काठमाडौ । बलिउड अभिनेता अमिताभ बच्चनको परिवारका चार जना सदस्यलाई कोरोना संक्रमण पुष्टिपछि बलिउडमा एक तरंग आएको छ । उनीहरुसँग कन्ट्याकमा रहेका ५८ जना व्यक्तिहरुको झल्को देख्दापनि तरंग आएको हो । अहिले उनीहरुको पनि कोरोना परीक्षण भएको छ ।
मिडिया रिपोर्टका अनुसार उनीहरुको रिपोर्ट सोमबार दिउँसो आउँनेछ । कोरोना संक्रमण पुष्टि भएसँगै अमिताभ बच्चनको नानावती हस्पिटलमा उपचार गराइरहेका छन् । उनीसँगै अभिषेक, ऐश्वर्या र आराध्याको पनि सोही हस्पिटलमा उपचार भइराखेको छ ।
उनको स्वास्थ्यस्थिति स्थिर रहेको बताइएको छ । भारतमा पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमण फेलिएको छ । संक्रमितको संख्या ८ लाख ७९ हजार नाघेको छ । आइतबारमात्रै भारतमा २९ हजारभर संक्रमित फेला परेका छन् ।