SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२५ गते
    ८७५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)बारे सुझाव दिन गठन गरेको कार्यदलले अध्ययन सुरु गरेको छ । नेकपाको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बसेको कार्यदल बैठकले पार्टीबाट प्राप्त कार्यादेशका आधारमा अध्ययन गर्ने, सामग्री जुटाउने र विश्लेषणको प्रक्रिया सुरु गरेको हो ।नेकपा वरिष्ठ नेता एवं कार्यदलका संयोजक झलनाथ खनालले एमसीसीबारे अध्ययन गर्न पार्टीले दिएको कार्यादेशअनुसार प्रक्रिया अगाडि बढाएको बताए । ‘कुनै आवेग वा आक्रोश, सेन्टिमेन्ट आदिका आधारमा अघि बढ्दैनौं, हामी तथ्यका आधारमा सत्य पत्ता लगाउने प्रक्रियामार्फत अघि बढ्छांै’ उनले भने ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कार्यादेशअनुसार १० दिनभित्र सक्ने अपेक्षा रहेको बताउँदै संयोजक खनालले त्यो समयसीमाभित्रै काम सम्पन्न गर्ने गरी अगाडि बढेको बताए ।एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकका लागि ५६ अर्ब सहयोग उपलब्ध गराउनेछ । पाँच वर्षको अवधिमा रकम खर्च गर्नुपर्ने एमसीसीलाई संघीय संसद्ले अनुमोदन गर्नुपर्नेछ ।

    नेकपाको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले एमसीसी सम्झौताका सम्बन्धमा पक्ष र विपक्षमा प्रश्न उठेका कारण एमसीसीलाई कसरी राष्ट्रहितअनुकूल बनाउने भन्ने विषयमा अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलमा नेकपा स्थायी कमिटी सदस्यद्वय भीम रावल र परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली रहेका छन् । कार्यदलको पहिलो बैठक २० माघमा बसेको थियो ।नेकपा केन्द्रीय कमिटी बैठकमा एमसीसी सम्झौताको पक्ष र विपक्षमै केन्द्रित भई बहस भएपछि कार्यदल गठन भएको हो ।

    १५ समूह, सातवटै प्रदेश कमिटी, तीन समन्वय कमिटी, तीन आयोगबाट आएको सुझावमा एमसीसीबारे पक्ष र विपक्षमा विभिन्न तर्क प्रस्तुत गरिएको थियो प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले एमसीसी सम्झौता संसद्बाट पारित गर्नुपर्ने विषयमा बैठकको उद्घाटन सस्त्रमै बोलेका थिए । छलफलमा सहभागी ओली निकटका केन्द्रीय सदस्यहरूले पनि पारित गर्नुपर्ने धारणा राखेका थिए । नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले एमसीसी सम्झौताका केही सर्त परिमार्जन गरी पारित गर्नुपर्ने धारणा राख्दै आएका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं