SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/२६ गते
    १०४१ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर ।
    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को बहादुरगंजमा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गत को एक्सटेन्सन काउन्टर उद्घाटन कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह द्वारा एक कार्यक्रम का बिच उद्घाटन गरिएको छ । नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुख इन्द्र देव यादव ले आएका अतिथि लाई स्वागत मन्तव्य राख्नुभयो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    प्रमुख अतिथि कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह ले आफ्नो मन्तव्य राख्दै एक्सटेन्सन काउन्टर बाट बहादुरगंज लगायत अन्य क्षेत्र का जनता लभाम्वित हुने र व्यापारी, व्यवसायी, कृषक समेत सहुलियत कर्जा लिएर आ – आफ्नो व्यापार, व्यवसाय, कृषि फार्म हरू गर्न सक्ने बताउनुभयो ।विशिष्ट अतिथि नेपाल राष्ट्र बैंक भैरहवाका उप निर्देशक शान्ति प्रसाद पाण्डेय ले सर्व सधारण लगायत अन्य लाई सेवा प्रवाह गर्ने उद्देश्यले खोलिएको नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गतको एक्सटेन्सन काउन्टर को उत्रोतर प्रगतिको कामना गर्दै शुभकामना समेत व्यक्त गरे ।

    आन्तरिक राजस्व कार्यालय कृष्णनगर प्रमुख पूर्ण प्रसाद न्यौपाने ले सरकारी बैंक हरू राम्रो नरहेको सर्वसाधारण को बुझाइ लाई सबै भन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड ले अहिलेको अवस्थामा त्यस्तो बुझाइ लाई निराधार गरेको कुरा बताउदै राम्रो सेवा सुविधा दिने बैंक मध्ये नेपाल बैंक लिमिटेड पनि अग्र स्थानमा रहेको जिक्र गर्नु भयो ।नेपाल बैंक लिमिटेड प्रदेश नं ५ प्रमुख पसाङ दोर्जि सेर्पा ले (COVID-19) कोरोना भाइरस महामारी ले गर्दा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गतको एक्सटेन्सन काउन्टर अलि ढिलो भएर खुलेको जिक्र गर्दै काउन्टर खोल्न चालिस प्रतिशत परियोजना हरु बाट सहयोग भएको काउन्टर खोल्न नगर प्रमुख शाहको विशेष पहल रहेको, विभिन्न शिर्षकमा सहुलियत दरमा कर्जा समेत यस बैंक बाट उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

    बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुख ले प्रमुख अतिथि र विशिष्ट अतिथि लाई मायाको चिनो समेत प्रदान गरे ।उक्त उद्घाटन कार्यक्रममा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा का अर्जुन चालिसे,खुशबु शाह लगायत अन्य कर्मचारी हरू रहनुभयो । साथै व्यापारी, इलाका प्रहरी कार्यालय बहादुरगंज प्रमुख धर्मराज भण्डारी, स्थानीय लगाएत को उपस्थित रहेको थियो। कार्यक्रम संचालन सम्झना ढकाल ले गर्नु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै

    पर्वत । के तपाई सुन्तलाको पारखी हनुहुन्छ, तपाईलाई सुन्तला कत्तिको मन पर्छ । सुन्तला खान...

    काँग्रेसका पूर्व सभापति गुरूङको प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा

    पर्वत। नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि...

    पर्वतमा लागु औषध सहित दुई जना पक्राउ

    पर्वत । पर्वतमा लागु औषध गाँजा, चरेस र आलो मासु सहित दुई जना व्यक्ति पक्राउ...

    पर्वतको जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

    पर्वत। पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको...

    पर्वत जेसिज-२०२६ को अध्यक्षमा शर्मिला पौडेल

    पर्वत।पर्वत जेसिज बर्ष-२०२६ को अध्यक्षमा शर्मिला पौडेल चयन हुनुभएको छ । सनिबार सम्पन्न जिल्ला शाखाको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं