
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
विराटनगर, । मोरङको सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले हाजिरी खाता गायब गरेपछि नगरका कर्मचारीले एक महिनादेखि हाजिर गर्न पाएका छैनन् । सरुवा भएर आएका कार्यकारी अधिकृत पुरुषोत्तम घिमिरेलाई हाजिर हुन नदिने भन्दै उनले खाता नै गायब बनाएका हुन् ।
तत्कालीन कार्यकारी अधिकृत राजकुमार केसी धनुषाको नगराइन नगरपालिकामा सरुवा भएर गएपछि घिमिरे रौतहटको चन्दपुर नगरपालिकाबाट पुस २८ मा सरुवा आएका थिए । २८ गते नगरपालिका कार्यालयमा हाजिर हुन पुग्दा मेयर दासले कार्यकारीले हाजिर गर्ने एक नम्बर हाजिरी रजिस्टर लिएर हिँडेका थिए । त्यसपछि घिमिरेले नयाँ रजिस्टर किनेर त्यसैमा हाजिर जनाउँदै आएका छन् । अरू अधिकृत कसैले पनि एक महिनादेखि हाजिर गर्न नपाएको उनले बताए ।
उनको कार्यकक्षमा माघ २९ गते मेयर दासले नै तालाबन्दी गर्न लगाएपछि उपमेयरको कोठामा बसेका थिए । रजिस्टर दासले लुकाउन लगाएको उपमेयर मञ्जु राईले बताइन् । ‘मेयरबाहेक कार्यपालिकाका सबै सदस्य घिमिरेलाई हाजिर गराउनुपर्छ भन्ने पक्षमा छन्,’ उनले भनिन्, ‘मेयर मात्र नमान्नुमा रहस्य छ ।’ तत्कालीन अधिकृत केसी र मेयरबीच हिसाबकिताब मिलान हुन बाँकी रहेको हुन सक्ने राईले बताइन् । ‘मेयरका कारण नगरका सबै क्रियाकलाप ठप्प छन्,’ उनले भनिन् ।
तत्कालीन कार्यकारी अधिकृत केसीले नगरको काममा वास्ता नगरेको, विकास बजेट सार्वजनिक नगरेको, ठूला योजनाको बजेट फ्छर्योट नगरेको, वडा प्रमुखहरूसँग समन्वय नगरेको र विकास बजेटसमेत फ्रिज भएको भन्दै नगरका सबै वडाध्यक्षले सामूहिक रूपमा केसीलाई सरुवा गरेर नयाँ कार्यकारी अधिकृत ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । तर दासले ज्ञापनपत्र दर्ता नगरी माघ १ गते सार्वजनिक बिदाका दिन जबर्जस्ती कार्यपालिका बैठक डाकेर पुराना कार्यकारी अधिकृतसँग धेरै काम बाँकी रहेको र ती काम नसकिएसम्म नयाँ अधिकारी ल्याउन नसकिने निर्णय गराएको वडा १ का अध्यक्ष टेकबहादुर विष्टले बताए । निर्णयमा विष्टसहित वडा नं. ४ का अध्यक्ष श्रवण राजवंशीले विरोध जनाएका थिए । नगरमा कांग्रेसको बहुमत छ ।
स्रोतका अनुसार मेयरकी छोरी अनिता दास, ज्वाइँ चन्दन शर्मा र भतिज सुबोध दासलाई कर्मचारीमा र छोरा कुन्दनलाई शिक्षकमा नियुक्त गर्न केसीले सघाएका थिए । ‘गत वर्ष नगरको ४ करोड विकास बजेट फ्रिज हुनुका साथै १२ करोडभन्दा बढी बेरुजु छ,’ एक वडाध्यक्षले भने, ‘नयाँ प्रशासकीय अधिकृतलाई हाजिर गराउँदा त्यही रहस्य खुल्ने डरले मेयरले हाजिर गर्न नदिएका हुन् ।’
नगरपालिकाको पहिलो वर्षको बजेटले खरिद गरेको विद्युत् ट्रान्सफर्मर तार अझै जडान हुन नसकेको अर्का वडाध्यक्षले बताए । उनका अनुसार त्यसको बजेट अहिलेसम्म सार्वजनिक भएको छैन । ‘सडक निर्माणमा भएको अनियमितता र खरिदसम्बन्धी अनियमितता नगरमा डरलाग्दो छ,’ उनले भने, ‘मेयरलाई यो विकृति नयाँ कार्यकारी अधिकृतले चाल पाउने र सार्वजनिक हुने चिन्ता पनि छ ।’ नगरमा भएका अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
स्थानीय अगुवा एवं कांग्रेस महासमिति सदस्य मेहताव आलमले मेयर दासको क्रियाकलापविरुद्ध स्थानीयले नगरपालिकामा तालाबन्दी गर्ने तयारी गरेको बताए । यस विषयमा मेयर दासले कुनै प्रतिक्रिया दिन मानेनन् । ‘म तनावमा छु,’ उनले यत्ति भने, ‘पछि बात मारौंला ।’ कान्तिपुर दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया