
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष आफैं निरन्तर सरकार चलाउने बताएका छन् । अब तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो । म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु,’ प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार सम्पादकहरूसँग ओलीले भने, ‘अलि–अलि किड्नीमा समस्या छ । किन अलिअलि समस्या राख्ने आजको जमानामा पनि ?’ एउटा मिर्गौला थप्नु ठूलो कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘किन किड्नी राख्न खोजेको हो भने तीन वर्ष बेस्सरी काम गर्न सजिलो होस् । अहिलेभन्दा सजिलोसँग बढी काम गर्न सकियोस् भन्ने हो ।’
एमाले र माओवादी एकीकरण हुँदाका बखत दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री चलाउने ‘सहमति’ भएको थियो । तर अब बाँकी तीन वर्ष पनि एक्लै चलाउने विषयमा पार्टीमा कुनै विमति नरहेको दाबी प्रधानमन्त्रीको थियो । ओलीले भने, ‘पहिला त मैले प्रचण्डजीलाई भनेको थिएँ, के भयो र आलोपालो गरौंला ? आधा म चलाउँला, आधा तपाईं चलाउनुहोला । उहाँले अस्ति भर्खर भन्नुभयो कि यो त अस्थिर हुन्छ । उहाँकै प्रस्तावमा यो आलोपालो हटाइदियौं । अब निरन्तर म बाँकी अवधि मैले लाने भन्ने विधिवत् निर्णय गर्यांै । अब अझ सुदृढ एकतासाथ अघि बढ्छौं ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रधानमन्त्री ओली पार्टीभित्रको आन्तरिक जटिलता पनि ‘स्वाभाविक’ ठान्छन् । उनले भने, ‘के छ भने पचासौं वर्ष राजनीति गरेका खली खाएका छन् । एउटाले भनेको अर्काेले मान्ने तहको छैन । एकखालको व्यक्तित्व भनांै न, म भन्दाअघि प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेकाहरू छन् । अनि यसो गरांै भनी आदेश दिन त मिल्दैन। यस्ता अलि–अलि जटिलता पार्टीमा हुन्छ नै ?’
‘तपाईंहरू कल्पना गर्न सक्नुहुन्छ,’ उनले भने, ‘एमाले कहाँ थियो ? माओवादी कहाँ थियो ? वल्लो डाँडा र पल्लो डाँडाबाट तोप हानाहान गर्थे धुमधामसँग । म त झन् सारो तोपका गोलाका गोला ठोक्थें । त्यस्तो अवस्थामा हामी एकतामा आइपुगेका छौं । बाइचान्स यस्तो मौकाले भेट भए जस्तो होइन । सचेत अवस्थाबाट गरिएको एकता हो ।’केही समयअघि सरकारका राम्रा कामबारे लेख्न सम्पादकहरूसँग ‘मुटु नभएको’ भन्ने टिप्पणी प्रधानमन्त्रीबाट आएको थियो । त्यसपछि प्रधानमन्त्रीसँग मंगलबार सम्पादकहरूको पहिलो सामूहिक भेट थियो । सम्पादकहरूका मन्तव्य र प्रश्न सुनेपछि प्रधानमन्त्रीले एक घण्टा दुई मिनेट बोलेका थिए ।
‘म तपाईंहरूको आलोचनाप्रति असहिष्णु भएको होइन,’ ओलीले भने, ‘तपाईंहरूले गोदिरहेपछि अलि–अलि जवाफ त हामीले पनि दिनुपर्यो । तपाईंहरूले बलिङ गरेपछि हामीले पनि अलि–अलि ब्याटिङ गर्नुपर्यो नि ! तपाईंहरूले बलिङ गरेको गर्यै गर्ने ? अनि मैले एक ब्याटिङ दिएपछि प्रेसचाहिँ शत्रु भयो भनी रिसाउनु पनि त भएन ।’
ओलीले सम्पादकहरूलाई ‘अलि बढ्तै भएको’ टिप्पणी पनि गरे । उनले भने, ‘बढ्ता हुनु स्वाभाविक पनि हो किनभने तपाईंहरूले पनि लडेर ल्याएको लोकतन्त्र हो । त्यसरी ल्याएको स्वतन्त्रता भएपछि अलि–अलि ‘इन्ज्वाय’ गरिहाल्छ ।’ओलीले आफ्ना काम मन नपरे गाली गर्न आग्रह गर्दै भने, ‘तर यस्तो नहोस् कि देशको अहित हुने र अन्योलमा पर्ने खालको कुरा नजाओस् । जनताको मनोबल टुट्ने खालको नजाओस् । जनता निराश भए भने देश बर्बाद हुन्छ । जनतालाई निराशावादी हुन नदिऔं, आशावादी बनाउनुपर्छ ।’
जेलबाट छुटेपछि आफू स्वतन्त्रताको उपभोग गर्न गोसाइँकुण्ड पुग्दा झण्डै मरेको भन्ने घटना पनि प्रधानमन्त्रीले सम्पादकहरूलाई सुनाए । उनले भने, ‘म चौध वर्ष जेल बसेको मान्छे । जेलबाट छुट्नेबित्तिकै स्वतन्त्रता ‘इन्ज्वाय’ गर्न गोसाइँकुण्ड जाँदा झण्डै मरेको ? चौध वर्ष जेल बसेर कुज्जिएको मान्छे गोसाइँकुण्ड लागेपछि झन्डै अमरसिंह थापाको हालत भएको ?’
सरकारले प्रेस स्वतन्त्रता र मौलिक हक कुण्ठित पार्ने विधेयक प्रस्तुत गरेको विषयमा सम्पादकहरूले सरकारको चर्काे आलोचना गरेका थिए । त्यो आलोचना प्रधानमन्त्रीले धैर्यपूर्वक सुनेका थिए । आफ्नो मन्तव्यको सुरुमै ओलीले भने, ‘म पूर्ण रूपमा आश्वस्त पार्न चाहन्छु कि किञ्चित पनि बन्देज हुन्न । मौलिक हक र स्वतन्त्रता सीमित पार्ने या कुण्ठित पार्ने काम हुँदैन ।’प्रधानमन्त्री ओलीले सत्तारूढ दलभित्रै बहुविवादित ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन’ (एमीसीसी) सम्झौता संसदबाट छिट्टै पारित गर्ने दृढता व्यक्त गरेका छन् । उनले भने, ‘यो अनुमोदन गर्नुपर्छ, अनुमोदन हुनुपर्छ । यसै अधिवेशनबाट र छिट्टै पारित हुन्छ र पारित गरिन्छ ।’
आफ्नै पार्टीभित्र ‘केही भ्रम’ देखिएको हुँदा त्यसबारे स्पष्ट हुन कार्यदल बनाएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले प्रतिवेदन आएपछि पारित गर्ने प्रक्रियामा जाने बताए । संसद्बाट सम्झौता अनुमोदन भएपछि अमेरिकाले ५० करोड अमेरिकी डलर (करीब ५५ अर्ब रुपैयाँ) अनुदान नेपाललाई उपलब्ध गराउनेछ । त्यसमा नोपलले १४ अर्ब रुपैयाँ काउन्टर फन्ड विनियोजिन गर्नुपर्नेछ । त्यो रकम ट्रान्समिसन लाइन र सडकमा खर्च गर्ने योजना छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया