
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । चीनमा नोवेल कोरोना भाइरस संक्रमण बढिरहेको छ। नेपालको सहरी क्षेत्रमा मास्कको माग बढेको छ। यहाँ व्यक्तिगत मास्क, ग्लोब्स र ह्यान्ड सेनिटाइजरको अत्यधिक माग रहेको व्यवसायी बताउँछन्। श्रंशु फार्मेसीका सञ्चालक शुभमान श्रेष्ठका अनुसार विगतमा मास्क खरिदकर्ताहरू फाट्टफुट्ट थिए। अहिले एउटै व्यक्तिले दर्जन बढी मास्क माग गर्छन्। उनी भन्छन, ‘हामीबाट खरिद गर्ने र बाहिर तेब्बर बढी मूल्यमा बिक्री हुन थालेको पाएपछि ठूलो परिमाणमा बेच्न छाडें।’
तीनदेखि पाँच रुपैयाँ पर्ने साधारण मास्कलाई बजारमा १५ रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ। नेपालमा सामान्य खालको मास्क बन्छ। त्यही मास्कको पनि माग उच्च छ। चीनबाट समेत मास्कको माग आइरहेको विक्रेता बताउँछन्। ‘बनेपास्थित विक्रेताको ठेगाना दिँदै चिनियाँ कम्युनिस्ट पार्टीका एक पोलिटब्युरो सदस्यले बीस हजारसम्म मास्क मगाएका छन्’, एक युवकले नाम उल्लेख गर्ने सर्तमा भने।
बजारमा मास्कको कृत्रिम अभाव सिर्जना गरिएको छ। नेपाल औषधि व्यवसायी संघ, काठमाडौं शाखाका महासचिव समेत रहेका श्रेष्ठ भन्छन्, ‘हामीले पनि मागबमोजिमको मास्क पाएका छैनौं। कृत्रिम अभाव सिर्जना गरिएको छ।’ औषधि व्यवस्था विभागले मास्क, ग्लोभ्स र ह्यान्ड सेनिटाइजरको पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ। मौज्दात नराखी निर्यात नगर्न÷नगराउन रसायन तथा आपूर्ति संघलाई निर्देशन दिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए।
उनले भने, ‘ती वस्तुको मौज्दातको विवरण जानकारी दिन पत्राचार गरे पनि जवाफ आएको छैन।’ तीन दिनभित्र मास्क उत्पादकको क्षमता र मौज्दातको विवरण विभागमा पठाउन अघिल्लो शुक्रबार पत्राचार गरे पनि आपूर्ति संघले विवरण पठाएको छैन।विभागले खुद्रा बिक्रीवितरण गर्दा नियन्त्रित रूपमा गर्न र मुलुकभरि उपलब्ध हुने व्यवस्था गर्न अनुरोध गरेको थियो। मूल्य नबढ्ने गरी बिक्रीवितरण नगर्न÷नगराउन अनुरोध गरिएको महानिर्देशक ढकालले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार मास्क निर्यातमा रोक लगाउन अध्यागमन र भन्सार विभागलाई निर्देशन दिइएको छ। ‘कृत्रिम अभाव र कालोबजारी गरेको थाहा पाए कारबाही हुन्छ’, श्रेष्ठले भने।
चीनलाई एक लाख मास्क सहयोग
नोवेल कोरोना भाइरसको संक्रमण उच्च रहेको चीनमा मास्क अभाव भएपछि सरकारले एक लाख प्रोटेक्टिभ मास्क उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विशेष बैठकपछि उक्त निर्णय गरिएको हो। नेपालले एक लाखको संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोगस्वरूप उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया