SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२२ गते
    ७८७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी अब दौडिने बताएका छन्। नेकपाको केन्द्रीय कमिटीको पूर्ण बैठक सकेको पर्सिपल्ट पोखरा आएका उनले पार्टीले गियर बदलेकाले अब दौडिने बताएका हुन्। नेकपा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले बैठकले पार्टीलाई एकढिक्का बनाएकोसमेत बताए। ‘हामीले जस्तो योजना बनाएका थियौं, बैठक त्यस्तै भयो, ’‘उनले भने, ‘केन्द्रीय कमिटीको बैठकले पार्टी अभूतपूर्व एकताको सन्देश दियो, बैठकको यो महत्वपूर्ण उपलब्धि हो।’

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    बैठक अन्तिमसम्म आइपुग्दा को पूर्व र को पश्चिम भन्नेसम्म बिर्सिएको दाहालले दोहो-याए। मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बारे थप स्पष्ट हुन बनाइएको कार्यदलमा पूर्वमाओवादी केन्द्रबाट एकजना पनि सदस्य नपरेपछि भएको खासखुसप्रति अध्यक्ष दाहालले ‘ए हो त, मैले पनि यो कुरामा त ख्यालै गरेको रहेनछु,’ भन्ने जवाफ दिएकोबारे मंगलबारको कार्यकर्ता भेटघाटमा चर्चा भएको थियो। सोही प्रसंग कोट्याउँदै दाहालले भने, ‘बैठक अन्तिमसम्म पुग्दा को पूर्व भन्ने नै बिर्सिइएछ, यो हुनैपर्ने थियो, भयो र राम्रो भयो।’ बैठकपछि पार्टी ठिक ट्र्याकमा आएको छ,’ ‘उनले भने, ‘पार्टीले बाटो पक्डियो, गियरसमेत बदलिसकेको छ, अब पार्टी दौडिन्छ।’

    पूर्व प्रधानमन्त्रीसमेत रहेका दहालले सरकारले पनि चाँडै ट्र्याक समात्ने बताए। प्रदेश सरकारको के छ खबर भन्दै नजिकै बसेका प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाप्रति संकेत गर्दै उनले भने, ‘के छ प्रदेश सरकारको अवस्था ? प्रदेश सरकार पनि ट्र्याकमै होला नि ! अब प्रदेश सरकार पनि दौडिनुपर्छ।’

    पोखरा पर्वतीय संग्रहालमा आयोजित शान्तिपूजाको समापन समारोहमा सहभागि हुन प्रचण्ड परिवारसहित पोखरा आएका हुन्। विश्व शान्तिको कामना र हिमाल आरोहणमा ज्यान गुमाएका आरोहीको आत्माको शान्तिका लागि मंगलबारदेखि आयोजना गरिएको विश्वशान्ति पूजा बुधबार समापन हुँदैछ। नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं