
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
रोल्पा, । २०५२ साल फाल्गुन १ गते रोल्पाको ‘होलेरी’ इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूभिगत भएको थियो। त्यो आक्रमणका ३ जना हस्तीहरू अहिले रोल्पाबाट निर्वाचित जनप्रतिनिधि छन्। प्रतिनिधि सभामा जितेका वर्षमान पुन, प्रदेशसभा (क) बाट निर्वाचित कुलप्रसाद केसी सोनाम र (ख)बाट निर्वाचित दीपेन्द्र पुन सिजल ‘होलेरी’ आक्रमणमा सहभागी पात्र हुन्। त्यसो त आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन अहिले उपराष्ट्रपति छन्।
सोही १० वर्षे सशस्त्र द्वन्द्वका अर्का रोल्पाली हस्ती नेत्रबिक्रम चन्द विप्लव यतिबेला एकीकृत जनक्रान्तिका नारा बोकेर भूमिगत छन्। हिजो सँगै युद्ध लडेका विप्लवका धेरै सक्रिय कार्यकर्ता जेल वा हिरासतमा छन्। एकले अर्कोलाई सिध्याउने लक्ष्य बोकेका जस्ता देखिने हिजोका उग्र माओवादीले माओवाद भने भुलिसकेका छन्।
३ वर्ष अगाडि रोल्पाको थबाङमा भएको अधिवेशनमा माओवादलाई उतै छाडेर आएको विप्लव नेतृत्वको विद्रोही नेकपा र एमालेसँग पिरती गाँस्दा माओवादलाई छेउतिर पन्छाएको सरकारी नेकपाका गतिविधिले पूर्व लडाकु र कार्यकर्ता भने यतिबेला असन्तुट देखिन्छन्। होलेरी आक्रमणसँगै भूमिगत भएको तत्कालीन माओवादी र उसको नेतृत्वले पछिल्लो राजनीतिक परिवर्तनमा आफ्नो अमूल्य भूमिका रहेको दाबी गर्दै देश समृद्धिको बाटोमा अगाडि बढेको बताइरहँदा आम जनमासमा असन्तुष्टि बढ्दै गएको छ।
अहिलेसम्म राजनीतिक परिवर्तनबाहेक समयक्रमले भएको वा हुनसक्ने विकासबाहेक केही भएन भन्ने गुनासो युद्धमा लागेकैहरु बताउँछन्। परिवर्तनको मिठो सपना बोकेर २४ वर्षअगाडि बन्दुक समाएका लडाकुहरूसमेत यतिबेला अलमलमा देखिन्छन्। पछिल्लो समय तत्कालीन माओवादी कार्यकर्तामा आएको विचलन देखेर माओवादी लडाकुका पूर्वकमाण्डरसमेत दिक्क छन्।
५ औ डिभिजन कमाण्डर राजबहादुर बुढा हिजोआज आफ्ना कार्यकर्ताको रहन सहन फेरिएकोमा अचम्मित पनि छन्। करिब ३ हजार बढी सेनाको नेतृत्व गरेर बसेका उनी भन्छन्, ‘जनयुद्धको मूल्य मान्यता छोडेर अर्को बाटोमा आइयो। तर पनि आर्थिक आधार उस्तै छ,’ उनी थप्छन्, ‘सम्बोधन नयाँ आए पनि नियम कानुन उस्तै छ।’ जिल्ला समन्वय समिति प्रमुख बनेका बूढा कार्यकर्तामा व्यापक विचलनसमेत आएको बताउँछन्। उनी सरकारले विद्रोहको बाटो रोजेको विप्लव नेतृत्वको नेकपा पनि मुलधारमा आउने बाटो खोल्नुपर्ने बताउँछन्।
‘पार्टीले दिएको ठूलो योजना र विश्वासअनुसार कार्यदिशाअगाडि नबढेपछि यसो भएको हो। कार्यदिशाअनुसार पार्टीअगाडि नबढे पछि घुम्तीमा आइपुग्दा विचलन सुरु भएको छ।’ आफ्ना कार्यकर्ताको जीवनशैली नजिकबाट नियालेका बुढा भन्छन्, ‘हिजो रक्सीका ड्रम फुटाउनेहरू, परस्त्री गमन गर्नेलाई सफाया गर्नेहरू अर्थात् सप्रिएका भन्नेहरू नै बिग्रिए।’ केही समयपहिले उनले जिल्लाको एउटा औपचारिक कार्यक्रममै आफ्ना कार्यकर्ताका व्यवहारलाई लिएर आक्रोशसमेत पोखेका थिए।
सानै उमेरमा माओवादी युद्धमा होमिएका पूर्वलडाकुका कम्पनी कमाण्डर कमाण्डर नवीन लोचन मगर अहिले रोल्पामा बसेर पत्रकारिता गर्दैछन्। माओवादीले भनेको जनयुद्ध लडेका उनी पछिल्लो समय देखिएको युद्ध लडेर आएकाको गतिविधिले असन्तुष्ट छन्। ‘नेतृत्वमा परिवारवाद हाबी भयो। कार्यकर्ता सामाजिक र सांस्कृतिक विचलनमा छन्। नगर्नुपर्ने गतिविधिमा तत्कालीन माओवादी नेता कार्यकर्ताको उल्लेख्य सहभागिता देखिन्छ।’ नागरिक दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया