SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/२९ गते
    १०४५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । प्रधानमन्त्री केपी ओलीले संयुक्त प्रयासबाटै भौगोलिक अखण्डता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने बताएका छन्। राष्ट्रियताको रक्षा र कोरोना नियन्त्रणमा दलहरू एकजुट हुनु गर्वको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ‘हाम्रा पुर्खाले लडेर देश बचाए, आज हामी अडे मात्र भौगोलिक अखण्डता स्थापित गर्न सक्छौं’, प्रतिनिधिसभा बैठकमा बुधबार विनियोजन विधेयकबारे सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने।

    उनले नयाँ नक्साअनुसार संविधानको अनूसूचीमा रहेको नक्सा सच्याउन दलहरू एक ठाउँ उभिएर राष्ट्रिय एकताको सन्देश दिएको धारणा व्यक्त गरे। ‘अप्ठ्यारो बेला राष्ट्र एक हुने, एकताबद्ध प्रदर्शन हुने नेपाली चरित्र प्रकट भएको छ’, उनले भने, ‘हाम्रो भूमिमाथि न्यायोचित हक स्थापित गर्ने साझा प्रयास हो भन्ने स्पष्ट भएको छ। ’

    उनले नयाँ नक्सा जारी गर्ने विषयको जस पाइँदैन कि भन्ने चिन्ता कसैले पनि नगर्न आग्रह गरे। ‘यसमा हामीले कसले जस पाउला कि कोही छुट्ला कि भन्ने चिन्ता नगरौं’, उनले भने, ‘सबैले सर्वसम्मत पारित गरे, सबैको भोट दिए, सबैका मन एक ठाउँ छन् भन्ने स्पष्ट सन्देश हुन्छ। ’

    उनले नयाँ नक्सा जारी गरेकामा कसैले जस लिने वा श्रेय लिने विषय ठूलो नभएको स्पष्ट पारे। ‘जनस्तरबाट यो विषय उठेको छ। अध्ययन, अनुसन्धानकर्ताले तथ्यहरू खोेजेका छन्, प्रकट भएका छन्’, उनले भने, ‘यसमा कसले जस लिने, श्रेय लिने, कसको देवकत्वरण गर्ने भन्ने होइन। देशको साझा भावना हो। ’

    प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्नु नै समाधान भएको बताए। भारतसँग राजनीनिक र कूटनीतिक वार्ताबाट समाधान खोजिने उनको भनाइ थियो। ‘समाधान भनेको भारतले हाम्रो भूमि फिर्ता गर्नुपर्छ’, उनले भने।

    उनले नक्कली नदी वा खोल्सा देखाएर अरूको भूमि कब्जा गर्नु उचित नभएको बताए। ‘१९६१ सम्म हामीले भोगचलन गरिरहेको भूभाग भारतले ०६२ मा सेना राख्यो’, उनले भने, ‘यो कार्य उचित भएन। हाम्रो भूमि फिर्ता हुनुपर्छ। त्यसका लागि वार्ताबाटै समाधान होस् भन्ने पक्षमा हामी छौं। ’

    नेपाल–भारत सीमा विज्ञहरूले तयार पारेको प्रतिवेदन भारतले नबुझ्नु दुःखद भएको उनले उल्लेख गरे। भने, ‘हाम्रा तर्फबाट हामी त्यो प्रतिवेदन बुझ्न तयार छौं। भारत पनि तयार हुनुपर्छ। ’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    https://www.youtube.com/watch?v=GSvNZrwKkhY&t=19s

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं