SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/२९ गते
    ११९४ &#२३४६;&#२३३५;&#२३२५;

    चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका अनुदान परियोजनासमेत अगाडि बढाउन अर्थमन्त्री डा. युवराज खतिवडा अनिच्छुक देखिएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मन्त्री खतिवडाको ठाडो बेवास्ताका कारण बीआरआईमा प्रवेश गरेको नेपालले अहिलेसम्म कुनै पनि परियोजनालाई गति दिन सकेको छैन । अर्थमन्त्री खतिवडाले पछिल्लो समय विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैंकसँग आपतकालीन ऋण सहयोगका लागि याचना गरी ऋण भित्र्याइरहेका छन् ।

    कोभिड–१९ पछि कोरोना भाइरसको प्रभाव सिर्जित क्षेत्रमा प्रतिकार्यका लागि उनले एसियाली विकास बैंकसँग २५ करोड अमेरिकी डलर, विश्व बैंकसँग १० करोड अमेरिकी डलर र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २१ करोड ४० लाख ऋण सहयोग लिइसकेका छन् । यी विकास साझेदारसँग अर्थमन्त्रीको सन्निकटता र हिमचिम भए पनि उनले चिनियाँ सहयोगलाई पूर्णतः बेवास्ता गरेको भन्दै परराष्ट्र अधिकारीहरूले गुनासो गरिरहेका छन् ।

    नेपालसमेत संस्थापक सदस्य भएर मित्रराष्ट्र चीनको अगुवाइमा स्थापना भएको एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) सँग सहायता लिन पनि अर्थमन्त्रीले पहल नै गरेका छैनन् । चिनियाँ दूतावासले पनि नेपालले चिनियाँ सहयोगमा बेवास्ता गर्नुको कारण के हो भन्दै यसको खोजी राजनीतिक नेतृत्वसँग गर्न थालेका छन् ।

    खासगरी पश्चिमा राष्ट्र र दक्षिणी छिमेकीसँगको सन्निकटताका कारण अर्थमन्त्रीले चिनियाँ सहयोगलाई बेवास्ता गर्ने गरेको जानकारहरू बताउँछन् । त्यसको पुष्टि हुने गरी अर्थमन्त्री पश्चिमा सहयोग परिचालनका लागि हिमायतीकै रूपमा देखिने गरेका छन् । अन्नपूर्ण पोस्टबाट

    https://www.youtube.com/watch?v=GSvNZrwKkhY&t=19s

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं