
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । कुनै–कुनै हत्याका घटना सुन्नेलाई नै पीडादायी हुन्छन् । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको सोमबार त्यस्तै निर्मम हत्या भएको छ । घटनामा घरायसी कामदार विजय चौधरी संलग्न रहेको सीसीटीभी फुटेजका आधारमा प्रहरी निचोडमा पुगेको छ । घरमा दुई जना मात्र भएका बेलाको उक्त घटनामा विजय पनि नाइलनको डोरी घाँटीमा बाँधिएको अवस्थामा मृत फेला परेका छन् । आत्महत्याको अनुमान गरिए पनि उनले आफैं पासो लगाएको भने सीसीटीभी फुटेजमा नदेखिएको प्रहरीले जनाएको छ ।ललितपुर सानेपास्थित घरमै मुनालाई प्लास्टिकको पिर्काले हिर्काएर चौधरीले हत्या गरेको प्रहरीले जनाएको छ । ‘बिहान १० बजेर २० मिनेटतिर विजयले मुनालाई घाँटीमा डोरीले बाँधेर भुइँमा बजारेको देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘मुना भुइँमा लडेपछि कपाल समाती टाउको बजारेर प्लास्टिकको पिर्काले हिर्काएको देखिन्छ ।’ उनको घरमा सुत्ने कोठा र बाथरुमबाहेक अन्यत्र सीसीटीभी छ । प्रहरीले अर्जुनका भनाइ, घरमा काम गर्ने अन्य कामदार र सीसीटीभीलाई आधार बनाएर अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।
दुई छोरी र एक छोराकी आमा मुनाको हत्या के कारणले गरियो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । पूर्वसचिव कार्की बिहानै पशुपतिनाथ मन्दिर गएका थिए । फर्किएपछि घटना थाहा पाएको उनले आफन्त र प्रहरीसँग बताएका छन् ।अर्जुनका अनुसार मुना अचेत अवस्थामा लडिरहेकी थिइन् । उनले तत्काल प्रहरीमा खबर गरे । प्रहरी घटनास्थल पुगेपछि मुनालाई ललितपुर सानेपास्थित स्टार अस्पताल लगिएको थियो । तर, मुनाको मृत्यु भएको थियो ।प्रहरी घटनास्थलमा पुग्दा मुना भान्साकोठामा रगताम्य भएर लडिरहेकी थिइन् । विजय नाइलनको डोरीले पासो लगाएको अवस्थामा डाइनिङ टेबलमा लडिरहेका थिए । घटना हुँदा कार्की दम्पतीका १२ वर्षीय छोरा विद्यालय गइसकेका थिए । घरमा कामदार रहेकी महिला छोरालाई स्कुल पु¥याउन गएकी थिइन् ।महानगरीय प्रहरी अपराध महाशाखा र ललितपुर प्रहरी परिसरले संयुक्त रूपमा अनुसन्धान थालेका छन् ।
ललितपुर परिसर प्रमुख एसएसपी टेक राईले घटनास्थलमा भएका सीसीटीभीलाई आधार बनाउँदा विजयले मुनाको हत्या गरेको देखिएको बताए । ‘विजयले मुनामाथि गरेको सांघातिक आक्रमण सीसीटीभीबाट देखिए पनि आफूले पासो लगाएको देखिँदैन’, एसएसपी राईले भने, ‘हामी अनुसन्धानमै छौं ।’ पोस्टमार्टम रिपोर्ट आएपछि रहस्य खुल्ने उनले बताए ।घटनास्थलमा खटिएका महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले मुनाको हत्या कामदार विजयले गराएको सीसीटीभीबाटै पुष्टि भएको बताए । ‘मुनाको हत्या विजयले गरेकामा दुईमत रहेन’, एसपी सिंहले भने, ‘तर, किन हत्या गर्यो भनेर हामी अनुसन्धानमै छौं ।’ मुना र विजयको शव पोस्टमार्टमका लागि प्रहरीले पाटन अस्पतालमा लगेको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।
पूर्वसचिव पत्नी हत्या काण्ड : ‘आत्महत्या’ गरेका चौधरीको अन्डरवेयरमा विर्य र रगत भेटिनुको कारण
काठमाडौं, २७ माघ । सीसीटिभी फूटेजमा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना अधिकारी कार्कीलाई कुटपिट गरेका र आत्महत्या गरेको भनिएका कामदार २२ बर्षिय विजय चौधरीको अन्डरवेयरमा भेटिएको रगत र विर्यका कारण घटना अनुसन्धानले अर्को मोड लिएको छ ।
अनुसन्धानका क्रममा मुनाको महिनावारी चलिरहेको तथ्य पनि बाहिर आएको छ । केही दृश्य फूटेजमा नपरेका कारण पनि सोमबार भएको यो घटनाले अर्को मोड लिएको हो । कुटपिट गर्ने चौधरी पनि मृत अवस्थामा भेटिएका कारण उनको अन्डरवेयरमा भेटिएको विर्य र रगत कसरी आयो भन्ने यकिन गर्न मुस्किल भएको छ ।तर चौधरीले ‘बलात्कार’को प्रयास गरेको हुन सक्ने स्वभाविक अनुमान गरिएको छ । त्यसको प्रतिकारका क्रममा दुवैजनाबीच कुटाकुट भएको हुनसक्ने अनुमान गरिन्छ । खासगरी केही फूटेजमा दुवैबीच कुटाकुट भएको पनि देख्न सकिन्छ ।
विवरणमा आएअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनालाई भान्सामा न्याकेको भेटियो । तर त्यसको १३ मिनेटसम्मको क्रियाकलाप वा घटनाक्रम क्यामेरामा कैद हुन सकेन ।१० बजेर २३ मिनेटमा भेटिएको फूटेजमा मुनाको टाउकोमा चौधरीले सात पटक प्रहार गरेका छन् । ११ बजेर ८ मिनेटसम्म उनी किचेनमा ओहोरदोहोर गरिरहेको देखिएको छ । त्यसबीचको समयमा के भयो ? यो शंकास्पद रहेको छ ।११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घरमा आइपुग्दा चौधरी झुन्डिएको अवस्थामा देखिए भने मुना किचेनमा लडिरहेको भेटिएको दृश्य छ । ‘यसलाई शंकाको घेरामा राखेर थप अनुसन्धान जारी छ’, प्रहरी अधिकारी भन्छन् ।प्रारम्भिक विश्लेषणअनुसार चौधरीले मुनामाथि जबरजस्ती करणीको प्रयास गरेको हुनसक्छ र त्यसको प्रतिकार हुँदा हाथापाई र कुटाकुट हुनसक्छ । यसका अलावा घटना बाहिर आउने त्रासले चौधरीले आत्महत्या गरेका पनि हुन सक्छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया