SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२४ गते
    ९२३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । चीनमा नोवेल कोरोना भाइरस संक्रमण बढिरहेको छ। नेपालको सहरी क्षेत्रमा मास्कको माग बढेको छ। यहाँ व्यक्तिगत मास्क, ग्लोब्स र ह्यान्ड सेनिटाइजरको अत्यधिक माग रहेको व्यवसायी बताउँछन्। श्रंशु फार्मेसीका सञ्चालक शुभमान श्रेष्ठका अनुसार विगतमा मास्क खरिदकर्ताहरू फाट्टफुट्ट थिए। अहिले एउटै व्यक्तिले दर्जन बढी मास्क माग गर्छन्। उनी भन्छन, ‘हामीबाट खरिद गर्ने र बाहिर तेब्बर बढी मूल्यमा बिक्री हुन थालेको पाएपछि ठूलो परिमाणमा बेच्न छाडें।’

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    तीनदेखि पाँच रुपैयाँ पर्ने साधारण मास्कलाई बजारमा १५ रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ। नेपालमा सामान्य खालको मास्क बन्छ। त्यही मास्कको पनि माग उच्च छ। चीनबाट समेत मास्कको माग आइरहेको विक्रेता बताउँछन्। ‘बनेपास्थित विक्रेताको ठेगाना दिँदै चिनियाँ कम्युनिस्ट पार्टीका एक पोलिटब्युरो सदस्यले बीस हजारसम्म मास्क मगाएका छन्’, एक युवकले नाम उल्लेख गर्ने सर्तमा भने।

    बजारमा मास्कको कृत्रिम अभाव सिर्जना गरिएको छ। नेपाल औषधि व्यवसायी संघ, काठमाडौं शाखाका महासचिव समेत रहेका श्रेष्ठ भन्छन्, ‘हामीले पनि मागबमोजिमको मास्क पाएका छैनौं। कृत्रिम अभाव सिर्जना गरिएको छ।’ औषधि व्यवस्था विभागले मास्क, ग्लोभ्स र ह्यान्ड सेनिटाइजरको पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ। मौज्दात नराखी निर्यात नगर्न÷नगराउन रसायन तथा आपूर्ति संघलाई निर्देशन दिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए।

    उनले भने, ‘ती वस्तुको मौज्दातको विवरण जानकारी दिन पत्राचार गरे पनि जवाफ आएको छैन।’ तीन दिनभित्र मास्क उत्पादकको क्षमता र मौज्दातको विवरण विभागमा पठाउन अघिल्लो शुक्रबार पत्राचार गरे पनि आपूर्ति संघले विवरण पठाएको छैन।विभागले खुद्रा बिक्रीवितरण गर्दा नियन्त्रित रूपमा गर्न र मुलुकभरि उपलब्ध हुने व्यवस्था गर्न अनुरोध गरेको थियो। मूल्य नबढ्ने गरी बिक्रीवितरण नगर्न÷नगराउन अनुरोध गरिएको महानिर्देशक ढकालले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार मास्क निर्यातमा रोक लगाउन अध्यागमन र भन्सार विभागलाई निर्देशन दिइएको छ। ‘कृत्रिम अभाव र कालोबजारी गरेको थाहा पाए कारबाही हुन्छ’, श्रेष्ठले भने।

    चीनलाई एक लाख मास्क सहयोग
    नोवेल कोरोना भाइरसको संक्रमण उच्च रहेको चीनमा मास्क अभाव भएपछि सरकारले एक लाख प्रोटेक्टिभ मास्क उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विशेष बैठकपछि उक्त निर्णय गरिएको हो। नेपालले एक लाखको संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोगस्वरूप उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं