SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/२६ गते
    ८८७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दाताको सहयोगमा जलजला गाउँपालिकाका आठसय विपन्न परिवारलाई झण्डै ३० लाख रूपैयाँको राहत सामग्री वितरण गर्नुभएको छ । कोरोनाको उच्च जोखिमसँगै लामोसमय मुलुकमा भएको लकडाउनका कारण विपन्न र श्रमिक वर्गलाई रोजीरोटीमा समस्या भएको भन्दै हिमालयन बालकल्याण मञ्चको सहयोगमा अध्यक्ष मल्लले उक्त राहत वितरण अभियान सञ्चालन गर्नुभएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    जलजला गाउँपालिकाका वडा नं २, ४, ५ र ७ नम्बर वडाका आठसय विपन्न परिवारलाई लक्षित गरि वितरण गर्न लागिएको उक्त राहत सामग्री अन्तर्गत प्रति परिवारलाई ४० केजी चामल, चार केजी दाल, तीन लिटर तेल र दुई केजी नून रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

    आइतबार जलजला-७ धाईरिङका एकसय ७५ जना परिवारलाई एक कार्यक्रमका बीच राहत वितरण शुभारम्भ गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले कोरोनाको महामारीबाट आक्रान्त भएका र लकडाउनको कारण श्रम गर्नबाट समेत बञ्चित भएका दलित तथा विपन्न वर्गको समस्यालाई मध्यनजर गर्दै आफूले दाता संस्थासँग गुहारेर उक्त राहत सामग्री जुटाएको वताउनु भयो ।

    अध्यक्ष मल्लले गाउँपालिकाभित्रका अति निम्न गरीब, दलित र कमजोर आय भएका समुदायलाई हेरेर यो कार्यक्रम बनाइएको वताउँदै आउँदा दिनमा अन्य वार्डमा समेत यस्तो कार्यक्रम संचालन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष मल्लले यो राहत सहयोगका लागि समन्वय गरिदिने प्रदेश सभा सदस्य ललितकला गुरूङ र मोदी गाउँपालिका- १ भूकका वडाअध्यक्ष भूलवहादुर पौडेलप्रति पनि आभार व्यक्त गर्नुभएको थियो ।

    जलजला गाउँपालिकाको वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक तथा वडा नं -४ का वडा अध्यक्ष भीष्म मल्लको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रूद्रलाल उपाध्याय र कार्यपालिका सदस्य मायाकुमारी शर्मा लगायतले राहत सहयोग जुटाएर विपन्न वर्गको जीविकोपार्जनमा महत्वपूर्ण योगदान गर्ने अध्यक्ष मल्लको प्रशंसा गर्नुभएको थियो ।

    जलजला गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रमको संचालन जलजला गाउँपालिकाका शाखा अधिकृत लीलाधर सुवेदीले गर्नुभएको थियो । आज शुभारम्भ भएको राहत वितरण कार्यक्रम अन्य वार्डका ६ सय २५ परिवारलाई समेत भोलि र पर्सी क्रमश गरिने जलजला गाउँपालिकाले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै

    पर्वत । के तपाई सुन्तलाको पारखी हनुहुन्छ, तपाईलाई सुन्तला कत्तिको मन पर्छ । सुन्तला खान...

    काँग्रेसका पूर्व सभापति गुरूङको प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा

    पर्वत। नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि...

    पर्वतमा लागु औषध सहित दुई जना पक्राउ

    पर्वत । पर्वतमा लागु औषध गाँजा, चरेस र आलो मासु सहित दुई जना व्यक्ति पक्राउ...

    पर्वतको जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

    पर्वत। पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको...

    पर्वत जेसिज-२०२६ को अध्यक्षमा शर्मिला पौडेल

    पर्वत।पर्वत जेसिज बर्ष-२०२६ को अध्यक्षमा शर्मिला पौडेल चयन हुनुभएको छ । सनिबार सम्पन्न जिल्ला शाखाको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं