
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)बारे सुझाव दिन गठन गरेको कार्यदलले अध्ययन सुरु गरेको छ । नेकपाको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बसेको कार्यदल बैठकले पार्टीबाट प्राप्त कार्यादेशका आधारमा अध्ययन गर्ने, सामग्री जुटाउने र विश्लेषणको प्रक्रिया सुरु गरेको हो ।नेकपा वरिष्ठ नेता एवं कार्यदलका संयोजक झलनाथ खनालले एमसीसीबारे अध्ययन गर्न पार्टीले दिएको कार्यादेशअनुसार प्रक्रिया अगाडि बढाएको बताए । ‘कुनै आवेग वा आक्रोश, सेन्टिमेन्ट आदिका आधारमा अघि बढ्दैनौं, हामी तथ्यका आधारमा सत्य पत्ता लगाउने प्रक्रियामार्फत अघि बढ्छांै’ उनले भने ।
कार्यादेशअनुसार १० दिनभित्र सक्ने अपेक्षा रहेको बताउँदै संयोजक खनालले त्यो समयसीमाभित्रै काम सम्पन्न गर्ने गरी अगाडि बढेको बताए ।एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकका लागि ५६ अर्ब सहयोग उपलब्ध गराउनेछ । पाँच वर्षको अवधिमा रकम खर्च गर्नुपर्ने एमसीसीलाई संघीय संसद्ले अनुमोदन गर्नुपर्नेछ ।
नेकपाको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले एमसीसी सम्झौताका सम्बन्धमा पक्ष र विपक्षमा प्रश्न उठेका कारण एमसीसीलाई कसरी राष्ट्रहितअनुकूल बनाउने भन्ने विषयमा अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलमा नेकपा स्थायी कमिटी सदस्यद्वय भीम रावल र परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली रहेका छन् । कार्यदलको पहिलो बैठक २० माघमा बसेको थियो ।नेकपा केन्द्रीय कमिटी बैठकमा एमसीसी सम्झौताको पक्ष र विपक्षमै केन्द्रित भई बहस भएपछि कार्यदल गठन भएको हो ।
१५ समूह, सातवटै प्रदेश कमिटी, तीन समन्वय कमिटी, तीन आयोगबाट आएको सुझावमा एमसीसीबारे पक्ष र विपक्षमा विभिन्न तर्क प्रस्तुत गरिएको थियो प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले एमसीसी सम्झौता संसद्बाट पारित गर्नुपर्ने विषयमा बैठकको उद्घाटन सस्त्रमै बोलेका थिए । छलफलमा सहभागी ओली निकटका केन्द्रीय सदस्यहरूले पनि पारित गर्नुपर्ने धारणा राखेका थिए । नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले एमसीसी सम्झौताका केही सर्त परिमार्जन गरी पारित गर्नुपर्ने धारणा राख्दै आएका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया