
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । सत्ता गठबन्धनमा नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ १६५ सिटमध्ये १०० सिटमा दाबी गरेपछि नेकपा माओवादी केन्द्रले भागबण्डाको नयाँ फर्मुला अघि सारेको छ । १६५ सिटलाई शत प्रतिशत मानेर काँग्रेसलाई ५० प्रतिशत र गठबन्धनका बाँकी चार दललाई ५० प्रतिशत सिट बाँडफाँट हुनुपर्ने माओवादीको तर्क छ ।
‘काँग्रेस एक सय सिट दाबी गरेको छ । गठबन्धन गरेर एकल बहुमत ल्याउने रणनीतिमा काँग्रेस देखिन्छ । गठबन्धनमा ठुलो पार्टी काँग्रेस होला । त्यसमा हामीहरुले नै भोट हालेर हुने हो,’ प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने, ‘गठबन्धनमा कुनै एउटा पार्टीलाई मात्रै ठुलो बनाउने गरी तालमेल हुँदैन । गठबन्धनको समझदारी अनुसार सिट बाँडफाँट हुनुपर्छ ।’
उनका अनुसार भागबण्डाका लागि काँग्रेस एउटा हिस्सा हुने र अर्को हिस्सामा माओवादी सहित चार दल हुन्छन् । ‘त्यसमा ५०/५० प्रतिशत भागवण्डा हुनुपर्छ,’ उनले भने ।
काँग्रेसलाई ५० प्रतिशत दिएर बाँकी रहेको ५० प्रतिशत माओवादीसहित दलहरू मिलेर भागबण्डा गरिने ती नेताको भनाइ छ । यदि त्यसमा बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी पनि जोडिन आएमा मिलाउन सकिने उनले बताए ।
उक्त प्रस्ताव काँग्रेसलाई स्वीकार्य नभएमा माओवादीले ६० सिट लिने प्रस्ताव गरेको छ । अघिल्लो निर्वाचनमा एमालेले माओवादीलाई दिएको ५९ सिटलाई आधारविन्दु बनाएर तालमेल गर्नुपर्ने माओवादी नेताहरूको अडान छ ।
‘हामीले तत्कालीन एमालेसँग ५९ सिट लिएर उम्मेदवार उठाएका थियौँ । एमालेले आफूसहित अरू केहीलाई समेत सूर्य चिह्न दिएर उठाएको थियो । हामीले ३६ सिट जित्यौँ, एमालेले ८० सिट जित्यो,’ ती स्थायी समिति सदस्यले भने, ‘अब हुने चुनावमा पनि काँग्रेसले १०५ सिट लिएर त्यसमै एकीकृत समाजवादी, जसपा, जनमोर्चालाई मिलाउनु प¥यो । हामी ६० सिट लिन्छौँ ।’
अघिल्लो निर्वाचनमा एमालेसँग तालमेल हुँदाकै मोडालिटीमा तालमेल गर्न सकिने माओवादी केन्द्रका नेताहरू बताउँछन् । त्यतिबेला एमालेले तालमेलबाट प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरेर १२१ सिट र माओवादीले प्रत्यक्षमा ३६ समानुपातिकमा १७ गरेर ५३ सिट जितेको थियो ।
गत वैशाख ३० गतेको स्थानीय चुनावमासमेत माओवादी तेस्रो भए पनि २०७४ सालको तुलनामा सुधार भएको भन्दै प्रदेश र प्रतिनिधिसभा चुनावमा बढी सिट पाउनुपर्ने अडान लिएको छ ।
अध्यक्ष प्रचण्डले समेत माओवादी दोस्रो हुनेगरी सिट लिएर तालमेल गर्ने बताउँदै आएका छन् । गत वैशाख ३० गतेको निर्वाचनमा दोस्रो शक्ति बन्ने सम्भावना हुँदाहुँदै पनि सिट तालमेल र पार्टीभित्रको अन्तरघातले तेस्रो भएको भन्दै प्रचण्डले अब हुने चुनावमा दोस्रो हुनेगरी सिट सङ्ख्या लिएर तामलेल गर्ने बताउने गरेका छन् ।
तर माओवादी केन्द्रका स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले कार्यदलमा सिट बाँडफाँटका विषयमा छलफल भइरहेकाले सार्वजनिक रूपमा सिट सङ्ख्या दाबी गर्नु अनुचित हुने बताए । ‘अहिले सिट बाँडफाँटका विषयमा कार्यदलमा छलफल भइरहेको छ । त्यसका मोडालिटी तयार हुँदैछ,’बस्नेतले भने, ‘यस्तो अवस्थामा हामीले यति सिट र उति सिट भनेर दाबी गर्दा राम्रो हुँदैन, झन् त्यसले माहौल बिगार्ने काम गर्छ ।’ माओवादीले गठबन्धनमा सम्मानजनक सिट सङ्ख्या लिएर चुनावमा जाने बस्नेतले दाबी गरे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया