
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं,। सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्बन्धी तथ्य प्रमाण संकलन गर्न नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले उप्रेतीको संयोजकत्वमा विज्ञ समूह गठन गरेको हो।
सरकारका प्रवक्ता सञ्चारमन्त्री युवराज खतिवडाकाअनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावमा गठन गरिएको विज्ञ समूहमा गृहमन्त्री रामबहादुर थापाका प्रमुख स्वकीय सचिव सूर्यप्रसाद सुवेदी, इतिहासविद् रमेश ढुंगेल, संविधानविद् विपिन अधिकारी, जल/नदीविज्ञ डा.जगतप्रसाद भूसाल, नापी विभगका पूर्वमहानिर्देशक एवं सीमाविद् तोयानाथ बराल, हिमालय थापा, अप्सरा चापागाईं र परराष्ट्रका सहसचिव रामप्रसाद सुवेदी सदस्य छन्।
समूहलाई सार्वजनिक निकायलगायत विभिन्न संघ–संस्था, व्यक्ति र स्वेदेशी तथा विदेशी पुस्तकालय, अभिलेखालय, एवं संग्राहलयबाट नेपाल–भारत सीमा सम्बन्धमा सुस्ता क्षेत्र र उत्तर पश्चिम क्षेत्र लिम्पियाधुरा, कुटी, नाबी, गुञ्जी, कालापानी र लिपुलेक क्षेत्रमा नेपालको स्वामित्व स्थापित हुने गरी कागजपत्रको सक्कल र प्रमाणित प्रतिलिपि र सो नपाएमा प्रमाणित प्रतिलिपि प्राप्त गर्ने कार्यादेश तोकिएको छ।
कार्यादेशमा नेपाल–भारतबीचका सन्धि–सम्झौता र समझदारी पत्र, तत्कालीन इस्ट इण्डिया कम्पनी, ब्रिटिस सरकार र भारत सरकारसँग भएका पत्राचार, नेपाल–भारत सीमासम्बन्धी नक्सा (सुरुदेखि हालसम्म संयुक्त रूपमा र दुबै पक्षबाट प्रकाशितसमेत) संकलनको जिम्मा दिएको छ।
त्यस्तै सरकारी प्रतिवेदन, आदेश, प्रकाशन, सरकारका योजनालगायतका सरकारी दस्तावेज, सरकारी पत्राचार, प्रशासनिक आदेश र अन्य आधिकारिक तथ्य प्रमाण, अदालती फैसला, जग्गाको स्वामित्वको प्रमाणपत्र एवं राजस्व, मालपोत, भूमिकर तिरोभरो, तिरेका रसिद, भरपाई, पत्र वा आदेश, रुक्का, सनद सवाल आदी संकलनको जिम्मेवारी दिएको छ।डकुमेन्ट्रीमा लिम्पियाधुरा
चार दशक अघिसम्म लिम्पियाधुरासहितको नेपालको नक्सा प्रयोगमा रहेको तथ्य बाहिर आएको छ। सन् १९७१ मा सिक्किमी राजा चोग्यालको लगानीमा सत्यजित रेले निर्देशन गरेको वृतचित्र ‘सिक्किम’ सेलुल्याईट डकुमेन्ट्रीमा लिम्पियाधुरासहित चुच्चे नक्सा स्पष्ट देखिएको छ।
https://www.youtube.com/watch?v=fMqEe7NpFFI
सिक्किमको सार्वभौमसत्ताको बारेमा यो डकुमेन्ट्री केन्द्रित छ। रे भारतका तत्कालीन चर्चित चलचित्र निर्देशक हुन्। अहिले पनि रेलाई भारतको चलचित्र क्षेत्रको ठूलो सम्मानको रुपमा हेर्ने गरिन्छ।
भारतमा विलय हुनुपूर्व सिक्किमले आफ्नो संस्कृति र सार्वभौमसत्तासम्पन्न राष्ट्र भएको विश्वलाई देखाउन यो डकुमेन्ट्री बनाएको थियो। त्यो डकुमेन्ट्रीमा सिक्किमको भेषभूषा, कला, संस्कृति, धर्म, जातजातिलगायतका विषयमा चर्चा गरिएको छ। भारत र चीनबाट सार्वभौमसत्ता खतरामा रहेको अवस्थामा यो डकुमेन्ट्री बनाइएको हो।
यो डकुमेन्ट्रीमा सगरमाथा र ब्रहमपुत्र नदीको चर्चा गरिएको छ। पूर्वमन्त्री जयप्रकाश गुप्ताले अंग्रेजी भाषाको यो डकुमेन्ट्रीमा नेपालले हाल प्रशासित गरेको चुच्चे नक्सा प्रयोग गरिएको पाइएको बताए। उनले यसको स्क्रिन सट समाजिक सञ्जालमा पोस्ट् पनि गरेका छन्। सुरेन्द्र काफ्लेले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया