७ को स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा जनता सुदर्शन बहुमुखी क्याम्पसको सभापतिमा निर्वाचित भएका थिए। २०५६ सालदेखि नै तत्कालीन नेकपा (माओवादी) को पूर्णकालीन कार्यकर्ताका रूपमा भूमिगत भएका उनले संकटकालका कठिन दिनहरूमा आफूलाई निरन्तर आन्दोलनको मोर्चामा होमिरहे।
२०५८ मा अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य भएका उनी २०६६ मा केन्द्रीय सचिव र २०६९ मा केन्द्रीय उपाध्यक्षसम्म भएका थिए। विद्यार्थी राजनीतिबाट बिदा लिएपछि कुंवर पार्टीका विभिन्न जिम्मेवारीमा रहेर आफ्नो भूमिका निर्वाह गरिरहेका छन्।
पार्टी राजनीतिमा २०५८ सालमा जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाएका उनी २०७४ सालमा माओवादी केन्द्रको जिल्ला संयोजक चयन भएका थिए। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एकता भई नेकपा बनेपछि उनी जिल्ला सचिवको रूपमा कार्यरत रहे।
२०७५ सालमा कुंवर पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य चयन भए भने २०७८ पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट उनी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य निर्वाचित भए। जनयुद्धकालमा पार्टीका विभिन्न कमिटीमा इञ्चार्जको भूमिकामा रहेर काम गरेका कुंवर शालीन युवा नेता मानिन्छन्। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पनि उनले पर्वतलाई नै कार्यक्षेत्र बनाएर काम गरिरहेका छन्।
राजनीतिक जीवन र संघर्ष
निम्न मध्यमवर्गीय किसान परिवारमा जन्मिएका सुदीप सानैदेखि विद्रोही स्वाभाव र सामाजिक चरित्रका थिए। समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण र विभेदले नै उनलाई राजनीतितर्फ आकर्षित गर्यो। खस–आर्य, दलित र अन्य जातिको मिश्रित बसोबास रहेको उनको गृहक्षेत्रमा पनि अन्याय, अत्याचार र सामाजिक कूरितीका पहाडहरू थिए, तिनै पहाडहरू छिचोल्ने संकल्पसहित उनी युद्धको मैदानमा होमिए।
२०५८ सालमा संकटकाल घोषणा गरिएपछि पार्टीका सबै नेता–कार्यकर्ता भूमिगत भए। त्यसरी भूमिगत जीवन व्यतित गर्ने नेतामध्ये एक थिए सुदीप कुंवर, जसलाई पार्टीभित्र ‘अजय’ उपनामले चिनिन्थ्यो। मुक्ति या मृत्युको सपथ खाएका उनी पर्वत, स्याङ्जा, कास्की, बाग्लुङ लगायत विभिन्न जिल्लाको राजनीतिक आन्दोलनमा सक्रिय रहे। पार्टीभित्रको अन्तरविरोधमा समन्वयकारी भूमिका निर्वाह गर्ने, अन्तरविरोध हल गर्नसक्ने र सन्तुलन कायम गर्नसक्ने विशेष खुबीका कारण उनले राजनीतिक जीवनमा एकपछि अर्को सफलता हासिल गर्दै गए।
शान्त स्वाभाव, सन्तुलित अभिव्यक्ति, विश्लेषणमा विशेष रूचि र प्रभावकारी कार्यसम्पादनका कारण माओवादी पार्टीभित्र मात्र होइन बाहिरी समाज र दलहरूबिच पनि त्यत्तिकै लोकप्रिय छन् कुंवर। त्यति ठूलो भीषण जनयुद्धका बेला पनि उनले आफ्नो जिम्मेवारीमा रहेका ठाउँहरूमा कुनै अप्रिय घटना हुन दिएनन्। त्यसैले उनी कांग्रेस, एमाले लगायतका लोकतान्त्रिक दल, नेता–कार्यकर्ता र शुभेच्छुकबिच त्यत्तिकै लोकप्रिय छन्। उनको शान्त स्वाभाव युवा पंक्तिमा सर्वमान्य नेतृत्वको रूपमा स्थापित हुँदै गएको देखिन्छ।
सिद्धान्तनिष्ठ युवा नेता
१८ औं शताब्दीको वरिपरिबाट चलेको पुँजीवादी हावा नेपालमा भने ढिलो गरी प्रवेश गर्यो। सामन्तवादविरूद्धको संघर्षमा नेपालका कम्युनिस्ट–कांग्रेसले झण्डै ७० वर्ष बिताए। सामन्तवादको अन्त्यपछि विश्व पुँजीवादी हावा नेपालमा पनि दलाल पुँजीवादका रूपमा छिरेको छ। पछिल्लोसमय नेपालका राजनीतिक दलहरू भ्रष्टिकरणको दिशातर्फ गइरहेको जनगुनासो छ। पदका लागि जेसुकै गर्न तयार हुने, पद प्राप्त भए सबै कुरा ठीक, नपाए सबै गलत भन्ने मनोविज्ञानको विकास भइरहेका बेला कुंवर भने सिद्धान्तनिष्ठ राजनीतिको पक्षमा उभिइरहे। उनले पार्टीभित्र र बाहिर पदका लागि कहिल्यै बार्गेनिङ गरेनन्, तर पार्टीले आवश्यकताका आधारमा जुन–जुन जिम्मेवारी दियो, त्यसमा पछाडि पनि हटेनन्।
लाभका पदमा मात्रै होइन नैतिक र आर्थिक दृष्टिले समेत उनी निष्कलंकित नेता मानिन्छन्। राजनीतिमा उच्च नैतिकता र मर्यादा आवश्यक ठान्ने कुंवरका ‘चपाउने र देखाउने’ अलग अलग दाँत छैनन्। उनी जे बोल्छन्, खुल्ला बोल्छन्, जे बोल्छन्, त्यसविपरित काम गर्दैनन्। त्यसैले उनी जिल्लाको राजनीतिमा विश्वासिलो नेतासमेत मानिन्छन्।
सामयिक विषयमा विश्लेषण गर्ने, विश्व राजनीतिमा चासो राख्ने र विकासका मुद्दामा चिन्तन गर्ने उनको प्रवृत्ति छ। उनको विश्लेषण व्यक्तिकेन्द्रित नभएर विषयकेन्द्रित हुने गर्दछ, जसले उनको राजनीतिक निष्ठा र सिद्धान्तप्रतिको अनुरागलाई चरितार्थ गर्दछ।
प्रत्यासी कुंवरको सपना
राजकीय जिम्मेवारीका लागि पहिलोपटक मैदानमा ओर्लिएका कुंवरसँग ‘समृद्ध पर्वत’को जीवन्त सपना छ। उनी भन्छन्– ‘‘हामीसँग इच्छाशक्ति र निष्ठा भयो भने धेरै कुरा गर्न सकिन्छ। त्यसका लागि नीति निर्माण र त्यसको कार्यान्वयन गर्ने ठाउँमा आफू नै हुनुपर्दो रहेछ, त्यसैले पनि चुनावी मैदानमा छु।’’
पर्वत जिल्ला भौगोलिक दृष्टिले पहाडी जिल्ला भए पनि आर्थिक, सामाजिक एवं सांस्कृतिक सूचकांकका दृष्टिले वैभवशाली मानिन्छ। त्यसमध्ये प्रदेश निर्वाचन क्षेत्र (क) अग्रस्थानमा छ। यस क्षेत्रको विकासमा पछिल्लोसमय केही तीव्रता आएको भए पनि विकासले जनताको जीवनमा अपेक्षित परिवर्तन ल्याउन सकेको छैन।
प्रत्यासी कुंवर भन्छन्– ‘‘हामीले विकास त गर्यौँ, तर त्यसले जनताको जीवनमा परिवर्तन ल्याउन सकेन भने त्यसको खास अर्थ रहन्न। हाम्रो विकास ठूला पूर्वाधार निर्माणमा मात्र लगाउँदा जनताको जीवन र समृद्धिमा गुणात्मक परिवर्तन ल्याउन सकिँदैन। त्यसैले भौतिक र मानवीय विकासलाई सँगसँगै लैजानुपर्छ।’’
कृषि, पर्यटन, जलविद्युत, जडीबुटी, शिक्षा, स्वास्थ्य, रोजगार, युवामैत्री नीति र प्रविधिलाई केन्द्रमा राखेर प्रदेश (क) को विकासनीति बनाउनुपर्ने उनको मत छ। भन्छन्– ‘‘हामीकहाँ कृषिमा अथाह सम्भावना छ। तर, कृषि क्षेत्र अहिले पनि निर्वाहमुखी छ। यसलाई व्यवसायिक, औद्योगिकीकरण र बजारीकरणसँग जोड्नुपर्छ। आधारभूत स्वास्थ्य हाम्रो अनिवार्य दायित्व हो, त्यसैले आधुनिक स्वास्थ्य संरचना र जनशक्तिको व्यवस्थापन र जनताको घरदैलोमै स्वास्थ्य सेवा हाम्रो प्राथमिकतामा हुनुपर्छ।’’
रोजगार र स्वरोजगारबिना साँचो अर्थमा समृद्धिको जग खडा नहुने कुंवरको विश्लेषण छ। उनी भन्छन्– ‘‘हामीले तत्काल ठूलो औद्योगिकीकरण गर्न सम्भव नहोला। तर, उत्पादित प्राविधिक जनशक्तिलाई स्वरोजगार बनाउने नीति र कार्यक्रम अत्यावश्यक छ। त्यसको प्रमुख क्षेत्र कृषि, जलविद्युत, पर्यटन र विज्ञान–प्रविधिको क्षेत्र पनि हो।’’
युवा उम्मेदवार हुनुको नाताले विज्ञान–प्रविधि र युवाका मुद्दाप्रति कुंवरको विशेष अभिरूचि देखिन्छ। ‘‘आजको दुनियाँ डिजिटल युग हो, प्रविधिको प्रयोगमार्फत् उत्पादकत्व वृद्धिमा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ। त्यसका लागि परम्परागत उत्पादन र सीप मात्र होइन, आधुनिक प्रविधिको विकास र प्रयोग जरूरी छ। प्रविधिमा दक्ष युवा जनशक्तिलाई प्रोत्साहित गरेर मात्र हामीले समृद्धिको कार्यभार पूरा गर्न सक्छौं’’ कुंवर भन्छन्– ‘‘१८ वर्षदेखि ३० वर्ष उमेरको आजको युवा के चाहन्छ, उसको कुरा सम्वोधन गर्न दलहरू गम्भीर हुनुपर्छ। देश निर्माणको कर्णधार यही पुस्ता हो, यसलाई अपेक्षा गरियो भने हाम्रो प्रणाली र लोकतन्त्र असफल हुन्छ।’’
चुनावको बेला सस्तो लोकप्रियताको नारा दिने प्रवृत्तिको विरोध गर्छन् कुंवर। भन्छन्– ‘‘एउटा राजनीतिक कार्यकर्ताले जहिले पनि देशको समृद्धि कसरी हुन्छ, जिल्लाको विकास कसरी हुन्छ, नागरिकलाई सुविधा दिन के–कसरी सकिन्छ, त्यो कुरा सोचिरहनुपर्छ। अरू बेला विकास र समृद्धिको कुरै सुन्न नचाहने, चुनावका बेला मात्र लोकप्रिय कुरा गर्ने प्रवृत्ति गलत छ। त्यसैले चुनावका बेला होइन अन्य समयमा पनि विकास र समृद्धिबारे आफ्नै ढंगले अध्ययन, चिन्तन र नीति निर्माणका निम्ति प्रयत्न गर्दै आएको छु।’’
पर्यटन प्रवर्धनका लागि स्थानीय संस्कृतिको प्रोत्साहन, प्रतिव्यक्ति आय वृद्धिका निम्ति परम्परागत हस्तकला र वास्तुकलाका सामानहरूको ब्राण्डिङ, कृषिको औद्योगिकीकरण, कृषि क्षेत्रको बिचौलिया रोक्न शीत भण्डार गृह, कृषि उपज संकलन केन्द्र, कृषिवस्तुको मूल्य निर्धारण, विद्यालय र जेष्ठ नागरिकलाई घुम्ती चिकित्सा सेवा, प्राविधिक जनशक्तिलाई स्वयंसेवाका लागि प्रोत्साहनजस्ता धेरै कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको उनी बताउँछन्। कुंवर थप्छन्– ‘‘विगत २/३ वर्षदेखि जे–जति कुरा हामीले अध्ययन गरिरहेका छौं, ती विषयलाई प्रतिवद्धताको रूपमा जनतामा लैजान्छौं र निर्वाचित भएपछि कार्यान्वयन गर्छौं।’’

कस्तो छ चुनावी अंकगणित ?
सुदीप प्रत्यासी रहेको यस प्रदेश क्षेत्रमा २०७४ को निर्वाचन क्षेत्रमा समेत माओवादीका नेता नेत्रनाथ अधिकारीले जीत निकालेका थिए। २०७९ को स्थानीय तह निर्वाचनमा क्षेत्रभित्र पर्ने ३ स्थानीय तहमध्ये २ तह गठबन्धनले जितेको छ। जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै सिट गठबन्धनले जितेको छ। कुश्मा नगरपालिकामा प्रमुख गठबन्धनले जितेको छ भने कुश्मा नगरपालिकाको उपप्रमुख र मोदी गाउँपालिकाको प्रमुख उपप्रमुखमा एमाले विजयी भएको छ। तर, क्षेत्रभरि प्राप्त मत हेर्दा गठबन्धन अगाडि देखिन्छ।
स्थानीय निर्वाचनको बेला कांग्रेस–माओवादी सहकार्य बलियो हुन नसकेर कतिपय स्थानमा अनपेक्षित नजिता आएको भन्दै यसपटकको निर्वाचनमा भने गठबन्धन दलले जिल्लामा सन्तुलन मिलाएका छन्। कुंवरको उम्मेदवारीमा माओवादी केन्द्र एकढिक्का देखिन्छ। गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले पनि जिल्लाको उम्मेदवारीमा सन्तुलन मिलाएको छ। यसपटक देउवा समूहबाट नेता जोशी प्रतिनिधिसभामा प्रत्यासी छन्, प्रदेशसभाका प्रत्यासी तिवारी शेखर कोइराला समूहनिकट मानिन्छन्। संघ र प्रदेशमा दुवै समूहको प्रतिनिधित्व भएकाले कांग्रेसभित्र पनि सुदृढ एकता कायम हुने नेताहरूको विश्वास छ।
प्रदेशसभा (क) मा नेकपा एमालेले भक्त कुंवरलाई उठाएको छ। एमालेभित्र शक्ति संघर्ष हुँदा उनी माधव नेपाल समूहमा थिए। पुस ५ को प्रतिनिधिसभा विघटनपछि उनी संसद विघटनको विरोधमा सडकमा आएका थिए। नेपाल समूहको जिल्ला अध्यक्षसमेत बनेर काम गरेका उनी पार्टी विभाजनपछि भने एमालेमै रहेका थिए। स्थानीय तहको निर्वाचन २०७९ को निर्वाचनमा ओली टीमले ‘दश भाइ समूह’लाई छानिछानि हराएको कतिपयको विश्लेषण छ। उक्त टीमले यसपटक भक्तलाई कस्तो व्यवहार गर्ला, त्यो कुरा एमालेभित्रै कौतुहलताको विषय बनेको देखिन्छ।
एकातर्फ प्रदेशसभामा गठबन्धनको मत अगाडि हुनु, कांग्रेसभित्र सुदृढ एकता कायम हुने परिस्थिति निर्माण हुनु, युवा भएकाले नयाँ पुस्ताको आकर्षण हुनु, निष्ठावान नेता हुनु, आदि कारण गठबन्धनका उम्मेदवार सुदीप निर्वाचनमा अग्रपंक्तिमा देखिएका छन्। उनको शालीन र भ्रद स्वाभावले पनि मतदाता आकर्षित हुने वामवृत्तको विश्लेषण देखिन्छ।
‘मंसीर ४ को निर्वाचनमा तपाई विजयी हुने सम्भावना देख्नुहुन्छ’ भन्ने प्रश्नमा कुंवर भन्छन्– ‘‘मैले कसैप्रति उपेक्षा गर्दिनँ, प्रतिस्पर्धा अस्वस्थ हुनुपर्छ भन्ने पनि ठान्दिनँ। तर, हरेक कोणबाट हेर्दा यसपटकको निर्वाचनमा मैले आफ्नै प्रतिस्पर्धी देखेको छैन। मैले चुनाव जितिसकेको छु। तर, कानुन प्रक्रिया पुर्याउन मंसीर ४ त कुर्नैपर्यो नि ! लाेकपार्टीबाट साभार गरीएकाे हाे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया