SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/२४ गते
    २६०९ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु, ।
    नेपालमा विहेगरि आउने बिदेशी महिलालाई सात बर्ष अनागरिक बनाउने सरकारकाे नागरिकता ऐन संशोधन विरुद्ध मुस्लिम समुदाय विराेध प्रदर्शन गरेकाे छ । विदेशी नागरिकलाई विवाह गरि नेपालकाे नागरिकताका लागि सात बर्ष अनागरिक भई बस्नुपर्ने र अंगिकृत नागरिकता गरेपनि राजनितिक नेतृत्वपंक्तिबाट बञ्चित गराउने विरुद्ध कपिलवस्तुका मुस्लिम संगठनहरु विराेध शुरु गरेका छन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    आज कृष्णनगरमा मुस्लिम अगुवाहरुकाे संगठन इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लह खांले सरकारले नागरिकता ऐन संशोधन विधेयकबाट महिलामाथि विभेद बढाइ माैलिक अधिकारबाट बञ्चित गर्न खाेजेकाेले हामी यस विरुद्ध प्रदर्शन गरिएको बताउनुभएकाे छ।

    धर्म निरपेक्ष राष्ट्रमा खासगरि तराईका मधेशी ,मुस्लिम समुदायलाई लक्षित गरेरै याे संशोधन विधेयक ल्याइएकोले हाम्राे समुदायलाई राजनितीक प्रतिस्पर्धामा पछाडि पार्ने षड्यन्त्र गरिएकाे अध्यक्ष खांले आराेप लगाएका छन । नेपालका अधिकांश मुस्लिम समुदायका युवायुवतीहरुकाे विहे भारत लगायत अन्य देशमा हुने गरेकाले यस विधेयकले सबभन्दा बढी मुस्लिम समुदाय नै प्रभावित हुने अध्यक्ष खांले बताउनुभयो ।

    स्थानीय मुस्लिम समुदायका लगभग सयौ जनाका काे उपस्थितमा आज रैलि निकालेर विराेध प्रदर्शन गरेका हुन । इत्तेहाद नेपाल मुस्लिम समुदायका हकहितमा वकालत गर्ने संस्था हाे ।कपिलवस्तु टाइम्स बाट सभार गरिएको ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै

    पर्वत । के तपाई सुन्तलाको पारखी हनुहुन्छ, तपाईलाई सुन्तला कत्तिको मन पर्छ । सुन्तला खान...

    काँग्रेसका पूर्व सभापति गुरूङको प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा

    पर्वत। नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि...

    पर्वतमा लागु औषध सहित दुई जना पक्राउ

    पर्वत । पर्वतमा लागु औषध गाँजा, चरेस र आलो मासु सहित दुई जना व्यक्ति पक्राउ...

    पर्वतको जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

    पर्वत। पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको...

    पर्वत जेसिज-२०२६ को अध्यक्षमा शर्मिला पौडेल

    पर्वत।पर्वत जेसिज बर्ष-२०२६ को अध्यक्षमा शर्मिला पौडेल चयन हुनुभएको छ । सनिबार सम्पन्न जिल्ला शाखाको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं