SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/११ गते
    १०८० &#२३४६;&#२३३५;&#२३२५;

    मास्क लगायत सङ्क्रमित र सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्री पनि घरायसी फोहोरमा मिसिएर त्यसै बाहिर जाने गरेका छन् । कतिपय स्थानमा ढल, नदी, सडक वा अस्पताल आसपास जथाभावी प्रयोग गरिएका मास्क फ्याँकिएका भेटिन्छन् ।

    कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बिरामीले प्रयोग गरेको मास्क, ओढ्ने ओछ्याउने र प्रयोग गर्ने अन्य वस्तुबाट सर्ने जोखिम उत्तिकै रहन्छ । सङ्क्रमणको जोखिमसँगै वातावरण पनि दूषित बनाइरहेको वातावरण विभागका वातावरणविद् भूपेन्द्र शर्माले बताए ।

    सङ्क्रमण दर काठमाडौँ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा व्यापक हुँदै गइरहेको छ । स्थानीय, प्रदेश, सङ्घीय तथा जिल्ला प्रशासन कार्यालयको सङ्क्रमणको जोखिम बढे अनुसार आफ्ना क्षेत्रमा निषेधाज्ञाको आदेश दिएको छ । तथापि अस्पताल आउजाउमा रोक लगाइएको छैन ।

    त्यस्तै अत्यावश्यक खाद्यान्न, तरकारी, पानी लगायतका पसल पनि निश्चित समय खोलिने गर्छन तर मानिसले आफू घरभित्रै बसे पनि आफ्नो वरपर प्रयोग गरिएका वस्तु जथाभावी फाल्ने क्रम नरोकिएको वातावरणविद् शर्मा बताउँछन् ।

    सबैभन्दा बढी जोखिम सङ्क्रमित र स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कले बढाइरहेको उनी बताउँछन् । फोहोरको थुप्रोमा, ढल तथा नदीमा र सडक छेउछाउमा फालिने मास्कमा भाइरस रहेको खण्डमा त्यसलाई छुने व्यक्तिलाई पनि सङ्क्रमण हुनसक्ने खतरा मानिसले नबुझेको उनी सुनाउँछन् ।

    त्यस्तै यतिबेला अस्पतालजन्य फोहोर व्यवस्थापन पनि उही परम्परागत ढङ्गमा नै विसर्जन हुनु सङ्क्रमण फैलाउने अर्को चुनौती बनेको दाबी उनको छ । यसले हरेक दिन घर, टोलसँगै अस्पतालबाट फोहोर सङ्कलन गर्ने व्यक्ति सबैभन्दा उच्च जोखिममा परेका छन्, उनी भन्छन् । अस्पतालबाट ठोससँगै तरल फोहोरबाट पनि कोरोना भाइरस बाहिर समाजको सम्पर्कमा पुगेको अनुमान उनी गर्छन् । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं