
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौँ । सरकारले परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेपछि विभिन्न कोणबाट बहस सुरु भएको छ । पहिलो प्रश्न, के उनी परराष्ट्र सेवाबाट मुख्य सचिव हुने पहिलो कर्मचारी हुन् ? दोस्रो, के परराष्ट्र सेवाबाट नियुक्त भएका मुख्यसचिवले समग्र कर्मचारीतन्त्र हाँक्न सक्छन्? परराष्ट्र सेवामा प्रवेश गरेर निरन्तर त्यही सेवामा काम गर्दै सचिव भएर मुख्यसचिवमा बढुवा हुने वैरागी पहिलो हुन् । तर, अन्य मन्त्रालयमा सचिव भई केही समय परराष्ट्रसचिव भएर मुख्यसचिव हुने पहिलो व्यक्ति भने सोभाग जंग थापा हुन् ।
थापा रक्षासचिवबाट सन् १९५४ मा परराष्ट्र मन्त्रालयमा सरुवा भएका थिए । उनले सन् १९९५ सम्म उनले परराष्ट्रसचिवको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनी फेरि रक्षा मन्त्रालय सम्हाल्ने गरी मुख्य सचिवमा नियुक्त भए र पछि रक्षा मन्त्रालय छाडेर पूर्णरुपमा मुख्य सचिवको कार्यभार सम्हाले । नेपालमा परराष्ट्र मन्त्रालयको अभ्यास पृथ्वीनारायण शाहका पालामा नै शुरु भए पनि सन् १९५१ मा मात्रै परराष्ट्र मन्त्रालयको स्थापना भएको हो । तर, मन्त्रालय औपचारिकरुपमा स्थापना हुनु भन्दा पहिला सन् १९४८ देखि नै परराष्ट्र सचिवको व्यवस्था भएको हो । मन्त्रालयको रेकर्ड अनुसार पहिलो परराष्ट्र सचिव नरेन्द्रमणि आचार्य दीक्षित हुन् भने दोस्रो रामप्रसाद मानन्धर हुन् । तेस्रो परराष्ट्र सोभागजंग थापा हुन्, जो पछि मुख्यसचिव भए । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बेबसाइटमा राखिएको मुख्य सचिवहरुको लिष्टमा भने थापाको नाम छैन । वैरागी पहिलो हो कि होइनन् भन्नेमा केही प्राविधिक अस्पष्टता देखिए पनि विगत ७० वर्षको इतिहासमा परराष्ट्र सेवाबाट मुख्यसचिव हुने पहिलो व्यक्ति वैरागी नै हुन् ।
परराष्ट्र सेवाका मुख्यसचिवले कर्मचारीतन्त्र हाँक्न सक्छन् ? मुख्यसचिवमा वैरागीको नियुक्तिसँगै निजामति क्षेत्रमा नयाँ बहस सतहमा आएको छ । के निरन्तर एउटै मन्त्रालयमा बिताएका व्यक्तिले समग्र सेवालाई सम्हाल्न सक्लान् रु के उनीसँग प्रधानमन्त्री कार्यालय संचालन गर्नका लागि चाहिने पर्याप्त अनुभव छ? किनकि मुख्यसचिव हुने व्यक्तिसँग दुर्गम भेगमा काम गरेको अनुभवदेखि प्रमुख जिल्ला अधिकारी र विभिन्न मन्त्रालयमा रहेर काम गरेको अनुभव हुन्छ । साथै, विभिन्न मन्त्रालयका विविध विषयदेखि कर्मचारीहरुसँग पनि चिनजान गरेको अनुभव हुन्छ जुन परराष्ट्र सेवाबाट व्यक्तिसँग नहुन सक्छ । एक पूर्वपरराष्ट्रसचिव भन्छन्, ‘निश्चय नै परराष्ट्र सचिवलाई कर्मचारीतन्त्रको सबै नट बोल्ट थाहा नहुन सक्छ, जति अन्य मन्त्रालय लामो समय सम्हालेर आएकासँग हुन्छ ।’ उनका अनुसार यसका केही सकारात्मक पाटो पनि छ । किनभने, परराष्ट्र सचिव भएको व्यक्तिले राष्ट्रिय(अन्तराष्ट्रिय एक्सपोजर पाएको हुन्छ । उनले भने, ‘उनले विभिन्न देशमा बसेर काम गरेको अनुभव र ज्ञानका माध्यमले उनले राम्रो कार्यसम्पादन समेत गर्न सक्छन्
यो पनि पढ्नुहोस
जानकारहरुका अनुसार परराष्ट्र मन्त्रालयबाट मुख्य सचिव हुनको लागि कुनै व्यवहारिक कठिनाइ छैन, खाली यो राजनीतिक नेतृत्वको इच्छाशक्तिको विषय हो । यस अगाडिका मुख्य सचिवलाई भन्दा वैरागीलाई लामो समय परराष्ट्र मन्त्रालय सम्हाले अबसर प्राप्त भएका कारण पनि उनलाई मुख्यसचिव हुनका लागि सहज भएको हो । कतिपय सरकारमै रहेका नेताहरु पनि परराष्ट्र सचिवले निजामति कर्मचारीतन्त्र हाँक्न मुस्किल पर्ने बताउँछन् । नेकपाका एक नेताले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री कार्यालयका सचिवहरु काबिल भन्दा पनि अन्त काम नलागेर थन्क्याइएका छन्, यस्तो बेलामा मुख्यससचिव कमजोर भैदिए भने प्रधानमन्त्रीलाई काम गर्न गाह्रो पर्न सक्छ ।’ वैरागीले सन् २०१४ मा नै कार्यवाहक परराष्ट्र सचिवको कार्य शुरु गरे । त्यसको एक वर्षपछि उनी सचिवमा नियुक्त भए । यस अवधिमा उनले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग नजिकसँग काम गर्ने अवसर पाए । वैरागी अहिले सबै राजनीतिक दलका नेतालाई रिझाएर मुख्य सचिव हुन सफल भएका छन् । कात्तिक १० गतेसम्म पदावधि भएका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएर बेलायतको राजदूत हात पारेपछि वैरागीलाई मुख्यसचिव बन्ने बाटो खुलेको हो । लोकदर्शनले राजदूतको प्रलोभनमा नपरी पूरै कार्यकाल मुख्यसचिव चलाएको भए वैरागी मुख्यसचिव बन्ने ठाउँ रहँदैनथ्यो । किनभने, रेग्मीको कार्यकाल नसकिँदै यही असोज २२ गते नै वैरागीले परराष्ट्र सचिवबाट अवकाश पाउन लागेका थिए ।वैरागी सन् १९८७ मा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यसैगरी उनले ब्रेसल्सको फ्री विश्वविद्यालयबाट विकासमा स्नातकोत्तर गरेका छन् ।
वैरागीको जन्म सन् १९६६ मा पर्वतमा भएको हो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया