SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/७/६ गते
    ११५१ &#२३४६;&#२३३५;&#२३२५;

    भारतीय गुप्तचार संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौँ आउनुमा सत्तारुढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको सुरक्षा अधिकारीहरुको छ ।

    भारतसँग सीमा विवाद चुलिएका बेला सत्तारुढ दल नेकपामा किचलो देखिएकाले सुरक्षाअधिकारीहरु गोयलको भ्रमणलाई पनि त्यसैसँग जोडेर विश्लेषण गर्छन् । रअ प्रमुखको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभएपनि सीमा विवादबारे विभिन्न दलका नेताहरुसँग उनले छलफल गर्ने कार्यक्रम रहेको एक उच्च अधिकारीले जानकारी दिएका छन् । तर, कुन तहको राजनीतिक भेटघाट भन्ने बारे केही खुलेको छैन ।

    प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापा राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले बुधबार राति रअका अधिकारीहरुले सरकारी अंगका प्रमुखहरुलाई भेट गर्ने अवसर नपाएको स्रोतको दाबी छ ।

    तर उनीहरुले सत्तारुढ दलका केही नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग भने छुट्टाछुट्टै भेटघाट गरेको स्रोतको दाबी छ । ‘नक्साल र सानेपास्थित होटलमा उनीहरुले बेग्लाबेग्लै भेटघाट गरेका छन्,’ राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने, ‘त्यसमा रअका प्रमुख आफै सहभागी भएका छने् ।’ नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं