
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं, । घरबाट निस्कँदै हुनुहुन्छ ? बानी बदल्नुस्। तीन कुरा साथमा राख्न नबिर्सनुस्। १, मास्क। २.सेनिटाइजर। ३. चानचुन नोट (पैसा)। यी तीन चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुन सक्छ। यसबाहेक नोट गन्दा बूढी र चोरऔंलामा थुक लगाउने पुरानो बानी त्याग्न चिकित्सकको आग्रह छ। सार्वजनिक सवारीसाधनका सह–चालक पनि सावधान हुनुहोस्– ‘फलाना ठाउँ आयो’ भन्दै चिच्याउँदा थुकका छिटा यात्रुतिर पर्लान्।
लकडाउन आंशिक खुलेकै अवस्थामा उपत्यकामा कोरोना भाइरस संक्रमण बढेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मंगलबार ९ नयाँ संक्रमित थपिएका छन्। अब लकडाउन खोलिएपछि यसको जोखिम झन् थपिनेछ। त्यसैले यात्रा त गर्नुस्, सचेत हुनुस्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार सार्वजनिक यातायात चढ्दा पूर्वसावधानी अपनाउनुपर्ने हुन्छ। उनी भन्छन्, ‘घरबाट निस्कँदा चानचुन लिएर निस्कनु उपयुक्त हुन्छ। ठूलो नोट साट्दाखेरि सहचालकसँग बोल्नु पर्दा वा थुक लागेको नोट छ भने संक्रमणको जोखिम हुन्छ।’
गुट्खालगायत सुर्तीजन्य पदार्थ खाने सहचालक वा यात्री भएको खण्डमा नोटमा थुक भेटिने वा बोल्दा थुकका छिटा पर्ने सम्भावना हुन्छ। धेरैजसो सहचालकको पैसा गन्दा थुक लगाउने पुरानो बानी छ। ‘सहचालकले यात्रीसँग कराउन थाले पनि जोखिम हुन्छ। मास्क लगाउने र चुप्प लागेर चानचुन पैसा लिनु बुद्धिमानी हुन्छ’, डा. पुनले भने।
विगतमा झैं यात्रुले भाडामा किचकिच गर्ने, झ्यालबाट थुक्ने, जहाँ पायो त्यहीँ बस्ने, डन्डी वा सिटमा जहाँतहीँ छुने कार्य नगर्न डा. पुनको आग्रह छ। सकेसम्म यात्रु र सहचालकबीच पनि धेरै नबोल्दा नै उपयुक्त हुने डा. उनको सल्लाह छ। सहचालक दिनभरि धेरै व्यक्तिसँग कारोबार गर्नुपर्ने हुँदा संक्रमणको उच्च जोखिममा रहने चिकित्सकहरू बताउँछन्।
सरकारले सार्वजनिक यातायात चलाउने निर्णय गरेपछि खुसीसँगै चिन्ता बढेको छ। यातायात व्यवस्था विभागका महानिर्देशकका गोगनबहादुर हमालका अनुसार, साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुनेछन्। मन्त्रिपरिषद्को निर्णयअनुसार, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइने उनले जानकारी दिए। विभागले पनि यातायात सञ्चालनसम्बन्धी सुरक्षात्मक निर्देशिका बनाएको छ। उनले भने, ‘चालक र सहचालकले मास्क, सेनिटाइजर, पञ्जालगायत सुरक्षात्मक उपाय अपनाएरै यातायात सञ्चालन गर्नुपर्ने हुन्छ। यात्रुले पनि सजग हुनुपर्छ। सावधानी अपनाउनुपर्छ।’ भाडा भने यसअघि भन्दा ५० प्रतिशत बढी तिर्नुपर्ने उनले जानकारी दिए। यात्रुले सिटमा बस्दा पनि कम्तीमा २ मिटरको दूरी कायम गर्नुपर्छ।
मुलुकमा हालसम्म १७ हजार ९ सय ९४ संक्रमित भइसकेका छन। मन्त्रालयका अनुसार, पीसीआर विधिबाट हालसम्म ३ लाख २३ हजार ८ सय ३५ परीक्षण गरिएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७ सय ४ छ। त्यस्तै अस्पतालको आइसोलेसनमा उपचाररतको संख्या ५ हजार ४ सय ७७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये १२ हजार ७ सय ७७ जना डिस्चार्ज भइसकेका छन्। कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भएको छ। दिनेश गाैतमले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया