SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/७/२२ गते
    ११३९ &#२३४६;&#२३३५;&#२३२५;

    नेकपाका अध्यक्षद्वयबीच असमझदारी चुलिँदै गर्दा महासचिव विष्णु पौडेलले भने भदौ २६ को स्थायी समिति बैठकले पारित गरेको निर्णयका आधारमा फेरि समझदारीको प्रयास गर्नुपर्ने भन्दै सक्रियता बढाएका छन्। उनले यसबारे गृहमन्त्री रामबहादुर थापासँग गृह मन्त्रालयमा झण्डै एक घण्टा छलफल गरेे ।

    यसअघि प्रधानमन्त्री केपी ओलीले थापालाई मंगलबार साँझ बालुवाटार बोलाएर कित्ता स्पष्ट पार्न भनेका थिए । थापा प्रचण्ड र ओली दुवैले बोलाएको छलफलमा सहभागी हुँदै आएका थिए । उनले मंगलबार प्रधानमन्त्रीसँग पार्टी स्थायी समितिको निर्णय मानेर जान र मन्त्रिमण्डल पुनर्गठनमा पार्टीभित्र देखा परेका गुटगत समूहलाई नै छान्ने अधिकार दिन आग्रह गरेका थिए ।

    थापालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भेट गरेर एकताको पक्षमा भूमिका खेल्न आग्रह गरेकी थिइन् । उनले शुक्रबार महासचिव पौडेलसँग पनि सोहीअनुसार कुरा राखेका थिए । पौडेलले पनि एकता बचाउन आफूहरूले पहलकदमी लिनुपर्ने थापासँग बताएका थिए । उनले विगतको विवाद समाधान गर्न दुई अध्यक्षले गठन गरेको कार्यदलका सदस्यहरूलाई पनि शुक्रबार टेलिफोन गरी एकपटक कार्यदलको रिपोर्टका आधारमा दुवै अध्यक्षलाई अगाडि बढ्न आग्रह गर्नुपर्ने बताएका थिए ।

    ‘शंकरजीलाई पनि मैले भनेको छु, तपाईं हामी पनि एकपटक बसौं, दुवै अध्यक्षसँग छलफल गरौं, त्यसका लागि अध्यक्षद्वयको समय मै निर्धारण गर्छु’, महासचिवले टेलिफोनमा भनेको भनाइ उद्धृत गर्दै कार्यदलका एक सदस्यले भने, ‘कार्यदलको रिपोर्ट लागू गरौं । स्थायी समितिको निर्णय कार्यान्वयन गरेर जान दुवै अध्यक्षलाई आग्रह गरौं । पार्टी एकता बचाएर जाऔं ।’

    महासचिव पौडेलको त्यस्तो प्रस्तावपछि शनिबार कार्यदलका सदस्यहरूले भेट गरी एक चरण छलफल गर्ने र दुवै अध्यक्षसँग संवाद गर्ने तयारी उनीहरूले गरेका छन् । अन्नपूर्ण पोस्टबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं