SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/२८ गते
    ७१० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सत्ता गठबन्धनमा नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ १६५ सिटमध्ये १०० सिटमा दाबी गरेपछि नेकपा माओवादी केन्द्रले भागबण्डाको नयाँ फर्मुला अघि सारेको छ । १६५ सिटलाई शत प्रतिशत मानेर काँग्रेसलाई ५० प्रतिशत र गठबन्धनका बाँकी चार दललाई ५० प्रतिशत सिट बाँडफाँट हुनुपर्ने माओवादीको तर्क छ ।

    ‘काँग्रेस एक सय सिट दाबी गरेको छ । गठबन्धन गरेर एकल बहुमत ल्याउने रणनीतिमा काँग्रेस देखिन्छ । गठबन्धनमा ठुलो पार्टी काँग्रेस होला । त्यसमा हामीहरुले नै भोट हालेर हुने हो,’ प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने, ‘गठबन्धनमा कुनै एउटा पार्टीलाई मात्रै ठुलो बनाउने गरी तालमेल हुँदैन । गठबन्धनको समझदारी अनुसार सिट बाँडफाँट हुनुपर्छ ।’

    उनका अनुसार भागबण्डाका लागि काँग्रेस एउटा हिस्सा हुने र अर्को हिस्सामा माओवादी सहित चार दल हुन्छन् । ‘त्यसमा ५०/५० प्रतिशत भागवण्डा हुनुपर्छ,’ उनले भने ।

    काँग्रेसलाई ५० प्रतिशत दिएर बाँकी रहेको ५० प्रतिशत माओवादीसहित दलहरू मिलेर भागबण्डा गरिने ती नेताको भनाइ छ । यदि त्यसमा बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी पनि जोडिन आएमा मिलाउन सकिने उनले बताए ।

    उक्त प्रस्ताव काँग्रेसलाई स्वीकार्य नभएमा माओवादीले ६० सिट लिने प्रस्ताव गरेको छ । अघिल्लो निर्वाचनमा एमालेले माओवादीलाई दिएको ५९ सिटलाई आधारविन्दु बनाएर तालमेल गर्नुपर्ने माओवादी नेताहरूको अडान छ ।

    ‘हामीले तत्कालीन एमालेसँग ५९ सिट लिएर उम्मेदवार उठाएका थियौँ । एमालेले आफूसहित अरू केहीलाई समेत सूर्य चिह्न दिएर उठाएको थियो । हामीले ३६ सिट जित्यौँ, एमालेले ८० सिट जित्यो,’ ती स्थायी समिति सदस्यले भने, ‘अब हुने चुनावमा पनि काँग्रेसले १०५ सिट लिएर त्यसमै एकीकृत समाजवादी, जसपा, जनमोर्चालाई मिलाउनु प¥यो । हामी ६० सिट लिन्छौँ ।’

    अघिल्लो निर्वाचनमा एमालेसँग तालमेल हुँदाकै मोडालिटीमा तालमेल गर्न सकिने माओवादी केन्द्रका नेताहरू बताउँछन् । त्यतिबेला एमालेले तालमेलबाट प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरेर १२१ सिट र माओवादीले प्रत्यक्षमा ३६ समानुपातिकमा १७ गरेर ५३ सिट जितेको थियो ।

    गत वैशाख ३० गतेको स्थानीय चुनावमासमेत माओवादी तेस्रो भए पनि २०७४ सालको तुलनामा सुधार भएको भन्दै प्रदेश र प्रतिनिधिसभा चुनावमा बढी सिट पाउनुपर्ने अडान लिएको छ ।

    अध्यक्ष प्रचण्डले समेत माओवादी दोस्रो हुनेगरी सिट लिएर तालमेल गर्ने बताउँदै आएका छन् । गत वैशाख ३० गतेको निर्वाचनमा दोस्रो शक्ति बन्ने सम्भावना हुँदाहुँदै पनि सिट तालमेल र पार्टीभित्रको अन्तरघातले तेस्रो भएको भन्दै प्रचण्डले अब हुने चुनावमा दोस्रो हुनेगरी सिट सङ्ख्या लिएर तामलेल गर्ने बताउने गरेका छन् ।

    तर माओवादी केन्द्रका स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले कार्यदलमा सिट बाँडफाँटका विषयमा छलफल भइरहेकाले सार्वजनिक रूपमा सिट सङ्ख्या दाबी गर्नु अनुचित हुने बताए । ‘अहिले सिट बाँडफाँटका विषयमा कार्यदलमा छलफल भइरहेको छ । त्यसका मोडालिटी तयार हुँदैछ,’बस्नेतले भने, ‘यस्तो अवस्थामा हामीले यति सिट र उति सिट भनेर दाबी गर्दा राम्रो हुँदैन, झन् त्यसले माहौल बिगार्ने काम गर्छ ।’ माओवादीले गठबन्धनमा सम्मानजनक सिट सङ्ख्या लिएर चुनावमा जाने बस्नेतले दाबी गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं