SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१८ गते
    १४८१ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी /भारतका अधिकारीहरूले कोभिड‍-१९ का कारण एकजना व्यक्तिसँगको सम्पर्कलाई लिएर उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारेन्टाइनमा राखेका छन्। त्यँहा ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको संक्रमणका कारण भएको थियो, तर उनको मृत्युपछि मात्र कारण खुलेको हो।अधिकारीहरूकाअनुसार इटली र जर्मनीबाट फर्किएका सिख समुदायका एक स्थानीय धर्मगुरूले आफ्नै घरमा क्वारेन्टाइनमा बस्न मानेका थिएनन्।भारतमा संक्रमितको संख्या एक हजार नाघिसकेको छ। पञ्जाबमा मात्र ३० जना सङ्क्रमित भएको पुष्टि भएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    तर विज्ञहरू सङ्क्रमितको संख्या त्यो भन्दा निकै बढी हुनसक्ने त्रासमा देखिन्छन्। भारत विश्वमै निकै कम परीक्षण दरभएको देशमा पर्छ तर त्यसलाई तीब्रता दिने प्रयास जारी छ। एक अर्ब ३० करोड जनसंख्या भएको भारतमा महामारी भएमा त्यसले विपत्ति निम्त्याउने डर देखिन्छ।बलदेव सिंह नाम पहिचान भएका ती व्यक्ति ज्यान गुमाउनु केहीअघि मात्र ठूलो भिड जम्मा हुने सिख समुदायको पर्व होला मोहल्लामा सहभागी भएका थिए। ६ दिनसम्म चल्ने उक्त उत्सवमा दैनिक १० हजार जति मानिस सहभागी हुने गर्छन्। उनको मृत्यु भएको एक सातापछि उनका १९ जना नातेदारमा सङ्क्रमण पुष्टि भएको थियो।

    हालसम्म उनको प्रत्यक्ष सम्पर्कमा आएका ५५० जना मानिसको पहिचान गरेका छौँ र त्यो संख्या बढ्दो छ, एक वरिष्ठ अधिकारीले बताएका छन् । ‘उनी बसेको क्षेत्रका १५ वटा गाउँ हामीले बन्द (सील) गरेका छौँ।’ छिमेकी जिल्लाका अन्य पाँचवटा गाउँ पनि सील गरिएका छन्।

    भारतमा सङ्क्रमितका कारण ठूलो समूहलाई क्वारेन्टाइनमा रहनु परेको पहिलो पटक होइन। अर्को प्रदेश राजस्थानस्थित टेक्सटाइल सहर भिलवारामा एकजना बिरामीबाट सङ्क्रमित डाक्टरहरूको एउटा समूहले सयौँ मानिसहरूमा सार्न सक्ने चिन्ता देखिएको छ। उक्त सहरको छिमेकी गाउँहरूमा सात हजार मानिसहरू घरभित्रै क्वारेन्टाइनमा छन्। भारतमा २१ दिनको निम्ति लकडाउन घोषणा गरिएको छ। तर मानिसहरू खानेकुरा र औषधी जस्ता अत्यावश्यक सामग्री किन्न बाहिर जान पाउँछन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं