News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    कुश्मामा फाल्गुन १५ देखि २५ गतेसम्म हुने दोस्रो मगर महोत्सवको उद्घाटन सांसद पदम गिरीबाट हुने

    बैकुण्ठ गिरी, पर्वत । यहि फाल्गुन १५ देखि २५ गतेसम्म कुश्मा बजारको बढागाँउ चौरमा हुन लागेको दोस्रो मगर महोत्सवको उद्घाटन प्रतिनिधी सभाका साँसद पदम गिरीले गर्ने भएका छन् । गिरी प्रतिनिधि सभामा पर्वतबाट प्रत्येक्ष तर्फका साँसद हुन ।

    पर्वत जिल्लाको बिकास निर्माण तथा सामाजीक काममा तथा युवाहरुको बिचमा निकै राम्रो छवि भएका साँसद गिरीले महोत्सव उद्घाटन गर्ने निर्णय भएको महोत्सव आयोजक समिति पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनले सुचनाकेन्द्र डटकमलाई बताएका छन् । पुनका अनुसार गिरीले मगरहरुको संग्राहलय निर्माण लगाएतको काममा पुन युवा क्लवलाई निरन्तर सहयोग गर्दै आएको बताए ।

    यसरी हुँदैछ फाल्गुन १५ देखि २५ गतेसम्म कुश्मा वडागाउ चाैरमा दोस्रो मगर महोत्सव

    दोस्रो मगर महोत्सवको तयारी तिब्र, दर्शकहरु प्रखाईमा, ८० प्रतिशत स्टल बुक भैसक्यो

    लाेक कल्याणकारी

    प्रतिक्रिया