SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/३० गते
    १७२७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,। सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्बन्धी तथ्य प्रमाण संकलन गर्न नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले उप्रेतीको संयोजकत्वमा विज्ञ समूह गठन गरेको हो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सरकारका प्रवक्ता सञ्चारमन्त्री युवराज खतिवडाकाअनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावमा गठन गरिएको विज्ञ समूहमा गृहमन्त्री रामबहादुर थापाका प्रमुख स्वकीय सचिव सूर्यप्रसाद सुवेदी, इतिहासविद् रमेश ढुंगेल, संविधानविद् विपिन अधिकारी, जल/नदीविज्ञ डा.जगतप्रसाद भूसाल, नापी विभगका पूर्वमहानिर्देशक एवं सीमाविद् तोयानाथ बराल, हिमालय थापा, अप्सरा चापागाईं र परराष्ट्रका सहसचिव रामप्रसाद सुवेदी सदस्य छन्।

    समूहलाई सार्वजनिक निकायलगायत विभिन्न संघ–संस्था, व्यक्ति र स्वेदेशी तथा विदेशी पुस्तकालय, अभिलेखालय, एवं संग्राहलयबाट नेपाल–भारत सीमा सम्बन्धमा सुस्ता क्षेत्र र उत्तर पश्चिम क्षेत्र लिम्पियाधुरा, कुटी, नाबी, गुञ्जी, कालापानी र लिपुलेक क्षेत्रमा नेपालको स्वामित्व स्थापित हुने गरी कागजपत्रको सक्कल र प्रमाणित प्रतिलिपि र सो नपाएमा प्रमाणित प्रतिलिपि प्राप्त गर्ने कार्यादेश तोकिएको छ।

    कार्यादेशमा नेपाल–भारतबीचका सन्धि–सम्झौता र समझदारी पत्र, तत्कालीन इस्ट इण्डिया कम्पनी, ब्रिटिस सरकार र भारत सरकारसँग भएका पत्राचार, नेपाल–भारत सीमासम्बन्धी नक्सा (सुरुदेखि हालसम्म संयुक्त रूपमा र दुबै पक्षबाट प्रकाशितसमेत) संकलनको जिम्मा दिएको छ।

    त्यस्तै सरकारी प्रतिवेदन, आदेश, प्रकाशन, सरकारका योजनालगायतका सरकारी दस्तावेज, सरकारी पत्राचार, प्रशासनिक आदेश र अन्य आधिकारिक तथ्य प्रमाण, अदालती फैसला, जग्गाको स्वामित्वको प्रमाणपत्र एवं राजस्व, मालपोत, भूमिकर तिरोभरो, तिरेका रसिद, भरपाई, पत्र वा आदेश, रुक्का, सनद सवाल आदी संकलनको जिम्मेवारी दिएको छ।डकुमेन्ट्रीमा लिम्पियाधुरा

    चार दशक अघिसम्म लिम्पियाधुरासहितको नेपालको नक्सा प्रयोगमा रहेको तथ्य बाहिर आएको छ। सन् १९७१ मा सिक्किमी राजा चोग्यालको लगानीमा सत्यजित रेले निर्देशन गरेको वृतचित्र ‘सिक्किम’ सेलुल्याईट डकुमेन्ट्रीमा लिम्पियाधुरासहित चुच्चे नक्सा स्पष्ट देखिएको छ।

    https://www.youtube.com/watch?v=fMqEe7NpFFI

    सिक्किमको सार्वभौमसत्ताको बारेमा यो डकुमेन्ट्री केन्द्रित छ। रे भारतका तत्कालीन चर्चित चलचित्र निर्देशक हुन्। अहिले पनि रेलाई भारतको चलचित्र क्षेत्रको ठूलो सम्मानको रुपमा हेर्ने गरिन्छ।

    भारतमा विलय हुनुपूर्व सिक्किमले आफ्नो संस्कृति र सार्वभौमसत्तासम्पन्न राष्ट्र भएको विश्वलाई देखाउन यो डकुमेन्ट्री बनाएको थियो। त्यो डकुमेन्ट्रीमा सिक्किमको भेषभूषा, कला, संस्कृति, धर्म, जातजातिलगायतका विषयमा चर्चा गरिएको छ। भारत र चीनबाट सार्वभौमसत्ता खतरामा रहेको अवस्थामा यो डकुमेन्ट्री बनाइएको हो।

    यो डकुमेन्ट्रीमा सगरमाथा र ब्रहमपुत्र नदीको चर्चा गरिएको छ। पूर्वमन्त्री जयप्रकाश गुप्ताले अंग्रेजी भाषाको यो डकुमेन्ट्रीमा नेपालले हाल प्रशासित गरेको चुच्चे नक्सा प्रयोग गरिएको पाइएको बताए। उनले यसको स्क्रिन सट समाजिक सञ्जालमा पोस्ट् पनि गरेका छन्। सुरेन्द्र काफ्लेले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं