
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
बझाङ, । ससुरा, श्रीमान् र नन्दे भाइबाट बलात्कार र बर्बर यातना पाएकी बझाङ सुनकुडाकी २१ वर्षीया युवतीलाई उनकै कान्छा ससुराले पनि लामो समय बलात्कार गरेर गर्भपतन गराएको खुलेको छ । लगातारको बलात्कारका कारण कान्छा ससुराको गर्भ रहेपछि जुसमा औषधि मिलाएर पिउन दिई गर्भपतनसमेत गराएको उनले बझाङका जनप्रतिनिधिसमक्ष बताएकी छन् ।
आइतबार बिहान उनलाई भेट्न जिल्ला अस्पताल बझाङ पुगेका प्रतिनिधिसभा सदस्य आशाकुमारी विक र तत्कालीन संविधानसभा सदस्य अफिलाल ओखेडासमक्ष आफ्नो पीडा पोख्दै घटनाबारे जानकारी गराएकी हुन् ।
२०७५ कात्तिक ७ गते फुपूसासू नाता पर्ने महिलाले आफू र श्रीमान्लाई बच्चा हुने उपचार गर्न भन्दै बित्थडचिर गाउँपालिकाको सुनकुडा गाउँ (पीडित युवतीको घर) बाट धनगढी लगेको युवतीले बताइन् ।
दुई सातासम्म त्यहाँ उपचार गरेपछि ‘बच्चा नहुनुमा कसको कमजोरी हो पत्ता लागेन, यहाँ जाँच गर्ने मेसिन बिग्रेको रहेछ, तिमीहरू दिल्ली जाऊ, दाइ उतै हुनुहुन्छ, उतै उपचार गर्नू’ भनेर श्रीमान् र आफूलाई दिल्ली पठाएको उनको भनाइ छ । कात्तिक २१ गते उनीहरूलाई लैजान दिल्लीबाट कान्छा ससुरा आएका थिए ।
धनगढीबाट हिँडेको भोलिपल्ट नै उनीहरू दिल्लीको आनन्द विहार नजिक कान्छा ससुराको कोठामा पुगे । त्यहाँ कान्छी सासू पनि सँगै बस्थिन् । केही दिनसम्म उपचारका लागि भनेर श्रीमान्लाई केही अस्पतालमा जाँच गरिए पनि आफूलाई कतै नलगेको युवतीले बताइन् । एक सातापछि भने कान्छा ससुराले युवतीका श्रीमान्लाई उनको कोठाभन्दा निकै टाढा काम खोजेर उतै बस्ने व्यवस्था गरिदिएका थिए ।
त्यसपछि कान्छा ससुरा/सासू र उनी मात्रै एउटै कोठामा बस्न थाले । ‘सुत्ने कोठा एउटै थियो, ससुरा र सासू खाटमा सुत्थे । ठीक तल भुइँमा मेरो बिस्तरा थियो,’ पीडित युवतीले भनिन्, ‘श्रीमान् बाहिर बस्न थालेको दोस्रो रात नै सुतेको बेला ससुराले मेरो इज्जत लुट्यो । तर सासूले थाहै नपाए जस्तो गरिन्,’ उनले भनिन् ।
बिहान सासूलाई घटनाबारे सुनाउॅदा ‘यस्तो भइहाल्छ, घरभित्रको कुरा बाहिर भन्नु हुँदैन’ भनेर सामान्य रूपमा लिएको उनले बताइन् । ससुराले भने, ‘यस्तो कुरा कसैलाई भने मारेर गायब गरिदिने’ धम्की दिए । ‘दिल्लीमा मेरो चल्छ । यस्तो कुरा कसैलाई भनिस् भने मारेर नालीमा फाल्दिन्छु । तेरो पोइलाई पनि नभन्नु भनेर धम्काए,’ पीडित युवतीले भनिन् । त्यसपछि उनीमाथिको बलात्कार शृंखला लगातार तीन महिनासम्म चल्यो । उनका अनुसार सासू बिउँझै भएको बेला पनि ससुराले इज्जत लुट्थे । सासू कहिले थाहा नपाए जस्तो गर्थिन्, कहिले हेरेर हाँस्थिन् ।
तीन महिनासम्म महिनावारी नभएपछि उनलाई ससुराले एक दिन कालो जुस खान दिएका थिए । त्यही जुस खाइसकेपछि आफ्नो गर्भपतन भएको थाहा पाएको युवतीले सुनाइन् ।
कान्छा ससुराको बर्बर यौन शोषणबाट मुक्त हुन चाहन्थिन् उनी तर सहयोग गर्ने कोही थिएन । ‘मलाई कुटपिटसमेत गरेर धेरै दुःख दिन थाले, यहाँ बस्न सक्दिनँ, मेरो बुबा भएको ठाउँ जान चाहन्छु भनेर एक दिन ससुराकी मालिक्नीसँग रुँदै सबै कुरा सुनाएँ,’ उनले भनिन्, ‘त्यसपछि मालिक्नीले यसको घर पुर्याउने खर्च म दिन्छु, तुरुन्त यसको बुबाको घरमा पुर्याएर आऊ भनिन् । त्यसपछि मलाई काका ससुराले बझाङ ल्याएका हुन् ।’
बझाङ अस्पतालमा घटनाको विवरण सुन्दै गरेकी सांसद आशा विकले आँसु थाम्न सकिनन् । उनले आफूले यस्तोसम्म हुन सक्छ भनेर कहिले कल्पना नगरेको बताइन् । ‘घटना सुन्दा मेरो हातखुट्टा काँपे, रिंगटा लाग्ला जस्तो भयो,’ उनले भनिन्, ‘सुन्नै नसकिने घटना यिनले कसरी भोगिहोलिन् भन्ने कुराले झन् भाउन्न भएर आयो ।’
पीडितलाई भेटेलगत्तै सांसद विक र संविधानसभा सदस्य अफिलाल ओखेडाले जिल्ला प्रहरी कार्यालय पुगेर डीएसपीसँग भेटघाट गरेका थिए । ‘यस्तो कहालीलाग्दो घटनामा संलग्न अपराधीलाई कुनै हालतमा छोड्नु हुन्न भनेर आएका छौं,’ ओखेडाले भने, ‘प्रहरीलाई अनुसन्धानमा सघाउन केन्द्र र प्रदेशका जनप्रतिनिधिहरूलाई पनि दबाब दिनेछौं ।’
पीडितलाई भेट्न गएका अर्का प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहले आततायी प्रकृतिको यो घटनाले आफूलाई स्तब्ध बनाएको बताए । उनले अपराधीलाई कानुनी कठघरामा ल्याउन आफूले सक्दो पहल गर्ने बताए । यसैबीच, मानसिक रोग विशेषज्ञ र परीक्षण गर्ने प्रविधिको अभावमा पीडित युवतीको उपचारमा समस्या भएको जिल्ला अस्पताल बझाङले जनाएको छ ।
‘यहाँ उपलब्ध साधनस्रोतको आधारमा हामीले उपचार गरिरहेका छौं । पहिलाभन्दा निकै सुधार पनि भएको छ,’ जिल्ला अस्पताल प्रमुखडा. सन्दीप ओखेडाले भने, ‘उनलाई पूर्ण रूपमा निको पार्नका लागि विशेषज्ञ सेवासहितको उपचार चाहिएको छ । त्यो यहाँ सम्भव छैन ।’ उनले पीडितको उपचार र पुनःस्थापना सँगै गर्न सके राम्रो हुने सुझाव दिए ।
छोरीको न्यायका लागि भारतमा गर्दै आएको चौकीदारी छोडेर नेपाल आएका उनका काकाले जिल्लाबाहिर लिएर उपचार गराउन सक्ने आफ्नो आर्थिक हैसियत नभएको बताए । ‘यसको घटना भएदेखि काम पनि गर्न पाएको छैन । अहिलेसम्म उपचार गर्दा र भारतबाट बझाङ ल्याउँदा भारु दुई लाखभन्दा बढी खर्च भइसक्यो,’ उनले भने, ‘एक लाखजति ऋण परेको छ । बाहिर लिएर उपचार गर्न सक्ने अवस्था छैन ।’ युवतीका बुबा हाल अशक्त अवस्थामा छन् ।
बुंगल नगरपालिका–२ की ओखेडा दलित परिवारकी युवतीको तीन वर्षअघि बित्थडचिर गाउँपालिका–७ का दलित युवकसँग बिहे भएको थियो । सानैमा आमाले छाडेपछि काकाले नै संरक्षण गरी २०७४ असारमा बिहे गराइदिएका हुन् । बच्चा नभएकाले उपचार गर्न भन्दै फेरि श्रीमान्सहित सासूससुरा र नन्दले उनलाई भारत लिएर हिँडे ।
त्यसपछि उनीमाथि श्रीमान्, ससुरा र उतै रहेका नन्दका श्रीमान्ले बलात्कारका साथै बर्बर यातना दिन थाले । आफूहरूलाई चित्त नबुझेका बेला नचिनेका मान्छे ल्याएर पैसा लिँदै वेश्यावृत्तिमा लगाउने गरेको उनी बताउँछिन् । त्यो बेला आफ्नै ससुराले समेत उनको गर्भपतन गराएका थिए ।
बच्चा जन्माउनका लागि झारफुक गर्न भन्दै उनीहरूले तमिलनाडुको मसानघाटसमेत पुर्याएको र मरेको मान्छेको हड्डी कुटेर खुवाएको पनि युवतीले बताइन् । ‘राति मलाई नांगै बनाएर मान्छेको लास बोक्ने बाकसमा राखेर मसानघाट लगे,’ उनले भनिन्, ‘त्यहाँ लगेर मरेको मान्छेको हड्डी कुटेर खुवाए । खान्न भन्दा मारेर यतै फाल्छु भनेपछि डरैडरले खाएँ ।’
मसानघाटबाट ल्याएको हड्डी घरमा समेत केही दिनसम्म जबर्जस्ती खान दिएको उनले बताइन् । यसपटक भने उनी भारतीय नागरिकको सहयोगमा काकाको सम्पर्कमा आएकी हुन् । उनै काकाले भदौ पहिलो साता बझाङ ल्याएर उपचार गराइरहेका छन्, आजको कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंहले समाचार लेखेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया