
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ। राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू राजपालाई उपसभामुख पद दिन तयार छन् तर यसका लागि प्याकेजमा सहमति गर्नुपर्ने सत्तारुढ दलका नेताहरूको भनाइ छ। बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राजपाका नेता महन्थ ठाकुरबीच कुराकानी भएको स्रोतको भनाइ छ। स्रोतका अनुसार कुराकानीमा प्रधानमन्त्रीले ठाकुरलाई प्याकेजमा सहमति गर्न प्रस्ताव गरेका थिए। तर यस विषयमा ठाकुरले स्पष्ट जवाफ दिएनन्।
स्रोतका अनुसार प्रधानमन्त्रीले उपसभामुख पदसँगै प्रदेश २ सरकारको समीकरण फेर्न ठाकुरलाई प्रस्ताव गरेका थिए। उपसभामुखका लागि प्रधानमन्त्रीका थप सर्तहरूमा राजपा संघीय सरकारमा आउनुपर्ने, त्यसपछि मात्र संवैधानिक आयोग र राजदूतहरूमा सहमति गर्न सकिने रहेका छन्। यस विषयमा ठाकुरसँग जिज्ञासा राख्दा प्रस्ट जवाफ दिएनन्। अहिले आफू बैठकमा व्यस्त रहेको भन्दै बैठकपछि यसबारेमा जवाफ दिने बताए।
प्रधानमन्त्रीसँग कुराकानीपछि ठाकुर बुधबार दिउँसो महोत्तरी पुगेका थिए। राष्ट्रियसभाको निर्वाचनपछि नेकपा र राजपाबीच सम्बन्ध सुधार भएको छ। उक्त चुनावपछि नेकपा र राजपाका नेताहरूबीच पटकपटक भेटघाट र कुराकानी भएको छ। राजपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले पनि प्रधानमन्त्रीसँग छुट्टै कुराकानी गरेका छन्। स्रोतको दाबी छ, राजपा बहुमत नेता तत्काल प्रदेश २ सरकारको समीकरण फेर्ने पक्षमा छैनन्। तर नेकपाले उपसभामुखसँगै संघीय सरकारदेखि प्रदेश सरकारसम्म प्याकेजमा सहमति गर्न प्रस्ताव गरेको छ। यस विषयमा राजपाले नेकपालाई प्रस्ट जवाफ नदिएको स्रोतको भनाइ छ। राजपाका सहमहासचिव जयप्रकाश ठाकुरले उपसभामुख पद राजपाले पाउनुपर्ने दाबी गरे। ‘संविधानअनुसार उपसभामुख पद राजपाले पाउनुपर्छ भन्ने हाम्रो दाबी हो,’ उनले भने, ‘तर यस विषयमा नेकपा र राजपाबीच अझै सहमति भएको छैन।’
स्रोतका अनुसार उपसभामुख पदको विषयमा नेकपा र राजपाबीच सहमति जुट्नेबित्तिकै चुनावको तिथि तय हुनेछ। राजपाका ६ अध्यक्षमध्ये दुई अध्यक्ष राजेन्द्र महतो र शरतसिंह भण्डारी अहिले विदेशमा छन्। दुई अध्यक्षको अनुपस्थितिमा ठाकुरले यस विषयमा निर्णय गर्न सकेका छैनन्। उपसभामुख पद राजपाले पाउने बित्तिकै राजपालाई संघीय सरकारमा जान बाटो खुला हुनेछ। तर राजपाका दुई अध्यक्ष ठाकुर र महेन्द्र यादव भने तत्काल सरकारमा जाने पक्षमा छैनन्। यही स्थितिमा राजपा सरकारमा जानुहुँदैन भन्ने ती दुई नेताको लाइन छ। अध्यक्ष मण्डलका ६ सदस्यमध्ये दुई सदस्य अनिल झा र राजकिशोर यादव संघीय सरकारमा जान लचिलो रहेको स्रोतको दाबी छ। झानिकट एक नेताले भने, राजपा सरकारमा गयो भने झाले त्यसमा दाबी गर्नेछन्।’ केही दिनअघि प्रदेश २ सरकारबाट झाकी पत्नीसमेत रहेकी प्रदेश राज्यमन्त्री डिम्मल झाले राजीनामा गरेकी छन्।
राजपाले सरकारसँग संविधान संशोधन हुनुपर्ने, राजपाका सांसद रेशम चौधरी रिहा हुने वातावरण बनाउनुपर्ने, मधेस आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा खारेज हुनुपर्ने, घाइतेहरूलाई राहत दिनुपर्ने माग राखेको छ। राजपाले राखेका माग पूरा भएमा राजपा सरकारमा जान तयार रहेको राजपाका नेताहरू बताउँदै आएका छन्। स्रोतबा अनुसार राजपाका नेताहरू अहिले समाजवादीसँगको एकीकरणलाई प्राथमिकता दिने कि सरकारलाई प्राथमिकता दिने भन्ने विषयमा दुई धारमा बाँडिएका छन्। ठाकुर र महेन्द्र यादव सरकारभन्दा समाजवादीसँगको एकतालाई प्राथमिकता दिनुपर्ने पक्षमा छन् भने बाँकी चार जना नेता सरकारमा जाने लाइनमा लचिलो देखिएका छन्। केही दिनअघि मात्र राजपाका सात जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा महासचिवहरूले पार्टी नेतृत्वलाई ध्यानाकर्षण पत्र लेखी यही स्थितिमा राजपा सरकारमा जान नहुने सुझाव दिएका थिए। नागरिक दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया