
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
गएको शनिबार नेपालमा पाँचौ कोरोना संक्रमित पुष्टि भयो। बेल्जियमबाट कतार एयरवेजमार्फत् चैत ४ गते काठमाडौं झरेकी बागलुङ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटा अहिले अस्पतालमा उपचाररत छिन्। स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना पोजिटिभ भएका कारण उनी निरन्तर डाक्टरको निगरानीमा अस्पतालभित्रै छिन्। आफूलाई कोरोनाको संक्रमण नभएको उनी बताउँछिन्। ‘ज्वरो पनि छैन। खोकी पनि छैन। सुरुमा १-२ दिन समस्या भएको हो। अहिले ठीक छु,’ उनले भनिन्।
बेल्जियमदेखि बागलुङ यात्रा
चैत ३ गते बेल्जियमबाट नेपालका लागि उडेकी अंशुको कतारमा ट्रान्जिट पर्यो। ३ घण्टा ट्रान्जिटमै विताइन् उनले। प्लेनबाट निस्किए पनि एयरपोर्टबाट बाहिर गइनन्। ‘केही खाएको पनि छैन। कसैलाई भेटेको पनि छैन। जहाजबाट चाहिँ ओर्लिएँ। तर कतै गएको थिइन्,’ उनले भनिन्। ४ गते उनी कतार एयरवेजकै अर्को प्लेन चढेर काठमाडौं झरिन्। उनको साथमा हजुरआमा पनि थिइन्।
काठमाडौंमा बाबु लिन पुगेका थिए। सुरुमा माइक्रोबाट पोखरा आउने भनेर उनीहरु ट्याक्सी चढेर बाहिर निस्किए। तर पछि मुड चेन्ज भयो। यति एयरको प्लेनबाट पोखरा आए। पोखरा विमानस्थलबाट ट्याक्सी चढेर हरिचोक पुगे। हरिचोकमा जीप समाते। जीप चढेर सीधै बागलुङको कुँडुले पुगेकी उनी घरबाट खासै निस्किइनन्।
कतै गएको छैन
बागलुङ पुगेपछि उनी आफूले ल्याएको चकलेट साथीहरुलाई बाँडिन्। केही होहल्लाहरु पनि भए, उनी पूजामा गएको भन्ने। ‘म कतै पूजामा गएको छैन। मन्दिरमा पनि गएको छैन। साथीहरुलाई पनि रोग लागेको छ भन्ने थाहा पाएर भेटेको हैन,’ उनी भन्छिन्, ‘अलि धेरै नेगेटिभ कमेण्ट पनि आउने रहेछ। पोजिटिभ भएको खबर आएपछि म घरबाट निस्केकै छैन। क्रिपया नेगेटिभ कमेण्टहरु नगरिदिनुहोला।’
कहिलेकाहीँ विरामी भएर अस्पताल गए पनि यस्तो एक्लो महसुस उनले पहिलो पटक गरेकी छन्। ‘अरुबेला त आफन्तहरु आउँथे। यो रोगमा कोही नजिक आउन पनि नहुने रहेछ। एक्लै कोठामा बसेको छु, कहिलेकाहीँ डाक्टर आउँछन्,’ उनले भनिन्, ‘सिस्टरहरु (नर्स)ले खाना ल्याइदिन्छन्। न बाहिर नस्किन मिल्ने। न कसैलाई भेट्न मिल्ने। एक्लोजस्तो महसुस हुने रहेछ।’
डाक्टरहरुले फोनबाट हालखबर सोधिरहन्छन्
शनिबारदेखि अंशु अस्पतालमा बसेर उपचार गराइरहेकी छन्। अहिले खासै समस्या छैन। ‘सुरुमा २ दिनजति ज्वरो आयो। मेडिकलबाट औषधि किनेर खाएँ, ठीक भयो,’ उनले भनिन्, ‘पछि खोकी पनि लाग्यो। डाक्टरहरु घरमै आएर रिपोर्ट लिने भने। रिपोर्ट पठाएपछि पोजिटिभ आएछ। छाँगाबाट खसेजस्तो भयो।’ स्वास्थ्यमा केही समस्या नहुँदा पनि कोरोना पोजिटिभ देखिएपछि आफूलाई डर महसुस भएको उनले सुनाइन्।
केहीदिन घरमै आराम गरेकी उनी पोजिटिभ रिजल्ट आएकै राति अस्पताल भर्ना भएकी हुन्। ‘गाह्रो केही भएको छैन। औषधि पनि खाएको छैन। डाक्टरहरुले केयर गरिरहनुभएको छ,’ उनले थपिन्, ‘समयसमयमा डाक्टरहरु आएर हेर्नुहुन्छ। आउन नभ्याउँदा फोन गरेर हालखबर सोधिरहनुहुन्छ।’
फिल्म हेर्छु, च्याट गर्छु
अस्पतालमा एक्लै भए पनि सामाजिक सञ्जालका कारण उनी एक्लैचाहिँ छैनन्। धेरैजसो ओछ्यानमा सुतिरहने बताउँदै उनले ब्युँझेको बेला साथीहरुसँग च्याट गर्ने र फिल्म हेरेर समय विताउने गरेको सुनाइन्। ‘के गर्नु र यस्तो बेला। फिल्महरु सर्च गर्छु। साथीहरुले म्यासेज गर्छन्। उनीहरुलाई रिप्लाई गर्छु,’ अंशु भन्छिन्, ‘नडराउनु, हामी साथमै छौं भनेर साथीहरुको म्यासेज आउँछ। अरुले हौसला दिँदा खुसी लाग्छ।’
तातोपानी पिउनुस्
उनले अरुलाई पनि आफ्नो स्वास्थ्य सुरक्षा गर्न सुझाएकी छिन्। ‘डरायो भने कमजोर महसुस हुन्छ। मैले पनि भोगेर आएँ। तर आत्मबल बलियो बनाउनुपर्छ। यस्तो बेला अरुको हौसला चाहिने रहेछ,’ उनी भन्छिन्, ‘तातोपानी पिउने हो। नराम्रो कुरामा ध्यान नदिनुस्। अवस्था नबुझिकन अनावश्यक कुरा गर्नु हुँदैन।’
उनको दोस्रोपटक नमूना परीक्षणका लागि स्वाव पठाइएको छ। आज साँझसम्म नतिजा आउने खबर उनले पाएकी छिन्। ‘अब कोरोना नेगेटिभ होस्। त्यही कामना गरेर बसेको छु। स्वास्थ्यमा त समस्या छैन। सायद अब अस्पतालबाट डिस्चार्ज हुन्छु होला,’ सापकोटाले भनिन् ।नेपाल न्युजबाट साभार


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया