SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२७ गते
    ७६४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । प्रहरीको बढुवा प्रक्रियामा वैज्ञानिक प्रणाली अवलम्बन नगरिँदा सर्वेन्‍द्र खनाल २०७४ फागुन २८ मा डीआईजीबाट सिधै आईजीपी भएका थिए । उनले एआईजी भएर नेतृत्व विकास गर्ने मौका पाएका थिएनन् । मुख्य दुई प्रतिस्पर्धी रमेशप्रसाद खरेल र पुस्कर कार्कीलाई पछि पार्दै खनाल २६ औं आईजीपी भएका हुन् । उनी डीआईजीसम्म ‘कम प्रहरी अधिकृत र बढी सेलिब्रेटी’ का रूपमा चिनिए । उनी नेतृत्वमा आएपछि नागरिकका मात्रै होइन, संगठनभित्र पनि सुधारका प्रयास हुने अपेक्षा थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    खनाल आईजीपी भएकै दिन डीआईजी खरेलले राजीनामा दिए । अर्का प्रतिस्पर्धी कार्कीले आईजीपीसँग मिलेर अघि बढ्ने सार्वजनिक अभिव्यक्ति दिए तर खनाल र कार्कीबीच नेतृत्व टकराव अहिलेसम्मपनि कायम छ । आईजीपी बनेको केही समयपछि खनालले १० बुँदे सुधारका योजना ल्याएका थिए ।

    अपराध अनुसन्धान तथा नियन्त्रण, सुशासन, मानव अधिकारको संरक्षण, आर्थिक पारदर्शितालगायत १० बुँदे योजना प्रहरी प्रधान कार्यालयका युनिटदेखि मुलुकभरका प्रहरी चौकीका भित्तासम्मै फ्रेममा सजाइयो । तर खनालका प्रतिबद्धता एकातिर, काम गर्ने शैली र निर्णय अर्कातिर हुँदै गए । साथ नदिने मातहत कर्मचारीदेखि बाहिरका मानिससम्म उनको निसानामा परे ।

    सेवा प्रवेश गर्दा आफूभन्दा वरिष्ठ उत्तम कार्कीलगायत अधिकृतहरू एआईजीका दाबेदार हुँदाहुँदै ४ महिनासम्म पद खाली राखेर अवकाशमा पठाइयो । खनालले त्यसको जवाफ गृह मन्त्रालयसँग माग्न सकेनन् । घोषित/अघोषित रूपमा प्रहरी प्रधान कार्यालयदेखि तल्लो युनिटसम्म आईजीपी र एआईजी/डीआईजीबीचमा कित्ताकाँट नै हुन थाल्यो । प्रहरी प्रमुखका रूपमा ६६० दिन बिताएका खनालले केही सकारात्मक कामको समेत थालनी गरे ।

    अपराध अनुसन्धान तथा नियन्त्रणका लागि २०७५ कात्तिक ११ गते ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम लागू गरियो । सरकारले पछिल्ला २ वर्षमा प्रहरीमा पूर्वाधार संरचनामा थुप्रै लगानी गर्‍यो । २०७६ असोज २५ र २६ गते भएको चिनियाँ राष्ट्रपति सी चिनफिङ र २०७५ भदौ १४ र १५ गते काठमाडौंमा सम्पन्न बिमस्टेक सम्मेलन, मंसिर १४ देखि २४ सम्म सञ्चालित दक्षिण एसियाली खेलकुद (साग) लगायत ठूला इभेन्टको सुरक्षा व्यवस्थापन खनालको कार्यकालमा सफल भए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं